Daily Archives: 25/07/2016

ट्याक्सी आगजनी गरेको आरोपमा मजदुर नेता योगेन्द्र कुमाल पक्राउ


३ ट्याक्सीमा आगजनी र तोडफोड, उपत्यकाबाट ७३ बन्दकर्ता पक्राउ
कुमाल यसअघि पनि तीनकुनेमा यात्रु बनेर ट्याक्सी चलाएको आरोपमा पक्राउ परेका थिए ।
श्रावण १०, २०७३- बन्दको अवज्ञा गरेको भन्दै विप्लव समर्थिन माओवादी कार्यकर्ताहरुले काठमाडौंका २ वटा ट्याक्सीमा आगजनी गरेका छन् भने ललितपुरको मंगल बजारमा १ ट्याक्सी तोडफोड गरेका छन् । काठमाडौंको मीनभवन र गोंगबुमा आज बिहानै ट्याक्सीमा आगजनी गरिएको हो । बन्दकर्ताहरुले यात्रुको रुपमा चढेर पेट्रोल छर्किएर आगजनी गरेका हुन् । मीनभवनमा ट्याक्सी जलाउने काममा संलग्न भएको आरोपमा प्रहरीले विप्लव माओवादी निकट मजदुर संगठनका अध्यक्ष योगेन्द्र कुमाल पक्राउ परेको काठमाडौं प्रहरी परिसर प्रमुख विक्रमसिंह थापाले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

सरकारमा नेतृत्व गर्न कांग्रेसभित्र चार आकांक्षी


मन्त्री छानेपछि मात्रै देउवाले पार्टी पदाधिकारी मनोनयन गर्ने
Bimalendra-sitaula१० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएलगत्तै सोमबार बिहान कांग्रेस सभापति शेरवहादुर देउवाले आफू निकट केही प्रभावशाली नेताहरुसँग अबको सरकार गठनका ’boutमा परामर्श गरेका छन् । सत्ता समीकरण बनाउन खटिएका नेताहरुसँग देउवाले पार्टीको पदाधिकारी चयनलाई समेत ध्यान दिएर सरकारमा जाने टिम तय गर्ने संकेत दिएको एक कांग्रेस नेताले बताए । देउवा सरकार गठनपछि पार्टी पदाधिकारी मनोनित गर्ने सोचमा छन् । पढ्नेक्रम जारी राख्नुहोस्