लालीगुराँस साँस्कृतिक परिवारको छैटो वार्षिकोत्सव भव्य रुपमा सम्पन्न (फोटो फिचरसहित)


सुरेश गुरुङ, कुबेत

IMG_0017“हाम्रो संस्कृति हाम्रो परम्परा” भन्ने नाराका साथ आफ्ना बिभिन्न प्रस्तुतिहरु कुवेतको नेपाली समाजलाई दिंदै आएको साँस्कृतिक संस्था लालीगुराँस साँस्कृतिक परिवार नेपाल-कुवेतले आफ्नो छैटो वार्षिकोत्सव हिजो २२ जुलाई २०१६  शुक्रबारका दिन भव्यताका साथ मनाएको छ ।

कुवेतको हिजुल कबड एरियाको सुन्दर हलमा मनाईएको वार्षिकोत्सव कार्यक्रममा साँस्कृतिक परिवार का महासचिव प्रेम कटवल ले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष्य डिबी लोप्चन तमाङको सभापतित्व रहेको थियो भने कुबेतनेपालडट को प्रधान सम्पादक जय आले मगर को प्रमुख आतिथ्यता रहेको थियो । कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी, पत्रकार र कलाकार साथै नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

IMG_0031सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप केक काटेर उद्घाटन गर्नुभएको थियो। भने यसै गरी कार्यक्रममा पत्रकार नैना कला राइ, नेपाल कुबेत सास्कृतिक मान्च,अध्यक्ष माधव शर्मा,सल्लाहाकार तथा सस्थपक,बिबी मल्ल ठकुरी,प्रमुख आतिथ्यती जय आले मगर ले लगायतले शुभकामना दिएका थिए। कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि कलाकार भाई बहिनी हरु ले पन्चेबाजा बजाएर नेपाल को याद दिलएको थियो। भने गयाक सगार खडका, प्रेम कटवल, अनी नयाँ कलाकार भाई बहिनी हरु ले जोडदार प्रस्तुति पस्किएर सबैलाई भरपूर्ण मनोरंजन दिन सफल भएका थिए ।

IMG_0080अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष डिबी लोप्चन तमाङ ले कार्यक्रममा उपस्थित नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए।

IMG_0261कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन अचर चनाको तरकारी, चिउरा खसी को मासु पुलाउ, पोलेको मासु आयोजक ले यवस्था गरिएको थियो । मध्यान्न १.३० बजेबाट शुरु भएको कार्यक्रम साँझको ७ बजेसम्म चलेको थियो भने कार्यक्रममा आउन जानको लागि नि:शुल्क यातायातको ब्याबस्था गरिएको थियो।IMG_0091

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )