कृष्ण थापा मगर
देश भनेको घर जस्तै हो अभिभावक भनेको नेता जस्तै हुन र परिवार भनेको जनता जस्तै हुन ।
एउटा परिपक्क सम्पन्नसाली घरका परिवारले आफ्ना अभिभावक सग आफूलाई चाहिएको बस्तु माग्न या हासिल गर्न मागिरहन या लडिरहनु पर्दैन अभिभावक आफैले बुझेर उपलब्ध गराइदिन्छन, र असम्पन्न घरमा एउटै चिजलाई बार बार मागिरहदा पनि पाउदैनन र झगडा गर्छन ।
देश भनेको पनि त्यस्तै हो यदि देश सम्पन्नसाली छ भने जन्ताले सरकार सग मागिरहनै पर्दैन सरकार आफैले जनताको जरुरत पूरा गरि दिन्छ । जनताले मागिरहन पनि पर्दैन कसै सग लडाई झगडा गरिरहन पनि पर्दैन । उदाहरणको लागि हामिले त्यस्ता सम्पन्न साली देशहरुलाइ हेर्न सकिन्छ जहाँ हाम्रो नेपालमा जस्तो दिनहु अन्सन, बन्द हडताल, चक्काजाम हुदैहुदैन कारण देश सम्पन्नसाली छ। जनताले नमागीकन सरकारले बिकास गरि दिएको छ। जनतालाई सुबिधा दिएको छ। भने देशमा शान्ति पनि कायम रहेको छ ।
घर बिगार्नुमा अभिभावकको जति दोष हुन्छ त्यो भन्दा बढी देश बिगार्नुमा नेताका हात हुन्छन । हाम्रो सानो सुन्दर देश बिगार्नुमा पनि नेताकै हात छ । न त यी आफै ले केही गर्छन न त अरु कसैलाई गर्न दिन्छन । असम्पन्न घरमा जन्म लिएका भेडा हामी जनता सधैं लडिरहेका छौं मरि रहेका छौं मागी रहेका छौं । घरमा भए पो बाले दिन्छन (देशमा भए पो सरकारले दिन्छ ) हुदैनभएको चिज मागेर कहाँ पाइन्छ र ?
अब हामी कहिले सम्म माग्ने कहिले सम्म लड्ने कहिले सम्म मर्ने ? अब जाग्न जरुरी छ जागौ, माग्ने होइन सम्पन्न हुनु छ । फुटेर होइन जुटेर बस्नु छ । सुन्दर नेपाललाई अझै सुन्दर बनाउने हो भने फुट्ने होइन जुट्न जरुरी छ ।
छोड तिम्रा अधिकारका कुरा छोड तिम्रा जातका कुरा छोड तिम्रा धर्मका कुरा । देशलाई घर सम्झ जनतालाई परिवार एक जुट भएर हिड एकै आवाजमा बोल बैरी पनि तर्सिन्छ। तब मात्रै हामी सम्पन्नसाली हुनेछौ देश सम्पन्नसाली हुनेछ । न माग्नको डर न त दिनेलाई दिनको लागि डर । न लडिरहनको डर न त मर्नको डर ।