संसदीय समितिले अख्तियारका सबै पदाधिकारीलाई बोलायो


22072016113306CIAA-1000x0श्रावण ७, २०७३- संसदको सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लाेकमानसिंह कार्कीसहित सबै पदाधिकारीलाई छलफलको लागि आइतबार बोलाउने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले काठमाडौं विश्वविद्यालयको एमडी/एमएस प्रवेश परीक्षामा अख्तियारले हस्तक्षेप गरेको बिषयमा छलफलका लागि पदाधिकारी बोलाएको हो ।

समितिले आजको बैठकमा काठमाडौं विश्वविद्यालयका पदाधिकारीसँग अख्तियारले हस्तक्षेप गरेको बिषयमा छलफल गरेको थियो । समितिले हस्तक्षेपको बिषयमा छानबिनको लागि उपसमितिसमेत बनाउने निर्णय गरेको छ । समितिको बैठकमा सांसद अमनलाल मोदीले अख्तियारका प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने बिषयमा सांसदहरुले खुलारुपमा छलफल गर्ने हिम्मत गर्नुपर्ने बताए ।

कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग गर्दै गोविन्द केसी अनशनमा छन् ।

समितिको आजको बैठकमा उपस्थित काठमाडौं विश्वविद्यालयका रजिष्टार भोला थापाले अख्तियारले विश्वविद्यालयको प्राज्ञिक क्षेत्रमा हस्तक्षेप गरेको र सोही क्रममा विश्वविद्यालयको कम्युटरमा प्रयोग गरिएको सीपीयूसमेत लिएर गएको बताए ।
(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )