पौडेलको प्रस्ताव अस्वीकृत, अविश्वासको प्रस्ताव फिर्ता नलिने तीन दलको निर्णय


deuba-prachanda-upendra७ साउन, काठमाडौं । कांग्रेस, माओवादी र मधेसी मोर्चाले सहमतिको लागि भन्दै कांग्रेस नेता रामचन्द्र पौडेलले अघि सारेको बिकल्प अस्विकार गरेका छन् । तीन दलले प्रधानमन्त्री विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता नलिने प्रष्ट पारेका छन् । बिहीबार बसेको प्रमुख तीन दलको बैठकमा कांग्रेस नेता पौडेलले अविश्वासको प्रस्ताव फिर्ता लिने र प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने विकल्पसहितको नयाँ प्रस्ताव पेश गरेका थिए ।

शुक्रबार बिहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठकले अविश्वासको प्रस्ताव कुनै हालतमा फिर्ता नलिने निर्णय गरेको हो । बैठकपछि कांग्रेस नेता विमलेन्द्र निधिले सञ्चारकर्मीसँग भने, ‘अविश्वासको प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन । आजबाट हामी प्रधानमन्त्रीको राजीनामा माग्दैनौं ।’

उनले संसदमा बजेट आश्रित विधेयक नभइ सिधैं अविश्वासको प्रस्तावमा पहिले छलफल हुनुपर्ने बताए । दलहरुबीच अविश्वासको प्रस्ताव पहिले कि विधेयक पहिले संसदमा छलफल गर्ने भन्नेमा विवाद छ ।

कांग्रेस, माओवादी र मधेसवादी दलको बैठकमा आगामी सरकार’bout पनि छलफल भएको थियो । बैठकमा मोर्चाका नेताहरुले मधेसवादी दलका माग सम्बोधनको सुनिश्चितता मागेका थिए । कांग्रेस र माओवादीका नेताहरुले आफूहरुबीच भएको सात बुँदे सम्झौतामै आन्दोलनरत मधेसी मोर्चा लगायतका दललाई सहमतिमा ल्याउने उल्लेख भएकाले शंका गर्नु नपर्ने बताएका थिए ।

बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीसँग कुरा गर्दै सात बुँदे सहमतिको एक नम्बर बुँदामा जनाइएको प्रतिबद्धताअनुसार नै मधेसवादीका माग सम्बोधन हुने बताए ।
(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )