हामी धेरै खुशी छौ तपाईं हामी ले गरेको रक्तदान ले वीर बहादुर थापा (मगर)लाई(२) युनिट ओ नेगेटिभ ब्लड मिलेको छ।


कुबेत नेपालडटकम

13769426_1429509733730750_1714639709879086089_n१७ बर्ष सम्म आर्मीमा रहेर नेपाल आमाको सेवा गरेका व्यास न.पा.-१ तनहुँका वीर बहादुर थापा (मगर) अवकाश पस्चात देश मै बसेर केही गर्ने बिचारमा थिए तर मुलुकको बर्बर अवस्थाले केही गर्ने मेलो मेसो नै मिलेन, नेपाल मै रहदा स्थिती यस्तो सम्म बन्यो कि उन्लाई हुर्केको छोरा छोरीको राम्रो शिक्षा दिक्षा गराउन नसकिने पो हो कि भन्ने चिन्ताले सताउन थाल्यो, अत: रोजगारीको लागि कुवेत हान्निए उनी । दुई बर्ष देखी कुवेतको ARISCO SECURITY CO. मा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आई रहेका वीर बहादुरको केही महिना देखी भने स्वास्थ्यमा केही गढबडी देखिन थाल्यो, साधारण ओखतीले काम नगरे पछी एक दिन (५ जुलाई २०१६) ड्युटी बाट घर फर्कने बेला आदान हस्पिटलमा भर्ना भए । हाल उनी आदान हस्पिटलको वार्ड नं १४, रुम नं १४ को बेड नं १८ मा बसेर उपचार गराई रहेका छन । डाक्टरको अनुसार उन्लाई जन्डिस र पथ्थरी सम्बन्धी रोगले गाजेको छ ।

उपचारको क्रममा उन्लाई अपरेशन गर्नु पर्ने भयो तर उन्को शरीरमा रगतको मात्रा एकदमै कम रहेकोले डक्टरले उन्लाई २ युनिट रगत आवश्यक पर्ने जानकारी गराउदै उक्त रगतको प्रबन्ध मिलाउन भने, आवशक रगत उपलब्ध गर्न नसके उन्को अपरेशन रोकिन सक्ने डाक्टरले बताएको थियो । अब भने रगत कसरी पुरा गर्ने भन्ने कुराले वीर बहादुरलाई पिरोल्न थाल्यो । उन्ले साथीहरु सँग हारगुहार गरे, केही दिन त्येतिकै बित्यो । रगतको खोजी मै रहदा उन्कै कम्पनीका तर अर्को साईटमा कार्यरत तमू समाज, कुवेतका सदस्य मनिष गुरुङले उक्त कुरा थाहा पाए, त्येस पछी लगत्तै मनिषले तमू समाजका अध्यक्ष खोप गुरुङ र उपाध्यक्ष राजु गुरुङलाई फोन मार्फत खबर गरी सहयोग गर्न आग्रह गरे । त्येस पस्चात समाजका खोप गुरुङ, राजु गुरुङ र सल्लाहकार शुक बहादुर गुरुङले आदान हस्पिटलमा पुगेर बिरामी र डक्टर सँग सर सल्लाह गरी बेलुकी सेन्ट्रल ब्लड बैंक, जाब्रिया तर्फ लागे । बिरामी वीर बहादुरको रगत समुह ओ नेगेटिभ भएको र उक्त समुहको रगत एकदमै कम मात्रमा पाईने भएकोले ब्लड बैंकले भोली पल्ट मात्र उपलब्ध गराउन सक्यो ।

वीर बहादुरलाई आवश्यक रगत उपलब्ध भए पस्चात हिजो (२० जुलाई २०१६) उन्को सफल अपरेशन भएको छ, उन्को शरीरमा रहेको पथ्थर निकालिएको छ भने हाल उनी आदान हस्पिटल मै छन । हामी वीर बहादुर जि को शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौ, उहा छिट्टै नै सबल बनी आफ्नो काममा फर्किन सफल होउन र उहा माथी आश्रित परिवारको उच्च शिक्षा निरन्तर रहुन ।

तमू समाज, कुवेतको अभियानमा ‘चौथो ब्रिहत रक्तदान कार्यक्रम’ करीब दुई महिना अघी मात्र सम्पन्न भएको थियो जहाँ ११५ जना स्वंयसेवी रक्तदाताहरुले आफ्नो अमुल्य रगत दान गर्नु भएको थियो उक्त ब्रिहत रक्तदान कार्यक्रमले गर्दा पनि वीर बहादुर जि लाई आवश्यक रगत उपलब्ध गराउन सहज भएको हो । यस् अर्थमा रक्तदान कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाताहरुलाई फेरी पनि मुरी मुरी धन्यवाद टक्र्याउदै वीर बहादुर जि र उहाको परिवारको आशिर्बाद लागुन भन्न चाहान्छौ ।

तमू समाज, कुवेत

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )