अाइपिसी कुवैतद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न


मुहम्मद इब्राहीम खरेल,कुबेत 
1469033973bllooood२०१६ जुलाई २०, कुवैत, इस्लाम प्रेजेन्टेशन कमिटी, कुवैतमा रक्तदान कार्यक्रम सम्पन्न भयो। बिहान ८ बजे देखि शुरु गर्ने भनिएता पनि सामान र कमप्युटरहरु ब्यवस्थित गर्दा आधा घण्टा ढिलो भएको थियो । “रक्तदान गरी पुण्य कमाऊँ” भन्ने नाराका सञ्चालन गरेको उक्त रक्तदान कार्यक्रममा ७५ जनाले भाग लिएका थिए । जसमा तिन जना नेपालीहरु पनि थिए।

बिहान ८:३० बजे देखि शुरु गरिएको रक्तदान कार्यक्रम दिउँसो १: ३० बजेसम्म सफल साथ सम्पन्न भयो । उक्त रक्तदान कार्यक्रममा इस्लाम प्रेजेन्टेशन कमिटीका मेनेजर खालिद अल सबाहले पनि रक्तदान गरी उपस्थित रक्तदाताहरुलाई उत्साह प्रदान गरेका थिए। विभिन्न शाखाबाट शिक्षक, शिक्षिका लगायत सबै कर्मचारीहरु तथा अल नजात च्यारिटी संगठनका मातहतमा रहेका पन्ध्र शाखाका सबै कर्मचारीहरुको सहभागिता रहने थियो। कतिपय व्यक्तिहरु रक्तदान गर्न उपस्थित भएर पनि ३० जनाले विविध कारणले रक्तदान गर्न पाएनन् ।

विगतमा भन्दा धेरै उपस्थिती गराउने उदेश्यले इस्लाम प्रेजेन्टेशन कमिटीले जाब्रिया ब्लड बैंकसँग सल्लाह गरी इस्लाम प्रेजेन्टेशन कमिटीको हेड अफिस कुवैत सिटीमा नै आयोजना गरेको हो । जाब्रिया ब्लड बैंकबाट डाक्टर, कर्मचारी लगायत करिब १५ जनाको टिमको उपस्थिती थियो।

सो अवसरमा चिन, भारत, नेपाल, फिलिपिन्स, श्रीलंका, बंगलादेश, इजिफ्सियन, कुवैती, अमेरिकन, जोर्डनी, सिरियन, विभिन्न भाषाका शिक्षक शिक्षिका तथा बिद्यार्थीहरुको समेत सहभागिता थियो । सो रक्तदान कार्यक्रमलाई सफल पार्न इस्लाम प्रेजेन्टेशन कमिटीका शिक्षक तथा कर्मचारीले फारम भर्न मद्दत गरेका थिए।

आवत जावतको लागि यातयातको सुविधा नहुँदा पनि उल्लेख्य संख्यामा रक्तदाताहरु सहभागि भएका थिए। रक्तदान पछि रक्तदाताहरुलाई खुवाउन जुश, मिठाईको व्यवस्था गरिएको थियो। सो रक्तदान कार्यक्रममा सहभागिता जनाई पुण्य कार्यमा सघाउने उपस्थित सबैलाई तथा जाब्रिया ब्लड बैंकका डाक्टर तथा नर्स र सहयोगी अन्य कर्मचारीहरुलाई इस्लाम प्रेजेन्टेशन कमिटीका प्रवक्ता जौदा अल फारसले धन्यवाद तथा शुभ-कामना व्यक्त गरेका थिए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )