साहित्य महाङ्घ केन्द्रको नयाँ नेतृत्व चयन


18072016051019GFNL-1000x0श्रावण ३, २०७३- विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको अध्यक्षमा विश्वास दीप तिगेला चयन भएका छन् । महासंघको छैटौं वार्षिकोत्सव तथा २०३औं भानुजयन्तीका अवसर पारेर बिहीबार (१३ जुलाई २०१६) सम्पन्न सम्मेलनले युकेमा रहेका साहित्यकार तिगेलालाई दोस्रो कार्यकालको लागि चयन गरेको हो ।

अध्यक्षका अर्का प्रत्यासी साहित्यकार खगेन्द्र अधिकारीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सहमतिकै आधारमा नयाा कार्यसमिति चयन भएको निर्वाचन संयोजक डा. कविताराम श्रेष्ठले जनाएका छन् । सन् २०१६ देखि २०१९ का निम्ति चयन पदाधिकारीहरुको नाम स्काइप भेलामा निर्वाचन संयोजक श्रेष्ठले घोषणा गरेका थिए । समितिको वरिष्ठ उपाध्यक्ष सुरेन्द्र परदेशी (भारत), उपाध्यक्षद्वय सागर श्रेष्ठ (नेपाल), देंन्जोम साम्पाङ (भुटान) र महासचिवमा डा. लेखनाथ काफ्ले (ताइवान) छन् । त्यस्तै, सचिवमा केदार संकेत (अफगानिस्तान), संगठन सचिव हरि शिवाकोटी (क्यानडा), आर्थिक सचिव साबित्रा लुइटेल (इजरायल), आर्थिक सहसचिव रमेश कडेल (नेपाल) चयन भएका छन् । सदस्यमा गोविन्द्र गौतम (रसिया), यासिन राई (इजरायल), कल्पना पौडेल जिज्ञाशु (इजरायल), दिलिप सगर राई (मलेसिया), राहुल राई बोगिको (भारत मणिपुर), लक्ष्मण न्यौपाने (म्यानमार), विजय हितानमगर (युके), मोहनराज खनाल (म्यानमार), चन्द्र मादेन (हङकङ), नवराज पोख्रेल (रुमानिया), आर.एल. श्रमजीबि (बेल्जियम), अमित राई (कुवेत), नन्दलाल आचार्य (सप्तरी नेपाल), गनिन्द्र विवस (दक्षिण कोरिया), खिरबहादुर पौडेल (साउदी अरेबिया) छन् ।

मुक्तक तथा गजल विभाग प्रमुखको रुपमा खगेन्द्र अधिकारी अमृत चयन गरिएको विज्ञप्तिमा छ ।त्यस अवसरमा कवि शुसिल सुब्बा, नविन रावत, गोविन्द गौतम, कल्पना पौडेल, मुना सिग्देल, सुनिता कन्दङवाराई, सावित्रा लुइटेल, लेखनाथ काफ्ले लगायत एकदर्जन कविहरुले आआफ्नो सिर्जना वाचन गरेका थिए भने सुरेन्द्र परदेशीले भानुको ’boutमा प्रकाश पारेका थिए ।

‘विश्वभरका नेपाली परिचय भएकाहरुलाई एकै सुत्रमा जोडने काम साहित्य महासङ्घले गर्दै आएको र यसलाई थप उचाईमा पुरयाउने प्रतिबद्धता जाहेर गर्दछु,’ नवनिर्वाचित अध्यक्ष तिगेलाले भने, ‘नेपाली शब्दलाई राष्ट्रियता र भाषाको नाम बुझिने भएपनि नेपाल बाहिर भारत, म्यानमार र भुटानमा यसलाई जातिको रुपमा बुझ्ने गरेकोले अब परम्परागत ढङ्गले मात्र सोच्नु गलत हुनेछ ।’ सन् २०१० को जुलाई १३ मा स्थापित महासंघको विश्वका १७ मुलुकमा २४ शाखा स्थापना भएका छन् । कान्तिपुर

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )