ओलीको प्रस्तावमा प्रचण्डको जवाफ : अब ढिला भइसक्यो


578497a17907b9.29053525काठमाडौं: संसद्मा सबैभन्दा ठूलो दल कांग्रेसलाई सत्ताबाहिर राख्न एमाले अध्यक्ष केपी शर्मा ओलीले पठाएको रणनीतिक प्रस्तावलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अस्वीकृत गरेका छन् । आफ्नो नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री ओलीले नौ महिनाका लागि समर्थन गर्ने प्रस्ताव दाहालले अस्वीकृत गरेका हुन् ।
स्रोतका अनुसार शान्ति प्रक्रियाका बाँकी काम दाहालको नेतृत्वमा गर्ने र निर्वाचन शेरबहादुर देउवाको नेतृत्वमा गराउने समझदारी कांग्रेस र माओवादी केन्द्रबीच भएपछि आफू सत्ताबाहिर रहने अवस्था आउन नदिन ओलीले दाहाललाई त्यस्तो प्रस्ताव पठाएको स्रोतले बतायो । ‘कांग्रेसले जस्तै हामी पनि तपाईंसँग लिखित सहमति गरेर सहमति गर्न तयार छौं भनेर एमालेबाट प्रस्ताव आएको थियो, त्यो प्रस्तावलाई मैले ढिलो भइसक्यो भनेर पठाइदिएँ,’ दाहाललाई उद्धृत गर्दै माओवादी केन्द्रका एक नेताले भने ।
गत वैशाख २३ गते एमाले र आफ्नो पार्टीबीच भएको नौबुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको भन्दै माओवादी केन्द्रले असार २८ गते एमाले नेतृत्वको सरकारबाट पार्टीको समर्थन फिर्ता लिएको थियो । आफ्ना आठ मन्त्रीलाई माओवादी केन्द्रले मन्त्रिपरिषद्बाट फिर्ता बोलाएको थियो ।
वामपन्थी गठबन्धन दिगो बनाउन आफूले गरेको पहललाई ओलीले केटाकेटी खेल सम्झेको, गोरखाको फुजेल र ओखलढुंगाका सशस्त्र द्वन्द्वकालीन मुद्दालाई ओली निकटका व्यक्तिले उठाएर माओवादीका नेताकार्यकर्तालाई फसाउन खोजेको, आफूले राखेका गम्भीर प्रस्तावलाई ओलीले अवमूल्यन गरेका कारण दाहाल ओलीप्रति बढी नै असन्तुष्ट बन्दै आएका थिए ।
माओवादीका अर्का नेताका अनुसार सशस्त्र द्वन्द्वका मुद्दा उठ्दा देउवा र दाहाल उत्तिकै दोषी देखिने अवस्था रहेका कारण पनि त्यसलाई टुंग्याउन देउवासँगको सहकार्यलाई माओवादी केन्द्रले उपयुक्त ठानेको हो । सशस्त्र द्वन्द्वकालीन मुद्दा उठ्न सक्ने खतरा महसुस गरेर नै दाहालले गत असार ७ गते अस्ट्रेलिया भ्रमण अन्तिम समयमा आएर रद्द गरेका थिए ।(अन्नपूर्ण पोस्ट )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )