संघ संस्थाहरुको कुरा


कोशराज राई, 12190118_1038721599491821_6833756182323623717_nजुलाई ११, कुवेत। १९९९ मा माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको स्थापना भएपछि कुवेतमा संघ संस्थाहरुको स्थापना हुने क्रम शुरु भयो। त्यस पछि एक पछि अर्को गर्दै संस्थाहरुको जन्मिने क्रम बढ्दै गयो र सबै भन्दा पछि गठन भएको नयाँ शक्ति नेपाल सम्म आई पुग्दा ६१ वटा संघ संस्था कुवेतमा स्थापना भई सकेका छन्।संघ संस्थाहरु स्थापना हुने क्रममा बिभिन्न संचार, सामाजिक, क्षेत्रिय, जातिय, धार्मिक, साहित्यिक, साँस्कृतिक, खेलकुद र राजनितिक सम्मका संस्थाहरुको धनी छ नेपाली समाज कुवेत।कुवेतको संघ संस्थाहरुकै ’boutमा बिभिन्न टिका टिप्पणीहरु हुने गरेका छन्। यसरी टिका टिप्पणीहरु भई रहँदा के साँच्चै संघ संस्थाहरु स्थापित हुनु गलत नै हो त? भन्ने किसिमका प्रश्नहरु उठ्नु स्वाभाविक हो। एउटा बिराउने शाखा पिराउने भन्ने चरितार्थ पनि हुन सक्छ। कुनै संस्थाका कुनै एउटा ब्यक्तिका कारण सिर्फ उ आवद्द संस्था मात्र होईन अन्य संघ संस्थालाई पनि असर परेको हो जस्तो मलाई लाग्छ। तै पनि कुन संस्थाको कुन ब्याक्तिले के त्यस्तो के गर्यो र संघ संस्थाहरु प्रति यतिका कटाक्ष हुन्छन् भन्ने मैले बुझ्न सकिरहेको छैन। मैले देखे अनुसार संघ संस्थाहरुले गरिरहेको गतिविधिहरुलाई मध्यनजर गर्दा संघ संस्थाहरु प्रति नेपाली समाजले यति कटाक्ष र खिसिटिउरी गरीरहनु पर्छ जस्तो मलाई लाग्दैन।

संघ संस्थाहरु बिभिन्न उद्देश्यले खुलेको पाउन सकिन्छ। संचार संस्थाले आफ्नो पेशागत हकहित र संचार आचार संहितालाई पालना गराउने उदेश्य हुन्छ। यसैगरी सामाजिक संघ संस्थाहरुको पनि जनचेतना फैलाउने, आपत बिपतमा सहयोग जुटाउने, न्याय नपाएकाहरुलाई न्याय दिलाउने आदि छन्। क्षेत्रिय संस्थाहरुको पनि करिब उस्तै नारा हुन्छन्। तर आफ्नो क्षत्र वा जिल्लालाई प्राथमिकतामा राखेर काम गर्दछन्। जातिय संस्थाहरुको आफ्नो भाषा, संस्कृति, लिपी, भेषभुषाहरुको संबर्दन र संरक्षण मुख्य उदेश्य हुन्छ भने त्यस पछिको समय र अर्थलाई अन्य सामाजिक काममा प्रयोग गर्दछन्। यस्तै धार्मिक संस्थाहरुको पनि आ-आफ्नै किसिमको उद्देश्यहरु हुन्छन्, सांस्कृतिक संस्थाहरुको गीत संगीतलाई आफ्नो लक्ष बनाएका छन्। यस्तै खेलकुद र राजनितिक संस्थाहरुको चर्चा गरिरहनै पर्दैन। यिनिहरुको उद्देश्य प्रष्टै छ। यस बाहेक पनि पेशागत हकहितको लागि खुलेका संस्थाहरु पनि छन्। जस्तै पत्रकार महसंघ, मजदुर युनियन, म्यानपावर व्यावसायी संघ, चालक भलाई कोष आदी।

यसरी सरसर्ति हेर्दा संघ संस्थाहरुको गतिबिधिलाई पनि नियाल्नु पर्ने हुन्छ। मेरो जानकारी अनुसार कुवेतमा स्थापित संघ संस्थाहरु मध्ये अधिकांश संघ संस्थाहरु सकृय रुपमा नै क्रियाशिल छन्। अधिकांशले आ-आफ्नो उद्देश्य अनुसार आफ्नो आफ्नो क्षेत्रमा काम गरिरहेका छन्। यसरी संघ संस्थाहरुको गतिबिधी आफ्नो हिसाबले अघि बढीरहँदा कसैले ज्यादा र कसैले कम योगदान गर्न सक्नु स्वाभाविक हो। किनकी सबै संघ संस्थाका पदाधिकारी र सदस्यहरु समान तलब या समान आयश्रोत भएका हुँदैनन्। समान ज्ञान भएका पनि हुँदैनन्। कतिपय संस्थामा खारिएका, राम्रो आम्दानी भएकाहरु प्रशस्त हुन्छन् तर ठिक उल्टो कुनैमा हुँदैनन्। यस्तोमा काम गर्ने शैली, उसले दिन सक्ने योगदानमा केही फरक हुन्छ नै। तर यसो भन्दैमा कम योगदान गर्ने चाँही गएगुज्रेको, कामै नलाग्ने भन्ने कसिमको टिप्पणी गरिनु कदापि पनि न्यायोचित हुँदैन। बरु उनिहरु अझ बढी सम्मानित हुनु पर्छ। किनकी आफ्नो सिमित आम्दानी र सिमित समयलाई समाजको लागि समर्पण गरेका हुन्छन् उनिहरु सम्मानका हकदार हुनै पर्छ।

यस्तै क्षेत्रिय स्तरमा खोलिएका संस्थाहरु र राष्ट्रिय रुपमा खोलिएका संघ संस्थाहरुमा पनि काम गर्ने क्षमता जनशक्ति र क्राईट एरियामा पनि संघ संस्थाले काम गर्ने कुराहरुमा फरक पर्दछ।

मैले प्रतिनिधित्व गरेको संस्था भोजपुर सेवा समाज एउटा जिल्लालाई लक्ष गरेर खोलिएको संस्था हो। यसले काम गर्ने प्राथमिकतामा अवश्य पनि भोजपुर जिल्ला नै पहिलो प्राथमिकतामा पर्दछ। त्यस पछि मात्र अवस्था हेरेर अन्य जिल्ला वा क्षेत्र पर्दछन्। यसमा आफ्नो जिल्लाको समस्या हुंदा हुँदै अति आवश्यक कुरामा बाहेक अन्त जाने कुरै हुँदैन। जस्तै भोजपुर सेवा समाज कुवेतले २०१४ जुन १३ स्थापना भयो। यस संस्थाको स्थापना हुने प्रक्रिया चलिरहँदा भोजपुरको बैकुण्ठे ३ मा आगलागि भई ११ वटा घरहरु जलेर नष्ट भए। उनिहरुको सहयोगको लागि किरात राई यायोक्खा कुवेत र बिश्व नेपाली साहित्य महासंघसंग सहकार्य गरी १ लाख ४६ हजार ८ सय एकासी रुपैयाँ सहयोग रकम संकलन गरेर पठायो। त्यस पछि फेरी बोखिम गाबिसमा १ र रानिवास गाबिसमा २ वटा घर आगलागि मै परेर ध्वस्त भएपछि माननिय भुतपूर्व सभासद सुदन किरातीको हातबाट २८ हजार ८ सय रुपैंया तीनै घरलाई दामासाही हुने गरी सहयोग रकम बितरण गरियो। यस्तै गरी छिनामाखु गाबिसमा आयोजित सुन्तला महोत्सबलाई २२ हजार रुपैयाँ, त्यस पछि जेष्ठ नागिरक संघ अन्नपूर्णले खरिद गर्न लागेको एम्बुलेन्सको लागि ४६ हजार ८ सय ११ रुपैयाँ, दोभाने गाबिस ९ को स्याङ स्याङ खोलामा निर्माणधिन झोलुङ्गे पुल निर्माणको लागि १५ हजार रुपैयाँ, टक्सार गाबिस स्थित शिशु प्राथमिक बिध्यालयमा गत बर्ष ५ हजार रुपैयाँ र यस बर्ष ६ हजार रुपैयाँ बराबरको कापी कलम र खेलौनाहरु बिध्यालयको बार्षिक उत्सवको अवसर पारेर बितरण गरेको छ।

यस बाहेक पनि गत २०७२ बैशाक १२ को बिनाशकारी भूकम्प गएपछि प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने गरी कुवेतमा गठन भएको राहत समिती मार्फत संस्थाको आफ्नै कोषबाट १०१ केडी र आफ्ना सदस्यहरु र सहयोगीहरुबाट संकलित १८५ केडी गरी जम्मा २ सय ८६ कुवेती दिनार सहयोग रकम जम्मा गर्यो। यस्तै गरी खोटांगको सुन्तले प्राविलाई अक्षयकोष स्थापनाको लागि अभियान चलाई रहेका केदार आलेमगर मार्फत २१ कुवेती दिनार करिब ७ हजार ५ सय रुपैयाँ बराबरको सहयोग रकम कोषबाट छुट्याई सकेको र अभियान्ता केदार आले मगरसंग भेटेर दिनमात्र बाँकी रहेको छ। यस बाहेक पनि सन्चहादुर बचाउ अभियानलाई ३५ कुवेती दिनार र स्थानिय संघ संस्थाहरुलाई गरिएको सहयोगमा झापली समाज कुवेत, खोटांग कुवेत सम्पर्क मन्च कुवेत, मध्य पश्चिम सेवा समाज कुवेत, किरात याक्थङ चुम्लुङ कुवेत, कोसेली समुह मार्फत धुर्मुस सुन्तली फाउण्डेसन र चितवन सेवा समाज कुवेतसमेतलाई जम्मा २ सय २८ कुवेती दिनार सहयोग गरेको छ।

भोजपुर सेवा समाज कुवेतको कुरा गर्ने हो भने अधिकांश पदाधकारी र सदस्यहरु ८० देखी १ सय ५० कुवेती दिनार सम्म मात्र मासिक तलब भएका ब्याक्तिहरु र सिमित सदस्य संख्या मात्र संस्थामा आवद्द छन्।

यसरी हेर्दा भोजपुर सेवा समाज स्थापना भएको कारण माथि उल्लेखित ठाँउहरुमा, ब्याक्तिहरुलाई र संस्थाहरुले सहयोग पाउन सके। यदि यो संस्था स्थापना नभएको भए, कुन माईकलाल गएर भोजपुरमा सहयोग गर्ने थियो होला? के संघ संस्था खोलेर गलत गर्यो भन्नेहरुसंग यस प्रश्नको जवाफ छ? कुनै माईकलालसंग यसको जवाफ छैन। यसरी नै आ-आफ्ना उद्देश्यले खुलेका संघ संस्थाहरुले आफ्नो लक्षित ठाउँहरुमा केही न केही गरिरहेको हामी सुन्ने र समाचारहरुमा पढ्ने गर्दछौं। जुन यहाँ आफूलाई मसिहा ठान्ने संघ संस्थाको पहुँच भन्दा धेरै टाढ छ।

यस कारण सिमित होईन धेरै भन्दा धेरै संघ संस्थाहरु स्थापना हुनु पर्छ र जस्ले आफ्नो स्वार्थ भन्दा माथि उठेर समाजको स्वार्थमा काम गरोस्। संस्थाको आडमा गैर कानूनी कार्य गर्ने, अनैतिक र अवांछित काम गर्नेहरु क्षमा योग्य हुनु हुँदैन बाँकी कुरामा कसैले बिनासिती टाउको दुखाउनु पर्ने र खिसिटिउरी गरि रहनु पर्ने कुनै आवश्यकता म देख्दिन। सबैको जय होस्!!

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )