माओवादीले सरकारको समर्थन फिर्ता लियो


578497a17907b9.29053525काठमाडौंः नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइको समर्थन फिर्ता लिने निर्णय गरेका हुन् । माओवादी केन्द्र भित्र सरकारबाट फिर्ता हुने विषयमा सोमबार नै निर्णय भएको माओवादी नेता मणि थापाले बताए । पार्टीको मंगलबार बसेको बैठकबाट सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
पार्टीको निर्णय सार्वजनिक गर्न दिउँसो २ बजे पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन हुने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले अन्नपूर्ण पोस्टलाई जानकारी दिइन् ।
माओवादीले सरकारबाट समर्थन फिर्ता लिएपछि अब एमाले अध्यक्ष ओली नेतृत्वको सरकार परिवर्तन हुने भएको छ । राष्ट्रिय सहमतिको सरकारका लागि प्रचण्डले थुप्रै प्रयास गरे पनि सोमबार विफल भएका थिए ।
माओवादी केन्द्रले प्रमुख दलको सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने विषयलाई प्राथमिकता दिँदै प्रधानमन्त्री ओलीले तीनबुँदे भद्र सहमति पालना नगरेमा आफ्ना मन्त्री फिर्ता गर्ने निष्कर्ष सोमबार नै निकालेको थियो ।

केन्द्रका अध्यक्ष दाहालको निवास लाजिम्पाटमा बसेको बैठकले सहमतिको सरकार नै मुलुकको पहिलो आवश्यकता भएको निष्कर्ष निकालेको थियो । एमालेसँग भएको नौबुँदे सहमति र तीनबुँदे भद्र सहमतिका विषयमा एमालेसँग पनि छलफल गर्ने निर्णय बैठकले गरेको भए पनि एमालेसँग छलफल नगरि सरकारको समर्थन फिर्ता लिने निर्णय माओवादीबाट आएको हो ।(अन्नपूर्ण पोस्ट )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )