चितवन सेवा समाज कुवेतको अध्यक्षमा नबिन लोप्चन


सुरेश गुरुङ,कुवैत

529845_357107514327413_933891865_nजुलाई ९ कुबैत- अनेकतामा एकता, एकाताको मन, हम्रो प्यारो चितवन भन्ने नाराका साथ चितवन सेवा समाज, कुवेतको प्रथम अधिवेशन हिजो कुबेत जिलिब, स्थित रिदम हाल मा भब्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रम निवर्तमान अध्यक्ष बुद्दिमान तामाङको सभापतित्व तथा एनआरएनए मध्यपूर्व उपसंयोजक धर्मराज गिरीको प्रमुख अतिथित्यामा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेको थियो।कार्यक्रममा कुवेत क्रियाशिल विभिन्न संघ संस्थाका प्रतिनिधिको साथमा समाजसेवी,बुद्धिजीवी , पत्रकार लगायत कुवेतमा रहेका नेपालीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।समाजका सल्लाहाकार प्रमुख अतिथित्यामा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेको थियो । कार्यक्रममा कुवेत क्रियाशिल विभिन्न संघ संस्थाका प्रतिनिधिको साथमा समाजसेवी,बुद्धिजीवी , पत्रकार लगायत कुवेतमा रहेका नेपालीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।समाजका सल्लाहाकार बसन्त थापामगरले संचालन गर्नु भएको थियो। भने अधिवेशनमा कुवेतमा कृयाशिल मिडियाहरु, पत्रकारहरु, संस्थालाई बिभिन्न तवरले संस्थालाई योगदान दिने बिभिन्न व्याक्तित्वहरुलाई सम्मान पत्र र कदर पत्र प्रदान गरिएको थियो।

image-25आफ्नो टोल बने गाउँ बन्छ,गाउँ बने जिल्ला बन्छ जिल्ला बने देश ले नै काचुली फेर्न सक्छ भन्ने नार लाई लिएर स्थापना भएको रोजगारिको शिलशिलामा कुवेतमा रहेका चितवनवासीहरुलाई एकिकृत गराई, आफ्नो जन्मथलो र मातृभूमी नेपाललाई संसारमा चिनाउन सफल गर्दै भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य लिएर स्थापना भएको चितवन सेवा समाज कुबेत प्रथम ऐतिहासिक अधिवेशन ले बुद्दिमान तामाङलाई अध्यक्षमा निर्बिरोध चयन गरे को छ। अधिवेशनले नयाँ कार्यसमिती निम्न अनुसार चयन गरेको छ ।
सल्लाहाकारहरु:

डिबी लोप्चन ईन्द्र पोखरेल, बसन्त थापामगर, मेघनाथ झरेल, पुष्प वाईबा, ऋषि थापामगर

कार्यकारिणी समिति:
अध्यक्ष : बुद्दिमान तामाङ
प्रथम उपाध्यक्ष : दिपक कार्की
दित्तिय : सबर्णकुमार दाहाल
महिला : गिता तिवारी
महासचिव : मनिभद्र शर्मा
सचिव : सरस्वती बराल
कोषाध्यक्ष : अनिता पाख्रिन
सह-कोषाध्यक्ष : निरन्जन ठकुरी
सदस्यहरु:
प्रेमराज महत, सुसन गौतम, सुनिल श्रेष्ठ, शंकर सेढाई, अरुण झरेल, दगपक थापा, शुकबहादुर गुरुङ, रामबहादुर थापा, कुमार तामाङ, उमा गुरुङ, फुलमाया लामा, सन्चमाया तामाङ, राज क्षेत्री, सूर्यकुमार दाहाल र दिपक थापा।

अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष नबिन लोप्चन ले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )