शशांक काेइरालालाई भेन्टिलेटरबाट निकालियाे


काेइरालाले साेधे, ‘भरत खै ?’
कुलचन्द्र न्यौपाने , काठमाडौं
577d101349b580.42054556असार २३, २०७३- बुधबार बिहानदेखि अचानक अचेत भएर भेन्टिलेटरमा राख्नुपर्ने अवस्थामा पुगेका कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा आज निकै सुधार देखिएको छ । उनलाई अाज भेन्टिलेटरबाट निकालिएकाे र बोलेको उनको निजी सचिव भरत तिवारीले बताएका छन् ।अस्पताल स्राेतले पनि उनकाे स्वास्थ्य अवस्था सुधाराेन्मुख रहेकाेले भेन्टिलेटरबाट निकालिएकाे बताएकाे छ । अस्पतालले बेलुका ६ बजे जारी गर्ने प्रेस नोटमा सबै व्याख्या गरिने पनि स्रोतले बताएकाे छ ।

‘उहाँले आइसीयूमा उपस्थित आफ्नो श्रीमतीलाई हातले इसारा गरेर बोलाउँदै, ‘भरत खै ?’ भनेर सोध्नुभएछ,’ निजी सचिव तिवारीले खुशी हुँदै भने ।

तिवारीका अनुसार आजै कोइरालालाई भेट्न पुगेका कांग्रेस सभापति देउवालाई देखेर पनि केही प्रतिक्रिया जनाएका थिए । यस्तै उनको हालखबर बुझ्न गएका नेता रामचन्द्र पौडेलको पनि हात समाएको तिवारीले बताए ।

कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था बिस्तारै सुधारोन्मुख देखिएसँगै भेन्टिलेटरबाट झिकिएकाे उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । भेन्टिलेटरबाट निकालिएर उनलाई अाइसीयू मै रािखएकाे छ ।

डाक्टर हरिकिशोर श्रेष्ठका अनुसार आवाजहरुमा ‘रिस्पोन्स’ पनि राम्रो देखिएको छ ।

अाज बिहान अस्पतालले जारी गरेकाे प्रेस नाेटमा समेत उनकाे रेस्पन्स राम्राे देखिएकाे बताइएकाे थियाे । यस्तै चिकित्सकका अनुसार कोइरालालाई दिइएको रक्तचापको औषधीको मात्र र भेन्टीलेशनलाई बिस्तारै घटाउँदे लगिएको छ ।

बुधबार साँझसम्म भने उनको अवस्था गम्भीर र स्थिर रहेको चिकित्सकहरुले जानकारी दिएका थिए । म‌ंगलबार बेलुका ८ बजे अचानक असजिलो महसुस भएपछि ओम अस्पताल पुगेका महामन्त्री कोइरालाको रक्तचाप केही न्युन रहेको देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

तर, बुधबार बिहान ५:३० बजे उनलाई नर्सहरुले अर्धचेत अवस्थामा देखेपछि चिकित्सकलाई खबर गरेका थिए । त्यतिबेला उनको रक्तचाप ६०/४० थियो भने शरिरमा अक्सिजन लेभल मात्र ६९ प्रतिशत थियो । उनले बान्ता पनि गरेका थिए । त्यसपछि चिकित्सकले उनलाई ‘सिपिआर’दिनुका साथै इनट्युबेट गरेका थिए । लगत्तै उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )