राष्ट्रपति बिद्या देवी भण्डारीलाई मकाउ देखि खुल्ला पत्र


सम्माननीय राष्ट्रपति बिद्या देवी भण्डारी ज्यू,

जय नेपालको न्यानो अभिबादन।
Captureखै कतावाट सुरूवात गरू यी मेरो मनोभावनाहरू तर पनि मनलाई अमिलो वनाई यस विदेशीभुमि मकाउ चीनवाट तपाईलाई पत्र कोर्दै छु यदि मेरो वाक्यांशहरूमा केहि त्यस्ता गलत शव्दहरू उच्चारण हुन गएमा मलाई माफ गरी दिनु होला। नेपालको राजनिति ईतिहासमा कुन कुन पार्टी र कुन कुन व्यक्तिले कस्तो भुमिका खेल्यो भन्ने वारे मैले भन्नु भन्दा पनि तपाई आफूनै यस कुरामा पूर्ण रूपमा जानकार हुनु हुन्छ।नेपाल कम्युनिष्ट राजनितिमा बिक्रम संबत २०३७ सालबाट सक्रिय रूपमा लाग्नु भएको ब्यक्तित्व तपाई बिक्रम संबत २०३९ सालमा भुमिगत रूपमा कमरेड मदन भण्डारीसंग बिबाह बन्धनमा बाधिए पश्चात शशक्त रूपमा कम्युनिष्ट राजनितिमा सक्रिय हुनु भयो।

तपाईको जीवनमा त्यस्ता थुप्रै उत्तारचढाबहरू आए र त्यसको समाधान पनि आफैले गर्दै जानु भयो।कमरेड मदनको बिक्रम संबत २०५० साल जेठ ३ गतेको बिबादस्पद जीप दुर्घटना भई मृत्यू भए पश्चात बिक्रम संबत २०५० कै उपनिर्वाचनमा तपाईले काठमाण्डौंबाट कृष्ण प्रसाद भट्टराईलाई पराजीत गरेर राजनिति पकड अझै बलियो बनाउनु भई कम्युनिष्ट राजनितिमा अग्र स्थानमा रहि राजनितिक यात्रा सुरू गर्दै जानु भयो।तपाईलाई अहिलेको यो स्थान सम्म ल्याउनका लागि कमरेड स्वर्गीय मदन भण्डारीकै नाम नै काफी भयो त्यसैले तपाईले ती दिनहरूलाई कदापी पनि भुल्नु हुँदैन।तपाई अहिले न त कुनै पार्टीको हो या न त कुनै ब्यक्तिको तपाई त समस्त नेपाली जनताको धरोहरका रूपमा एक कुशल अभिभाबक हो तर तपाईबाट केहि दिन अगाडी भएको निर्णयले अहिले तपाई ब्यक्तिबादी र पार्टीबादी हो भने प्रष्ट हुन गयो।अझै तपाई भित्र कम्युनिष्टको धङ्धङी मेटिएको रहेनछ।

प्रधानमन्त्री केपी ओलीको मन्त्री परिषदको सिफारीसमा चार वर्ष अघि गोली हानी व्यवसायी लुट्ने घटनाका मुख्य योजनाकारलाई आममाफी दिने निर्णय गरेकोले एकदमै मर्माहित बनेको छु।राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्ति निकाल्दै अर्घाखाँची सन्धीखर्कका सुन ब्यापारी गोलीकाण्डका मुख्य योजनाकार रुद्र प्रसाद पराजुलीलाई बाँकी सजाय माफीका लागि निर्णय गरेको उल्लेख गरीएको छ।अदालतले दिएको आदेशलाई पनि मान्नु भएन।

‘हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दामा ७ वर्ष कैद फैसला भई ३ वर्ष ३ महिना ७ दिन सजाय भुक्तान गरी हाल कारागार कार्यालय, अर्घाखाँचीमा कैद सजायमा रहेको बन्दी रुद्रप्रसाद पराजुलीको बाँकी कैदको सजाय मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ।यसरी यस्ता समाजका कलङ्कहरूलाई नै तपाईहरूले आश्रय दिदै जाने हो भने समाज अब कुन अबस्थामा अगाडी बढ्ला?नेपालको प्रहरी प्रशासनले अपराधीहरूलाई समात्ने अनि तपाईहरू छोड्दै जाने यसो भए पछि के अर्थ आउँला र?कम्युनिष्ट पार्टीको खोल ओढेर हत्या आतङ्क मच्चाउनेहरूलाई किन आश्रय दिनु पर्यो?एमालेकै सिफारीषमा नै तपाईले यो निर्णय लिनु भएको हो।

यो त भए गोली काण्ड र लुटपाटमा परेको ब्यक्ति भोली आउँदा दिनमा बलात्कारी,हत्या साथै जघन्य अभियोग लागेका ब्यक्तिहरू पनि तपाईले मन्त्री परिषदको निर्णय भन्दै आम माफी दिन के बेर!

राष्ट्रपति ज्यू तपाईले पनि यस्ता निर्णयहरू लिदा आँखा चिम्लिएर अध्यारोमा ढुङ्गा हाने झै नगर्नु होला।आफ्नो कार्यकालमा राम्रो र कुशल कार्य गरी नेपाली जनताको मन जित्नु होला।तपाईले आफ्नो बिगतलाई नभुल्नु होला।तपाईले बिगतमा सेतो बस्त्र पहिरिएर लाखौ नेपाली दिदीबहिनीहरूको मन जिते झै त्यसरीनै नेपाली जनताको मन जित्दै जानु होला।
जय नेपाल।
संस्थापक सचिव
कर्ण बहादुर अधिकारी
नेपाली जन सम्पर्क समिति मकाउ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )