बेलायत भ्रमणका लागि नेपाली क्रिकेट टिमको घोषणा, सुवास र अनिलको पुनरागमन


cricket-team२० असार, काठमाडौं । बेलायत भ्रमणका लागि पारस खड्काको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले तोकेको छनौट समितिले टोलीको घोषणा गरेको हो । नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि आईसीसी आफैंले टिम हेरिरहेको छ ।
टोलीमा सुवास खकुरेल र अनिल मण्डलले पुनरागमन गरेका छन् भने नयाँ अनुहारका रुपमा विक्रम शोव आएका छन् ।
टोलीका अन्य सदस्यमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी छन् । यस्तै करण केसी, सन्दिप लामिछाने, राजु रिजाल र राजेश पुलामी मगर पनि टोलीमा परेका छन् ।
नेपाली टोली अर्को साता बेलायत जानेछ र, १९ तारिखमा मेरिलोबोन क्रिकेट क्लब एमसीसीसँग लर्डस्मा खेल्नेछ । अन्य स्थानीय टोलीसँग खेल्ने तय भएको छ ।
बेलायत भ्रमणलाई विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्डसँगको खेलको तयारीका रुपमा समेत हेरिएको छ ।(अनलाइनखबर

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )