डाक्टर पेशाको सेतो बस्त्र भित्र लुकेका नक्कली प्रमाणपत्र धारीहरू।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।

13563148_1064391603641808_1556723658_nबिरामीका लागि भगवान समानका सेता बस्त्र धारी अति नै सम्मानीत पेशा धारी डाक्टरहरूको जमातमा नक्कली प्रमाणपत्र धारीहरूको घुष पैठले गर्दा सर्वसाधरण जनता माझ मिडिया मार्फत जुन किसिमको सनसनी पूर्ण खबर “नेपालका डाक्टरहरू नक्कली” भन्ने कुरा सार्वजनिक हुँदा बिश्व समुदायमा नेपाली डाक्टरहरूको शाख गिर्नुका साथै जन मानसमा पनि नराम्रो छाप परेको छ।अब नेपाली जनताहरूलाई सक्कली प्रमाणपत्र धारी डाक्टरहरू प्रति पनि बिश्वास घट्दै गई रहेको अबस्था छ।अबका दिनमा डाक्टर प्रति सकरात्मक सोचले बिरामीले उपचार गराउने माहौल सृजना गर्न चाँहि हम्मे हम्मे पर्ने देखिन्छ।अब बिरामीले उपचार गराउन परेको खण्डमा आफुलाई हेर्ने डाक्टरको ’boutमा जन्म कुण्डली नै तयार गर्नु परे झै १० औं पटक सोच्न बाध्य बनाएका छन।
13530367_1060628540684781_710053323_nनक्कली प्रमाण पत्र धारी डाक्टरहरूको छानबीन र अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सिविआई) र नेपाल मेडिकल काउन्सिलले बिगत लामो समय देखि अनुसन्धान गरी रहेको र यस अनुसन्धानका लागि सहयोग पुराएर ती नक्कली प्रमाणपत्र धारी डाक्टरहरूको जन्म कुण्डली नै तयार गरेर देशका बिभिन्न भागका बिभिन्न अस्पतालबाट ४३ जना भन्दा बढी नक्कली डाक्टरहरूलाई पक्रिन सफल भई कानुनी दायरामा ल्याएकोमा नेपाल प्रहरी प्रति सारा नेपाली जनताको बिश्वास बढेको छ।सिविआईको “क्वाक” भन्ने अप्रेशनबाट नै नक्कली डाक्टर समातिएका हुन।यसरी समातिएका नक्कली डाक्टरहरू भारत,युक्रेन,रसिया,बंगला देश,चीन,काजगिस्थान र पाकिस्तानबाट एमबिबिएस तथा बिडिएस पढेकाहरू नै पक्राउ परेका हुन।यस्ता नक्कली प्रमाणपत्र धारीहरू नेपालको प्रतिष्ठित अस्पतालहरूमा कार्यरत रहेको पनि भेटिए।अझै भन्ने हो भने ठूला र जटिल अप्रेशन गर्ने बिभागमा पनि १० जना भन्दा बढी नै डाक्टर भेटिए।यसरी नेपाली जनताको जीवन माथि खेलवाड गर्नेहरूलाई कसरी कार्बाही अगाडी बढाउने जिम्मा चाँहि अदालतको हो।सिविआईले “क्वाक” कार्बाही गर्दा भने केहि त्रुटी नै भएको हो कारण हस्पिटल जस्तो संबेदनसील क्षेत्रमा गएर कोही बिरामी बनेर,कोहि अप्रेशन थेटरमै गएर पक्रिदा चाहि ठीक नभएकै हो यसको बिकल्पमा अर्कै रणनिति तयार गरेर पक्रिएको भए राम्रो हुने थियो।
बेला बेलामा नसुनिएको पनि हैन नेपालमा डाक्टरहरूले अप्रेशन गर्दा अप्रेसनका सामग्रीहरू पेट भित्रै छोडी बाहिरबाट सिलाई दिने,पाठघरको अप्रेसन गर्दा किड्नीको अप्रेसन गरी दिने,बिरामीको रोग भन्दा बिपरीतका औषधीहरू सेवन गर्न दिने ,आबश्यकता भन्दा बढी एन्टीभायोटिक खुवाई दिने जस्ता घटनाहरू घटेकै हुन कारण रहेछ नक्कली डाक्टर।

यी त भए हस्पिटल क्षेत्रका कुराहरू यस बाहेक नेपालका अन्य क्षेत्रहरूमा पनि नक्कली प्रमाणपत्र धारीहरू अशंख्य छन भन्दा फरक नपर्ला।अब सिबिआईले अन्य क्षेत्र भित्र पनि क्वाक अप्रेशन सुरू गर्नु पर्यो।सांगठनीक पेशाहरू नेपाली सेना,नेपाल प्रहरी,शशस्त्र प्रहरी भित्र पनि नक्कली प्रमाण पत्र धारीहरू छन भन्दा फरक पर्दैन।नेपालमा जाहाज उडाउने पाईलट नक्कली,स्कूल पढाउने शिक्षक नक्कली,गाडी कुदाउने ड्राईभर नक्कली,मुद्दा मिलाउने वकिल नक्कली,बैक तथा बित्तिय क्षेत्रमा काम गर्ने कर्मचारी नक्कली,घरको नक्शा बनाउने ईन्जिनियर नक्कली,मेडिकल चलाउनेहरूको प्रमाणपत्र नक्कली आदी ईत्यादी।यी सम्पूर्ण क्षेत्रहरूबाट नक्कली प्रमाणपत्र धारीहरूलाई क्लिन गरेर सक्षम जनशक्तिलाई स्थान दिन सक्यौ भने नेपाल समुनत दिशालाई अंगालेर अगाडी बढ्ने छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )