नरहरि सापकोटा
गोरखा–छोप्राक– ९ का सुरेश कुमाल मंगलवार भुसुण्डे खोलामा असिनपसिन हुँदै खेतमा आली लगाउँदै थिए । खोप्लाङ ६ का रेशमबहादुर बिक हिलाम्य भएर खेत सम्याएँदै थिए। कुमारी तामाङ ११ जना साथीसँग छुपुछुपु हिलोमा धानको बिउ रोपरिरहेकी थिइन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 29/06/2016
आज १५ असार, किसानलाई रोपाइँको चटारो
Posted in विविध
पहिरोले गोरखामा गाउँ नै विस्थापित
शिवप्रसाद उप्रेती
गोरखा: मंगलबार राति परेको भारी वर्षापछि आएको पहिरोले ६ घर पुरेको छ। गोर्खाको उहिया गाविस-१मा खोर्लाबेसीमा बसोबास गर्ने स्थानीहरुको घरहरु पुरेको हो। घर पुरिनेहरुमा भक्तवीर घले, आसपपाल गुरुङ,गोपीलाल गुरुङ, सुमती गुरुङ,जीत बहादुर गुरुङ र सुनिता गुरुङ रहेका छन्। पहिरोले भक्तवीर घलेको घर पुरिएको छ भने अन्य पाँच स्थानीयको घरमा क्षति भएपनि सामानहरु निकाल्न सफल भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
विप्लव माओवादीले सिंहदरवार घेर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
एनसेल आक्रमणमा पक्राउ परेकालाई रिहा गर्न माग
१५ असार, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले एनसेल आक्रमणको आरोपमा पक्राउ परेका आफ्ना नेता-कार्यकर्ताहरुको रिहाइको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ । बिहीबार काठमाडौं उपत्यकासहित देशभर विरोध प्रदर्शनसहित ज्ञापनपत्र बुझाउने विप्लव माओवादीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
टर्कीको अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मघाती हमला, ३६ को मृत्यु, १४० बढी घाइते
असार १५, २०७३- टर्कीको इस्तानबुलस्थित आतातुर्क अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आतंकवादी हमलामा परी ३६ जनाको मृत्यु भएको छ भने १४० बढी घाइते भएका छन् । तीनजना हमलावरले एकैसाथ टर्मिनल भवन प्रवेश गर्ने क्षेत्र नजिकै अन्धाधुन्द गोली प्रहार गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिनका लागि जवाफी कारवाही गर्दा आफैं बम बिस्फोट गराएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार