कर्ण बहादुर अधिकारी मकाउ,चीन।
चीनको स्वशासित क्षेत्र मकाउमा २०१६/६/२६ तारिकका दिन मकाउ कराते संघले आयोजना गरेको खुल्ला राष्ट्रिय कराते प्रतियोगीता सम्पन्न भएको छ।राष्ट्रिय खुल्ला कराते प्रतियोगीतामा नेपालीको तर्फबाट मकाउमा कार्यरत रहेका नेपाली कराते खेलाडी नान बहादुर थापाले सहभागीता जनाएका थिए। थापा ६७ केजी तौल तर्फ एकल कुमीते (kumite) र ग्रुप कुमिते समूहमा प्रतिशप्रधा गरेका थिए दुबै प्रतिशप्रधामा तेस्रो स्थान प्राप्त गरेका हुन।
उक्त मकाउको कराते संघले आयोजना गरेको प्रतियोगीतामा सन २०११ देखि नेपालीहरूले पनि सहभागिता जनाउदै आएका छन्।यस पटक यो प्रतियोगीतामा नेपालीको तर्फबाट थापाको मात्र सहभागिता रहेको थियो। थापाले एकल कातामा पनि सहभागिता जनाएका थिए।थापाले २०११ देखि नै उक्त प्रतियोगीतामा भाग लिदै आई रहेका छन।बिगतका प्रतियोगीताहरूमा पनि पदक जित्दै आई रहेका छन। बिदेशी भूमिमा रहेर पनि थापाले आफ्नो ड्युटीलाई प्राथमिकता दिनुको साथ साथै नेपाल र नेपालीलाई चिनाउनका लागि आफ्नो बचेको समयमा खेललाई पनि अगाडी बढाउदै गई रहेका छन।थापा संग जिज्ञासा राख्दा आउँदा दिनहरूमा अझै शशक्त रूपमा अगाडी बढेर अझै राम्रो गरेर देखाउने धारणा ब्यक्त गर्नु हुन्छ।