काबुल घटनामा दिवंगत भएका नेपालीको सम्झनामा मकाउमा “मकाउ नेपाली समाज” द्वरा दीप प्रज्वलन।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
13536056_1061962220551413_439737300_nअफगानिस्तान काबुलमा तालिवानीको बम आक्रमणमा परी दिवंगत हुनु भएका नेपाली दाजुभाईहरूको दिवंगत आत्माको चीर शान्तिको कामना र घाईते हुनु भएका नेपाली दाजुभाईहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै “मकाउ नेपाली समाज”(NEPALI SOCIAL ASSOCIATION OF MACAU)ले आफ्नै क्लवमा बेलुकीको ६ बजे दीप प्रज्वलन साथै १ मिनेट मौन धारण कार्यक्रम समापन गरेको छ।

उक्त दीप प्रज्वलन कार्यक्रममा नेपाल मैत्री संघका अध्यक्ष हर्क बहादुर कुवर,तमु समाज मकाउको तर्फबाट नवीन कुमार गुरूङ,मकाउ तामाङ घेदुङका कार्य समितिका पदाधिकारीहरू,किराँत राई यायोख्या मकाउको तर्फबाट नवीन राई,किराँत चुम्लुङ याक्थुमका अध्यक्ष अनामिका लिम्वु लगाएत मकाउमा कार्यरत रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरूको उपस्थिति रहेको थियो।13521042_1061962303884738_455470374_n

कार्यक्रममा संघ संस्थाका प्रतिनिधिहरूले मन्तब्य राख्ने क्रममा नेपाली बिदेशीनुको पीडा र बिदेशमा दिवंगत हुँदाको अबस्था साथै नेपालको राजनिति अस्थिरताका कारण नेपालीहरू बिदेश पलाएन हुनु पर्ने बाध्यताका ’boutमा चर्चा परिचर्चा गरेका थिए।सबैले दिवंगत आत्माको चीर शान्तिको कामना र मृतकका परिवारहरूलाई भगबानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून भन्दै कामना गर्नु भएको थियो।13530837_1061962327218069_1020099009_n

अन्त्यमा मकाउ नेपाली समाजका अध्यक्ष दोर्जे तमाङले मकाउमा रहेका नेपालीहरूका हक हितका लागि मकाउ नेपाली समाज स्थापना भएको र “मकाउ नेपाली समाज”ले मकाउमा रहेका नेपालीहरूको सुख दुखमा साथ दिनुको साथै मकाउमा रहेका सबै संघ संस्थाहरूसंग सहकार्य गरी अगाडी बढ्ने छौ भनी मन्तब्य राख्नु भएको थियो।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )