डम्बर रिमाल “माइला”
नोट:- कोसेली समुह कुवेतले निकालेको प्रेस विग्यप्ति साथै दाताहरूको नामावलि सहितको अपटूडेट समाचार हेर्न तल जानुहोला धन्यवाद;!
कुवेत बासि धेरै नेपालीहरुको मन मस्तिष्कमा बस्न सफल भएको कुवेतमा एकमात्र “कोशेली” नामक नेपाली छापा पत्रीका चलाउदै आएका कोसेली मिडिया ग्रुपको पहलमा सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाइ-दिदिबहिनीहरुको साथ, सहयोग र दानले भरिएको सहयोग रकम १२ लाख २८ हजार ८ सय ७२ रूपैया कोसेली समुहले धुर्मुस-सुन्तली फाउन्डेसनका मुख्य अभियन्ता सिताराम कट्टेल “धुर्मुस”लार्इ एभिन्यूज टेलिभिजनको सभाकक्षमा एक समारोह बिच हस्तान्तरण गर्यो ।
उक्त हस्तान्तरण समारोहमा सहयोग ग्रहणकर्ता धुर्मुस लगायत एभिन्यूज टेलिभिजनका अध्यक्ष भास्कर राज कर्णिकार, समाचार प्रमुख हरिशरण लामिछाने, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मोहन सिंह लामा, प्रवाशी पत्रकार संजालका नेपाल प्रमुख दामोदर नेपाल लगायतको उपस्थितीमा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेक थिए।
नेपाल पत्रकार महासंघ कुवेतका उपाध्यक्ष नवराज पन्थी छुट्टी गएको मौकालाई सदुपयोग गर्दै उक्त रकम हस्तान्तरण गर्नु भएको थियो साथै धेरै बर्ष कुवेतमा बिताई हाल नेपालमै म्यान पावर चलाउदै आउनु भएका सौगात सुवेदी ज्यू लगायतले काठमाण्डुबाट हस्तान्तरण कार्यक्रममा सहभागिता जनाएका थिए ।
उक्त अबसरमा धुर्मुस सुन्तली फाउण्डेसनले गिरानचौर एकिकृत बस्ती बनाउन कुवेत बाट तपाई हामी कुवेतबासी जसले सहयोग गर्नु भयो उहाँहरु सवैमा हार्दिक आभार प्रकट गर्नुका साथै कोशेलि समूहलाइ बिशेष धन्यवाद ब्यक्त गरेको थियो ।
।।कोसेली समुहको प्रेस वक्तव्य।।
॥ कुवेतबाट दाताहरुको नामाली यसप्रकार छ ॥
भुलचुकबस कसैको नाम छुटेको खन्डमा कोसेलि ग्रुपलाई सम्पर्क गर्नु होला धन्यवाद !