अफगानिस्तान काबुलमा भएको तालिबानी बम आक्रमणमा परी जीवन गुमाएका नेपाली दाजुभाईहरूको पार्थिव शरीर र यो हमला पछि नेपाल फर्कन चाहने नेपाली नागरीकहरूलाई कुटनिति पहल गरेर २ दिन भित्र नेपाल एयरलाईन्सको बिमान काबुल पठाएर नेपाल ल्याउन सफल भएकोमा म एक नेपाली नागरीक साथै नेपाली कांग्रेसको कृयाशील सदस्य भए पनि यस्ता कार्य गर्न सफल हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओली लगाएत उहाँको गठबन्धन सरकारलाई सलाम गर्दछु।राम्रो र असल कार्यलाई राम्रो भन्न नसक्नु नै हामीहरूको कम्जोरी हो।निति बिचार जुन जुन पार्टीसंग भए पनि देशका निम्ति राम्रो काम गर्नेलाई साथ दिन सक्यो भने देशका बिकासका मार्ग देखि लिएर सबै कार्यहरू सहज हुँदै जान्छ।अहिलेको परिस्थतिमा नेपाली जनता पनि आखिर त्यस्तै किसिमको अपेक्षा राख्दछ।
नेपाल सरकारले काबुल हमलामा मारीएका १२ जना नेपाली दाजुभाईको पार्थिब शरीर ल्याउन जुन किसिमको प्रशंसनीय कार्य गर्यो यसका लागि सारा नेपाली जनताको तर्फबाट वाहा वाही पाई रहेका छन।नेपाली जनतालाई देशमा सरकार छ भन्ने आभाष हुँदै छ।यो सरकारले काबुल घटनामा मारीएका नेपाली दाजुभाईहरूको घटनाको ’boutमा गम्भिरताको साथ छानबीन गर्नका लागि कुटनिति तवरबाट अफगान सरकारलाई दबाब दिन जरूरी छ साथै मृतकहरूले कार्यरत कम्पनिबाट के कस्तो राहत पाउछन त्यस ’bout पनि कुरा अगाडी बढाउनु पर्दछ।नेपाल सरकारको तर्फबाट मृत्यू भएका मृतकका परिवारलाई राहत स्वरूप १०/१० लाख बितरण गर्ने जानकारी गराएको हुँदा यो पनि राम्रै कार्य हो तर यस पछि भने नेपाल सरकार सामु ठूलै चुनौतिहरू पनि खडा हुँदै छ।
नेपाल सरकारले कामदार भिषामा अफगानिस्तानका लागि श्रम स्वीकृत नदिदा पनि अफगानमा आज सम्म ४ हजार भन्दा बढी नेपालीहरू अबैधानिक तवरबाट कार्यरत छन।यसरी अबैधानिक तवरबाट अफगान पठाउने दलालहरूलाई खोजी खोजी कानुनी दायरामा ल्याउन जरूरी छ र तिनीहरूलाई कडा भन्दा कडा कार्बाही पनि हुनु पर्दछ।अफगान मात्रै होईन त्यस्ता द्वन्द ग्रस्त देशहरू इराक,सिरिया,लिवियामा अझै सम्म पनि नेपाली कामदारहरू कार्यरत छन।सरकारले त्यस्ता देशमा गएका नेपालीहरूको डाटा संकलन गर्न जरूरी छ साथै त्यस्ता देशमा आंशिक नभई पूर्ण रूपमा नै बन्देज लगाउनु पर्दछ।आज मात्रै सुने नेपाल सरकारले पूर्ण रूपमा बन्द गरेर ती ४ मुलुकमा जानका लागि।अब त्यहाँ रहेका हरूलाई पनि नेपाल फर्काउन सरकारले कदम अगाडी बढाउनु पर्यो।
यी ४ देश त सुरक्षाका दृष्ट्रिकोणले संबेदनशील राष्ट्र भए तर ती देशमा झै बिश्वका कयौ देशहरूमा नेपालीहरूको पीडा चित्कार त्यस्तै नै छ।मलेशीया,साउदी,कतार लगाएत अन्य राष्ट्रहरूमा रहेका नेपालीहरू प्रति पनि सरकारको ध्यान जान जरूरी छ।६० लाख भन्दा बढी होनाहार नेपाली यूवा यूवतिहरू बिदेशी भूमिमा कार्यरत छन।पक्कै पनि रहरले बिदेशीएका होईनन् यो त बाध्यता हो अझै भनौ नेपालको अस्थिर राजनिति नै नेपाली बिदेशीनुको प्रमुख कारण हो।
बिश्वका बिभिन्न देशहरूमा नेपालीहरू माथि बिभिन्न अभियोग लगाएर भाषाको समस्याले गर्दा बास्तबिक कुरा नबुझ्दा मृत्यू दण्ड दिने देखि लिएर जेल सजाय सुनाएर जेल भित्र छन,६/७ बर्ष देखि बिदेशका अस्पतालहरूको कोमामा नेपालीहरू लडी रहेका छन,साउदी मलेशीया,कतार, दुवई, कुवेत लगाएतका देशहरूमा बैधानिक तबरबाट श्रम लिएर गएका नेपालीहरूको कामको शीलशीलामा दुर्घटनामा परी मृत्यू भएका पार्थिब शरीरलाई भनेको समयमा नेपाल ल्याउन सकिएको छैन त्यसैले नेपाल सरकारले यस्ता बिषयहरूमा कुटनिति तवरबाट बहस गरेर आफ्नो देशका नागरीकका ’boutमा बुझ्न जरूरी छ।अझै कुनै कुनै देशबाट नेपालीको पार्थिब शरीरलाई नेपाल पठाउन सम्भब नै छैन यस्ता देशका सरकारसंग समन्वय गरेर मृत शरीरलाई आफन्त सम्म पुराउने काम सरकारले गर्दा राम्रो हुने थियो।
चीनको स्वशासित क्षेत्र मकाउमा लगभग ४००० को हारहारीमा नेपालीहरू बैधानिक तवरबाट नेपाल सरकार संग श्रम स्वीकृति लिएर कार्यरत छन तर यहाँ त्यहि एउटा समस्या छ यदि केहि कारणबस नेपालीहरूको निधन भएको खण्डमा पार्थिब शरीलाई नेपाल लैजान सम्भब नै छैन।त्यसका ज्वलन्त उदाहरण हामी सामु साक्षी छ।सन २०१३ जुलाई २१ तारीक आईतबारका दिन ह्रदय घात भई मृत्यू भएका लम्जुङ जिल्ला सुर्यपाल गाउँ बिकास समितिका मकाउ ग्रुप फोर कम्पनिमा कार्यरत बिश्व बहादुर बसौलाको मृत्यू भएको थियो।उहाँको पार्थिब शरिरलाई नेपाल लैजानका लागि मकाउमा रहेका संघ संस्थाहरूले पहल गर्दा पनि सम्भब नभए पछि उहाँको पार्थिब शरीरलाई चीनमा दाहसंस्कार गरीएको थियो।उहाँको अस्तु मात्र नेपाल पठाईएको थियो।२०१५ मा मकाउमा ह्रदय घात भई मृत्यू भएका गोरखाका डम्बर बहादुर गुरूङको पार्थिब शरीरलाई पनि नेपाल पठाउन सकिएन।परीबारलाई मृत शरीर बुझाउन नपाउनु र परीबारले पनि देख्न नपाउनु यो जतिको दुखदायी क्षण कुन होला त्यस कारण नेपाल सरकारले यस ’bout पनि बुझेर कुटनिति पहल गर्दा राम्रो हुने थियो।
केपी ओली सरकारले काबुल घटनामा परेका नेपालीहरूका लागि जुन किसिमको स्रहानीय कार्य गर्यो यो एकदमै राम्रो पक्ष हो तर यतिमा मात्र सिमित राखेर सस्तो लोक प्रियताका लागि काम गरेको हो भने यो नै ठूलो अभिषाप बन्ने छ।भबिष्यमा यस्ता घटनाहरू घटेको खण्डमा सरकारले यसरी नै कदमहरू अगाडी बढाउनु पर्दछ।केपी ओली सरकार र केपी ओली यो अबस्थामा एमालेको मात्र होईनन् उनीहरू त पार्टीबाट प्रतिनिधित्व गरेर सरकारमा गएका हुन तर आज ती कम्युनिष्ट भन्ने मित्रहरूले काबुल घटना र इराक घटनालाई दाजेको देख्दा त अचम्म लाग्दछ।
इराक घटना र काबुल घटना फरक प्रकृतिका हुन त्यो अबस्था र अहिलेको अबस्थालाई तुलना गर्न मिल्दैन।त्यस समयमा पनि सरकारले आफ्नो तर्फबाट पहल गरेकै हुन तर सफल हुन सकेन भने काबुल घटनामा मृत्यू भएका नेपाली दाजुभाईको पार्थिब शरीर ल्याउनका लागि त्यहाको सरकारसंग गरेको पहल सफल भए पश्चात २ दिनमा नै नेपाल ल्याउन सफल भयो।त्यसैले मित्रहरू यो अबस्थामा कसैले पनि पार्थिब शरीर माथि राजनिति नगर्नु हुन बिशेष अनुरोध गर्दछु।
अन्त्यमा केपी ओली सरकारको यस स्रहानीय कार्यका लागि बिदेशीएका लाखौ लाख नेपालीहरूबाट उचित मुल्याङ्कन हुँदै छ।म नेपाली कांग्रेसको निष्ठावान कार्यकर्ता भए पनि म जस्तै हजारौ नेपाली कांग्रेसका कार्यकर्ताहरूले केपी सरकारलाई सलाम गरी रहेका छन।