योगेन्द्र गौतम,
नेपाली कांग्रेसका माहामन्त्री , सांसद एवं बि पी पुत्र शशांक कोइराला हालै भारतको भोपालमा भएको नेपाली जन सम्पर्क समिति भारतको केन्द्रीय बैठक एवं प्रशिक्षण कार्यक्रम प्रमुख अतिथि हुनु हुन्थ्यो। । माननीय शशांक कोइरालाले नेपाली जन सम्पर्क समितिका केन्द्र क्षेत्र र आमन्त्रित प्रतिनिधीहरुलाई प्रशिक्षण दिनु भएको थियो। नेपाली जन सम्पर्क समिति भारतको केन्द्रीय बैठक र मध्य भारत क्षेत्रले आयोजना गरेको खुल्ला आमसभा हालै भोपालमा सम्पन्न भएको छ।समितिको केन्द्रीय बैठक अध्यक्ष बालकृष्ण पाण्डेको अध्यक्षतामा र माहामन्त्री नारायण भुषालको संचालनमा भारत भरी हरेक राज्यमा रहेका केन्द्रीय पदाधिकारीहरुको ठूलो उपस्थिति रहेको थियो।उक्त केन्द्रीय बैठकमा बिधान संशोधन निति र निर्देशिका आर्थिक गतिबिधि पेश गर्दै केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डेले आउँदा दिनमा समितिको बिकासका निम्ति सबैलाई बिना बिबाध अगि बढन निर्देशन जारी गरेका थिए ।
उता मध्य भारत क्षेत्रका अध्यक्ष नरिनारायण पन्तको अध्यक्षतामा भएको खुल्ला सभालाई संबोधन गर्दै कांग्रेस माहामन्त्री शशांक कोइरालाले प्रबासमा रहेका नेपालीहरु प्रति खुशी प्रकट गर्दै हरेक लोकतान्त्रिक आन्दोलनमा प्रबासी नेपालीको ठूलो भूमिका रहेको स्मरण गर्दै उनीहरु माथि प्रबासमा हुने अत्याचार दमन शोषण हत्या हिंशा र नारी बेच बिखन बिरुद्ध नेपाली जन सम्पर्क समिति भारतको हरेक सकरात्मक कदममा आफुले पूर्ण साथ दिने भन्दै नेपाली जन सम्पर्क समितिलाई अझै मजबुद बनाएर अगि बढन अनुरोध गर्नु भएको थियो ।
नेपालको सन्धर्बमा सरकार अहिले निकै निरीह भएको र सरकार स्वयम आफै बिचलित रहेको भन्दै कम्युनिष्टबाट नेतृत्व गरी चार चार प्रधानमन्त्री आउदा पनि देशले संबिधान पाउन सकेन तर नेपाली कांग्रेस नेतृत्व प्रधानमन्त्री शुशील कोइरालाले संबिधान घोषणा गरेर नै छोडनु भयो , अब संबिधानलाई कार्यानयन गर्न पनि नेपाली कांग्रेस कै नेतृत्व चाहिने बताउनु भयो ।
मधेश अहिले आन्दोलित छ , मधेशी जनताको र पाहडी जनताको हित हुने गरी नेपाली कांग्रेसले मधेश समस्या हलका लागि कार्य गरिरहेको बताउनु भयो । डा. शशांक कोइराला भन्नुहुन्छ न मधेशी न पहाडी हामी हौ नेपाली । डा.कोइरालाको यो बाक्याशं हजारौ उपस्थिति लाई नयाँ जोश र उमंग पैदा गरेको थियो ।
धर्म निरपेक्षताको सन्धर्बमा डा. कोइराला भन्नुहुन्छ नेताहरुले डलरमा रमाएर ८५% नेपाली जनता बाट आएको हिन्दु राष्ट्रको सुझाबलाई दबाएर संबिधान घोषणा गरे । नेपाली कांग्रेसले अन्तिम सम्म जनताको भावना राजनितिक दलले कदर गर्न पर्ने अठोट निर्णय लिदा कम्युनिष्ट हरु मान्न तयार भएनन्। यस्तो परिस्तिथिका बाबजुद अनन्त सनातन चलि आएको धर्मको रक्षा हुने गरी धर्म निरपेक्ष राष्ट्र बनाउनेमा सहमति भयो । तर पनि जनताको चाहना दबाउन नमिल्ने भएकोले संबिधान संशोधन प्रस्ताव नेपाली कांग्रेसले सदनमा दर्ता गरायो र पास पनि गरायो ।
भारत र चिन नेपालका घनिष्ठ मित्र राष्ट्र हुन भन्दै डा. शशांक कोइरालाले यी दुबै राष्ट्रसंग पारस्परीक मित्रता बढाएर अगि बढन सरकार नसेकेको र प्रधानमन्त्री ओलीले पटक पटक बिबादित बयान दिएर झनै संकट निम्ताएको भन्दै डा.कोइराला भन्छन हामीलाई भारत भन्दा चिन संग बढी खतरा छ । उनले माहात्मा गान्धी र माओत सेतुङ्गको नाम लिदै यी दुबै नेताका बिचमा निकै लोक प्रियता रहनु भएका बि पी कोइरालाले २०१६ सालमा निकै सौभाद्र मित्रता स्थापित गरी तिनै देशका जनताको भलो का निमित्त समाजबादी चिन्तन लागु गर्नु भयो । डा. कोइरालाले भन्नु भयो बि पी यो चिन्तनले संसार भर नयाँ सोचमा परिणत गरेको थियो ।
आज हामी बीच बि पी कोइराला हुनुहुन्न तर वाहाले दिनु भएको चिन्तन र भिजन छ मैले के भन्न खोजेको भने पिताजी बि पी कोइराला ले भन्नु भएको छ मानिस ब्रेडले होइन ब्रेनले चल्नु पर्दछ तब मात्र समाजबाद र प्रजातन्त्रको बिकास हुन सक्दछ ।
सरकारको आर्थिक नितीको बिषयमा डा. शशांक कोइरालाको कथन थियो सरकारको बार्षिक बजेटमा गित गाउने र बजाउने भन्दा नाच्ने नृत्यको नाटक जस्तो देखियो । ठुलो बजेट पेश गर्दा जनतामा कस्तो असर पर्छ या पर्दैन भन्ने यो सरकारले सोच्ने कुरा हो । आर्थिक बजेट भद्धा रुपमा ल्याइयो बजेट आउदाकै दिनबाट पेट्रोल र डिजलको भाउ आकासियो जुन अन्तराष्ट्रिय क्षेत्रमा पेट्रोल डिजलको भाउ कतै बृद्धि भएको थिएन यस्ले आम जनतामा के जनायो भने बजेट जनमुखी छैन NGO, र ingo लाई बढी महत्व दिइयो , कर्मचारीतन्त्र गरियो र जनता लाई गरीब बनाउने निति लागू गरियो ।
सोही अवशरमा भारतमा रहेका बिभिन्न संगठन छोडी १५० जना नेपाली जन सम्पर्क समितिमा प्रबेश गरेका थिए । भोपालमा मुल प्रबाहा नेपाली एकता समाज , प्रबासी नेपालीसंग परित्याग गरी नेपाली जन सम्पर्क समितिमा प्रबेश गर्ने सम्पूर्णलाई डा. शशांक कोइरालाले ने ज स मा कटिबद्ध भएर लाग्न निर्देशित गर्नु भएको थियो ।
वाहाहरुको प्रबेश भोपालमा रहेका नेपाली जन सम्पर्क समितिका केन्द्रीय सल्लाहाकार प्रमुख डोल राज भण्डारी , समाज सेवी एवं समितिका केन्द्रीय सदस्य डोलराज गैरे , प्रबक्ता जगन्नाथ पौडेल ,लिलामणी पाण्डे र नरिनारायण पंथले त्याहाँ रहने नेपालीहरुको हक हित सुरक्षाको सकरात्मक निति देखि प्रभाबित ने ज स मा प्रबेश गरेको प्रबेशकारीहरुले बताए ।
प्रबेश गर्ने हरुमा बिष्णु पाण्डे लगाएत १५० जना नेपाली जन सम्पर्क समितिमा प्रबेशले नयाँ उचाई प्राप्त गरेको छ । संपुर्ण प्रबेशीहरुलाई संबोधन गर्दै बिषेश अथिति नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रकाश शरण महत र केन्द्रीय सदस्य एवं सांसद दीपक गिरी ट्रेड यूनियन कांग्रेसकी नेतृ रिता खनाल समितिका पुर्ब अध्यक्ष महेन्द्र शर्मा भुषालले शुभकामना दिनु भएको थियो ।