नेपाल फिर्ता आउन लागेका २४ कामदार काबुलस्थित क्यानेडियन दूतावासकै सुरक्षा गार्ड


देवेन्द्र भट्टराई, काठमाडौं
१२ शव नेपाल ल्याइँदै, ५ घाइते दिल्ली लगियो
थप २ घाइतेलाई एयर–एम्बुलेन्सबाट दिल्ली लैजाने तयारी
असार ८, २०७३- आत्मघाती बम विष्फोटमा परेर सोमबार काबुलमा ज्यान गुमाउने १२ नेपाली कामदारको शव नेपाल वायुसेवाको चार्टर उडानबाट आज अपरान्ह ३ बजे काठमाडौं ल्याइने भएको छ । सोही विमानमा नेपाल फिर्ता आउन चाहेका थप २४ नेपाली कामदारलाई पनि काठमाडौं ल्याइँदै छ । नेपाल फिर्ता आउन लागेका कामदार पनि काबुलस्थित क्यानेडियन दूतावासको सुरक्षामा खटिएका साब्रे इन्टरनेशनल (बेलायती कम्पनी) सम्बद्ध हुन् । काबुलस्थित कम्पनी स्रोतका अनुसार विस्फोटमा परेर सख्त घाइते भएका ७ जनामध्ये ५ कामदारलाई बुधबार बिहान १० बजे (काबुल समय अनुसार) दिल्ली पठाइएको छ ।

दिल्ली लगिएका घाइतेमा प्रेमबहादुर क्षेत्री (मोरङ), चेतप्रसाद शेरचन (म्याग्दी), कुमारबहादुर गुरुङ (गोरखा), कृष्णकुमार देउजा (चितवन) र अमृत रोकाया क्षेत्री (सुर्खेत) रहेका छन् । घाइतेको दिल्लीस्थित अपोलो अस्पतालमा उपचार थालिनेछ ।

हाल काबुलस्थित वेष्ट–एक्स मेडिकल उपचाररत चितवनका मानवबहादुर थापा र नुवाकोटका च्याङ्वा तामाङ्लाई भने एयर एम्बुलेन्सबाट दिल्ली लैजान चिकित्सकीय परामर्श जारी छ । दुईमध्ये च्याङ्वालाई भेन्टिलेटरमा राखेर सघन उपचार जारी राखिएको छ भने मानबहादुरको दुवै कानका जालीमा समस्या देखिएको छ ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )