‘गाउँ नै रुवाएर गयो’


असार ७, २०७३- काबुल घटनामा परी मारिएका १२ नेपाली मध्ये दुई पर्वत जिल्लाका हुन् ।
कार्कीनेटा–६ का नविनसिंह क्षेत्री र पाङ, कुनाचौरका बिरबहादुर सुवेदी क्षेत्रीको काबुल घटनामा परी मृत्यु भएको पुष्टी भएसँगै दुवैको गाउँ शोकमा डुबेको छ । कार्कीनेटाका क्षेत्री सशस्त्र प्रहरीका अवकास प्राप्त हवल्दार हुन् । नविनका छिमेकी भवानीप्रसाद शर्माका अनुसार २०५७ सालमा उनी सशस्त्र प्रहरीको हवल्दारमा भर्ति भएका थिए । माओवादी द्वन्द्वका बेला विद्रोहीको आक्रमणमा परि घाइते भएका उनलाई अवधी नपुग्दै एक तह बढुवा गरेर अवकास दिइएको थियो । २०६४ मा जागिरबाट अवकास पाए पनि घाइते क्षेत्रीलाई पूर्ण रुपमा तंग्रिन दुई वर्ष लाग्यो । पुरै तन्दुरुस्त भएपछि उनी नीजि सुरक्षा गार्डका रुपमा अफगानिस्तान लागेका थिए ।

पाङका सुवेदीको पनि अफगानिस्तान पुग्नु पछाडी क्षेत्रीको जस्तै कथा छ । नेपाली सेनाबाट सेवा निवृत्त भएपछि आउने पेन्सनले दुई छोराको शिक्षादिक्षा गर्न अपुग हुने देखेरै राम्रो आम्दानीको खोजिमा उनी अफगानिस्तान पुगेका थिए ।

सुवेदी र क्षत्री आफ्नो परिवारसहित काठमाडौंमा बस्ने गरेपनि उनीहरुको बाबुआमा भने गाउँमा बस्छन् । छोराको मृत्युको खबर सञ्चार माध्यममा आएसँगै परिवार मात्रै नभएर गाउँ मै सन्नाटा छाएको छ ।

‘जहिले छुट्टीमा आउँदा पनि केही समयअघि जाने उसको बानी नै परेको थियो,’ नविनका छिमेकी भवानीप्रसाद शर्माले भने, ‘यो पाली पुरै छुट्टी बसेको भए, घटनाबाट जोगिन्थ्यो कि ?’ काठमाडौंमा कपडा पसल चलाएर बसेका नविन २०६६ सालमा व्यापार श्रीमतीलाई जिम्मा लगाएर अफगानिस्तान गएको भाइ दण्डबहादुर क्षत्रीले बताए । नविन चार दाजुभाइमा माइला छोरा हुन् ।

उनको परिवारले अझै पनि उनको घटनामा परी निधान भएको विश्वास नलागेको बताएको छ । आजै बिहान सम्म पनि पाङको मान्छे मात्रै परेको जानकारी थियो,’ दाजुको मृत्युको खबरलगत्तै काठमाडौं हिँडेका भाइले भने, ‘दाइ नै भन्ने अझै पनि विश्वास लागेको छैन ।’

यस्तै विदुरबहादुर सुवेदीका बाल्यकालका साथी हरिनारायण सुवेदीका अनुसार पाङ गाउँमा रहेका उनका आफन्त तथा साथीभाइलाई उनको मृत्युको खबरले स्तब्ध बनाएको छ । ‘ ऊ उता जानु अघि म्याग्दीको बेनीमा १५ लाख जति लगानी गरेर व्यवसाय गरौं भनेर प्रस्ताव गरेको थिएा । राम्रै आम्दानी हुन्छ पनि भनेको थिएँ,’ सुवेदीले भने, ‘उतिबेला के के सोचेर मानेन । अहिले गाउँ नै रुवाएर गयो ।’

हरिनारायणका अनुसार सुवेदीकै अगुवाइमा उनको गाउँमा मोटरबाटो पुगेको थियो । सामाजिक कार्यमा धेरै हातेमालो गर्ने बानिले गर्दा पनि गाउँले दु:खीत भएका हुन् ।

नेपाली सेना जागिरे छँदै काठमाडौंको मनमैजुमा घडेरी किनेका विदुरका श्रीमती र दुई छोराहरु उतै बस्छन् । छिमेकी राजु पौडेलका अनुसार जेठो छोरा १० र कान्छो ९ कक्षामा पढ्छन् । ‘गाउँका धेरैजसोका परिवारका सदस्य विदेशमा छन्, त्यहि भएर पनि सबैका आँखा रसाएका छन्,’ छिमेकी राजुले भने, ‘अरु बाबुआमा पनि आफ्नो छोरा सम्झिएर तर्सिएका छन् ।’

पाङ गाउँ मै रहेका उनको परिवारको छोराको मृत्युको खबर सुनेसँगै आँशु रोकिएको छैन । ‘अब हामीले चाहेर पनि ज्यूँदो ल्याउन सकिंदैन,’ बाबु यज्ञबहादुरले भने, ‘सरकारले छिटै लास ल्याइदिए मुख देख्न पाए हुन्थ्यो ।’

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )