पर्वत बहुमुखी क्याम्पसमा एनआरएन सचिव श्रेष्ठद्वारा २५ लाखको अक्षयकोष स्थापना


भोला लामिछाने , यूरोप 

160620540000000000पर्वत जिल्लाको फलेवास स्थित जिल्ला कै सबै भन्दा पुरानो क्याम्पस पर्वत बहुमुखी क्याम्पसमा एनआरएन सचिव अर्जुनकुमार श्रेष्ठले २५ लाख रुपयाँको अक्षयकोषको स्थापना गरेका छन । एक साता अघि क्याम्पसको रजत जयन्ती समारोहका बीच उनले हजुरबुबा स्व जी देवीप्रसाद श्रेष्ठको नाममा अक्षयकोष स्थापनाको घोषणा गरेका हुन्।

रजत जयन्ती समारोहमा सहभागी हुन् पाएकोमा खुशी व्यक्त गर्दै उनले भने ’शिक्षा नै मानिसको सर्वोत्तम धन हो, सर्वोत्तम धन प्राप्त हुने ठाउका साथै आफ्नो जन्मस्थलमा सहयोग गर्न पाएकोमा खुशी लागेको छ ।’ रजत जयन्ती कै लागी बेल्जियममबाट पर्वत पुगेका श्रेष्ठले परोपकारीता नै सबै भन्दा ठूलो मानवीय धर्म भएको बताउदै परोपकारी कार्य कै लागी प्रवासमा एनआरएन गठन गरिएको बताए।

उक्त अवसरमा श्रेष्ठले ७ लाख भन्दा बढी नगद र करिब ८ लाख बरावरको जग्गा समेत प्रदान गरे । उक्त क्याम्पस स्थापना गर्न अहम भूमिका निभाएका कुर्धा स्थित क्याम्पस सस्थापक सदस्य पण्डित लिलाधर उपाध्यायको भूकम्पले प्रभावित घर मर्मतको लागी समेत १ लाख रुपैया गरी झन्डै ४० लाख रुपैया भन्दा बढी सहयोग उपलब्ध गराएका छन ।

त्यसै गरी श्रेष्ठले आफुले अध्यान गरेको श्री जनता माबिको भवन मर्मतकालागी २ लाख रुपैया प्रदान गरेका छन । यस अघि नै उनले उक्त बिद्यालयलाइ ह्याण्ड नेपाल संगको सहकार्यमा ६ थान कम्प्युटरका साथै यस अघि नै उक्त स्कुलमा समेत हजुरबुबा स्व जी देवीप्रसाद श्रेष्ठको नाममा१ लाख भन्दा बढी रुपैयाको अक्षयकोष स्थापना गरेका थिए ।

श्रेष्ठ बिगत डेढ दशक देखी बेल्जियममा आफ्नो व्यावसाय संचालन गर्दै सामाजिक कार्यमा सहयोगका साथ सक्रिय रहदै आएका छन । केहि समय अघि कलाकार मंच युरोपले पहिलो पटक श्रेष्ठलाइ युरोपको सामाजिक वर्ष व्यक्ति २०१६ घोषणा गरेको थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )