वैद्य माओवादीको राष्ट्रिय भेलामा राजनीतिक दलहरुलाई निषेध


cpn-rmकाठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले अन्य राजनीतिक दलहरुलाई निषेध गर्ने भएको छ ।

असार ६ गतेदेखि राजधानीमा शुरु रहने राष्ट्रिय भेलाको उद्घाटन कार्यक्रममा कुनै पनि राजनीतिक दलहरुलाई नबोलाउने निर्णय गरेको छ ।

पार्टीका नेता रामबहादुर थापा ‘बादल’सहितका बहुमत केन्द्रीय सदस्य माओवादी एकतामा गएपछि वैद्यले राष्ट्रिय भेला बोलाएका हुन् । राष्ट्रिय सभागृहमा उद्घाटन गरिने पार्टीको राष्ट्रिय भेलामा सञ्चार माध्यामहरुलाई मात्रै आमन्त्रण गरिने भएको छ ।

केन्द्रीय समितिको बैठक जारी

राष्ट्रिय भेलाको एजेण्डा’boutमा क्रान्तिकारी माओवादी केन्द्रीय समिति बैठकमा शुक्रबारदेखि छलफल जारी रहेको छ । पार्टी सचिवालय वैठक सकिएपछि केन्द्रीय समिति बैठक बोलाइएको हो ।

केन्द्रीय समिति बैठकले भेलाका प्रतिनिधिहरुको ’boutमा पनि टुंगो लगाएको छ । भेलामा राज्य समिति सदस्यको तहसम्म उपस्थित गराउने निर्णय केन्द्रीय समिति बैठकले गरेको सो पार्टीले जनाएको छ । भेलामा झण्डै ७ सय जना प्रतिनिधि उपस्थित हुने पार्टी प्रवक्ता सीपी गजुरेलले बताए

ओमसाई पार्टी प्यालेसमा बन्दसत्र

वैद्य माओवादीले राष्ट्रिय सभागृहमा भेला उद्घाटन गरे पनि बन्दसत्र भने पुरानो बानेश्वरमा गर्ने भएको छ । यसअघि पार्टी विभाजनका बेला गरिएको पुरानो बानेश्वरको ओमसाई पार्टी प्यालेसमा नै बन्दसत्र गरिने भएको क्रान्तिकारी माओवादीले जनाएको छ ।

sorch; khabardabali.com

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )