कृषि विकास बैंकले नुवाकोटको छहरेमा आफ्नो २४८ औँ शाखा स्थापना गरेको छ।पूर्ण आधुनिक कारोबार गर्ने सीबीएस सहितको कृषि बिकास बैंकको शाखा कार्यालयको उद्धघाटन पुर्व अर्थमन्त्री एवं माननीय डा. रामशरण महतले गर्नु भएको थियो ।उक्त कार्यक्रममा प्रमुख अतिथि डा.महत हुनु हुन्थ्यो भने बिशेष अतिथिमा पूर्ब मन्त्री एवं सभासद डा.प्रकाश शरण महत,नेपाली कांग्रेसका यूवा नेता रमेश कुमार महत लगाएत त्यस भेगका बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
उक्त उद्घघटन कार्यक्रममा डा.महतले त्यस भेगका जनताको बैंकिङ्ग आबश्यकतालाई मध्य नजर राखेर नै बैंक संचालनमा आएको कुराको जानकारी गराउनु भयो।सभासद एवं पूर्व मन्त्री डा.प्रकाशशरण महतले पनि यस क्षेत्रमा एउटा पूर्ण वैकिङ्ग सेवा संचालन गर्ने अभिप्रायले बैंक संचालनमा आएको हुँदा जनताका लागि खुशीको विषय भएको बताए । बैंकका अध्यक्ष प्रमोद कुमार कार्की र प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले ग्रामीण क्षेत्रको विकासमा कृषि विकास बैंकले महत्वपूर्ण सहयोग गरिरहेको बताउँदै यस शाखाले पनि निक्षेप संकलन गरी गुणस्तरीय कर्जा लगानी गर्ने बताए । सोही अवसरमा बैंकका संचालक रमेश महतले समेत यस क्षेत्रका जनताले यस बैंकबाट आधुनिक बैंकिङ्ग सुविधा पाउने भएकाले यस क्षेत्रका जनताको आर्थिक उन्नति र प्रगति हुनेमा विश्वास व्यक्त गरे।यस बैंकको बैंकिङ्ग कारोबारबाट प्रत्यक्ष रूपमा त्यस भेगका ११ वटा गाउँ बिकास समितिका जनताहरू लाभान्वित हुनेछन्।