कृषि विकास बैंकले नुवाकोटको छहरेमा आफ्नो २४८ औँ शाखा स्थापना गरेको छ।पूर्ण आधुनिक कारोबार गर्ने सीबीएस सहितको कृषि बिकास बैंकको शाखा कार्यालयको उद्धघाटन पुर्व अर्थमन्त्री एवं माननीय डा. रामशरण महतले गर्नु भएको थियो ।उक्त कार्यक्रममा प्रमुख अतिथि डा.महत हुनु हुन्थ्यो भने बिशेष अतिथिमा पूर्ब मन्त्री एवं सभासद डा.प्रकाश शरण महत,नेपाली कांग्रेसका यूवा नेता रमेश कुमार महत लगाएत त्यस भेगका बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 19/06/2016
कृषि विकास बैंकले खोल्यो २४८ औँ शाखा नुवाकोटको छहरेमा
Posted in समाचार
मलेसियामा पूर्ण बहादुर सम्पर्क बिहिन खोजीको लागि आग्रह
कुबेतनेपाल डटकम
रोजगारिको शिलशिलामा स्यान्जाका पूर्ण बहादुर सेन ठकुरी करिब २ बर्ष देखी मलेसियामा बेपत्ता भएका छन। छिन्नाबास-२ काडे स्याङजाका सेन करिब १४ बर्ष पहिला तिन बर्षिय छोरि छोडेर मलेसिया गएका थिए। उनि एकपटक घर नफर्किए पनि १२ बर्ष सम्म लगातार परिवारको सम्पर्कमा रही बर्षको ३० हजार पैसा पठाउदै आएका थिए । तर बिगत २ बर्ष देखी उनि परिवार संग सम्पर्क बिहिन छन ।
लामो समय मलेसियामै रही सम्पर्क बिहिन भएका सेनको खोजीको लागि उनीकी श्रीमती गोमा सेन ठकुरीले सम्बन्धित सम्पूर्ण निकायहरु र मिडियाहरुलाई अनुरोध गरेकी छिन। यदि कसैले फेला पारेको वा उनलाई चिनेको भएमा तथा सेन ’bout कुनै जानकारी भएमा ००९७७९८२४१२६०५४ सम्पर्क गरिदिन परिवारले आग्रह गरेका छन।
Posted in समाचार
जमिनको मनमौजी मूल्य, काठमाडाैं संसारकै छैटाैं महँगाे

काठमाडौँको दरबारमार्ग जहाँ जमिनको मूल्य नेपालकै सबैभन्दा महँगो छ।
मधुकर दाहाल April 19, 2015
उत्पादनको साधन हुनुपर्ने जग्गा सट्टेबाजीको सिकार बनाइएपछि सहरी
क्षेत्रको जग्गाको मूल्यले आकाश छुँदैछ ।
काठमाडौंको दरबारमार्गमा आनाको ८ करोडसम्म भन्न थालिएको छ ।
यो मूल्यअनुसार दरबारमार्गमा भन्दा संसारकै
सर्वाधिक महँगा स्थानहरुमा दरिएका अमेरिको न्युयोर्क,
अष्ट्रेलियाको सिड्नी, फ्रान्सको पेरिस, रुसको मस्को र चीनको
सांघाईमा जग्गा जोड्न सस्तो पर्ने देखिएको छ ।
केही साताअघि दरबारमार्गको हट–ब्रेड छेउको ६ तले घर सहितको ८ आना जग्गा रु. ६७ करोडमा किनबेच भयो । बानियाँ थरका व्यक्तिले किनेको उक्त जग्गा प्रतिआना साढे ७ करोडको हाराहारीले बिक्री भएको स्रोत बताउँछ । देशकै सबैभन्दा ‘प्राइम लोकेसन’ दरबारमार्गमा भन्ने बित्तिकै किन्नका लागि जग्गा उपलब्ध छैन, कारोबार भइहाले आठ करोड प्रतिआनासम्ममा कारोबार हुन्छ । यसले दरबारमार्गको जग्गा संसारकै महँगा स्थानका जग्गाको हाराहारीमा कारोबार भइरहेको देखाउँछ । अन्तर्राष्ट्रिय बजारको रियल इस्टेट मार्केटसँगको तुलना गर्दा, अति कम विकसित राष्ट्र नेपालको दरबारमार्गस्थित जग्गा विश्वको छैटौं सर्वाधिक महँगोमा पर्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र, थाहा पाईराखे राम्रो, नेपाल समाचार
वैद्य माओवादीको राष्ट्रिय भेलामा राजनीतिक दलहरुलाई निषेध
काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले अन्य राजनीतिक दलहरुलाई निषेध गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
~~~~कबिता~~~~
रेवती भट्टराई
हिमालमेरो टाउको भन्ने,हिम्चुलिमै पुरिन्छन होला!
पहाडमेरो शरीर भन्ने,जमिनमानै गाडिन्छन होला!
तराइमेरो पेट हो भन्ने,खालिपेट्मै मारिन्छन होला!
तराईमेरो श्वास हो भन्ने,भारत भित्र गाभिन्छन होला! पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता