योगेन्द्र गौतम
लालच र लोभ नदेखाउ जनतालाइ अधिकार र सार्बभौम सपन्न बनाउ । लोकतंत्र तल्लो तह देखीनै सबल र सहभागितामुलुक बनाउन नेपाली राजनिती भित्र देखिएको अन्तरदन्दको अंत्य हुन आवस्यक छ । संबिधान.द्वारा सुची निर्माण गरी स्थानिय तहमा रहने अधिकार र श्रोत साधनको प्रभाबकारी उपयोग गर्ने कार्यकारिणी अधिकार सहितको स्थानीय सरकारले मात्र स्वयत्तता र स्वशासनको लोकतांत्रिक आधारशिला निर्माण हुन सक्छ । संबिधानमा साझा सुचिमा रहने भनी उल्लेख गरिएका बिषयमा प्रदेशिक र संघीय सरकार संग केन्द्रीय तहमा जनताका प्रतिनिधीको बहुमतले बिचार बिमर्श को आधारमा संघीय संरचनाको बिकास संग संगै राष्ट्रीय एकता र अखण्डता पर्ति उत्तरदाइत्व भुमिकामा स्थानीय तहमा राजनितिक दलको स्वच्छता र स्वछंदतामा निर्भर पर्दछ ।
जनताको मौलीक अधिकार र सार्बभौमिक्ताको सरक्षण पनी तल्लो तह देखी नै राजनितिक दल र प्रदेशिक सरकारको एकता र सकरात्मक कार्यले नै सुरक्षित गर्न सक्दछ । नेपालकै संधर्भमा भन्ने हो भने राजनितीक दलहरु यो बिषयमा पुर्णरुपमा बिफल भैसकेका छन । राजनीतिक अस्थिर्ताकै कारण जनताको मौलीक अधिकार र सार्बभौमिक्ता माथी हष्तक्षेप हुने गरेको छ । याहा सम्म बिदेशी हष्तक्षेप बढदै गयकोछ तर पनी राजनितिक दलमा घमण्ड र अहंकार को अन्त्य हुन भने सकेको छैन ।
आखिर नेपालको राजनीति को बिषयगत बिचारहरुलाइ अंतराष्ट्रीय क्षेत्रमा सकरात्मकरुपमा नहेरिनु र बारंबार राजनीतिक हष्तक्षेप हुनुले के जनाउछ भने सरकार राजनीतिक दल र संबन्धित संग सस्था पुर्णरुपमा असफल देखिन्छ या भयको मानिन्छ । राजनितीक दलको असफलाता भन्नु नै राष्ट्रीय संकट हो । कुन दिशा र कस्को निर्देशनमा छन यी राजनितीक दलहरु । दलहरुको मस्तिष्क मा एउटा कुरा घुस्न के जरुरी देखिन्छ भने देशमा जनता सर्बकृष्ट हुन । जनताको चाहाना र इच्छा बिना लाधिएको निएम कानून कलानतर सम्म दिगो रहन सक्दैन ।