सरकारको पत्रले संघीय गठबन्धनमा फुट


मोर्चामा आवद्ध सातमध्ये ६ दल वार्ताको पक्षमा
Madhesi-morcha१ असार, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले वार्ताका लागि पत्राचार गरेपछि संघीय गठबन्धनमा विवाद भएको छ । मधेसी मोर्चामा आबद्ध सातमध्ये ६ दल वार्ताको पक्षमा छन् । संघीय समाजवादी फोरमले भने गठबन्धनलाई सम्बोधन नगरेसम्म वार्तामा नबस्ने बताउँदै आएको छ । मधेसी मोर्चामा आबद्ध तमलोपा, सद्भावना पार्टी, संघीय सद्भावना, तमसपा, रामसपा वार्तामा बस्ने पक्षमा छन् । ती दलका नेताहरूले गम्भीर र संवेदनशील भएर सरकारले पत्र पठाएकाले टुटेको वार्ता जोड्नुपर्ने बताएका नयाँ पत्रिका दैनिकमा समाचार छ ।

तमलोपाका महमन्त्री जितेन्द्र सोनलले सरकारको पछिल्लो पत्रलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । उनले भने, ‘मोर्चासँग विगतको वार्ता जहाँ अड्किएको हो, त्यहीँबाट सुरु गर्न अर्थात् वार्ताको निरन्तरताका लागि सरकारले बोलाएकाले सकारात्मक रूपमा लिनुपर्छ ।’ मोर्चाको बैठक बसेर सरकारलाई औपचारिक धारणा पठाउने सद्भावना पार्टीका महामन्त्री मनीष सुमनले बताए । सरकार गम्भीर देखिएकाले टुटेको संवादलाई निरन्तरता दिन आवश्यक रहेको उनको भनाइ छ ।

मोर्चाका सात दलसहित संघीय गठबन्धनमा २९ दल छन् । ६ दलबाहेकका दलका नेताले मोर्चालाई मात्र सरकारले पत्राचार गरेकाले वार्तामा नजाने बताएका छन् । संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले संघीय गठबन्धनलाई वार्तामा नबोलाएकाले सरकारको नियत सफा नदेखिएको बताए । उनले भने, ‘एउटा घटकलाई वार्ताका लागि बोलाएर गठबन्धनभित्र खेल्न खोजेको देखिन्छ, यो गलत हो ।’(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )