भि सि कप २०१६ पुन एफ सी क्लब केन्टको हातमा ।


सुरेन्द्र इङ्नाम– केन्ट बेलायत ।
VC_Cup_2016_FC_Kentगत जुन ११ तारिख २०१६ को दिन बेलायतको फेल्थाम कम्युनिटिमा सम्पन्न भएको भि सि कप गत बर्ष झै भेटरेन तर्फबाट फेरि एफ सी क्लब केन्टको हातमा नगद ७ सय पाउण्ड सहित शिल्ड हात पारेको छ ।

भेटरेन (३८ वर्ष भन्दा माथि उमेर भएको) तर्फबाट ६ टिम विच प्रतिस्पर्दा भएको उक्त खेल पुन ईलाम एफ सी सँग फाईनलमा टक्कर परेको थियो, ३० मिनेट लामो समय रहेको सो फाईनल खेलमा एफ सी क्लबकेन्टको स्कोर ३ र ईलाम एफ सी को ० मा खेल समाप्त भएको थियो । यस्का साथै लमजुङ एफ सी लाई एकै म्यचमा ह्याट्रिक गर्दै बेस्ट स्कोररमा छबी चोङ्बाङ र म्यान अफ द म्याच लोक प्रसाद चेम्जोङ हुनु भएकोथियो

यस क्लबले स्थापना काल देखिनै बेलायतमा हुने सम्भवत सबै कपहरु हात पारि सकेको छ, जस्मा गोर्खा कप र भि सि कप भने २,२ पल्ट हात पारि सकेको हो ।

विभिन्न कारणले उपस्थित हुन नसकेका यस क्लबका खेलाडिहरु नेत्र राई, दिनेश लिम्बु, बेद सुनुवार लगायत धेरैले भाईबरको माध्यमबाट वधाईको आदान प्रदान गरेका थिए ।

पुरस्कार वितरण पश्चात ग्रुप फोटो खिचे पछि अरु खेलहरुझै क्लबका म्यानेजर बुद्घि सुनुवार, टिम क्याप्टेन पदम योङ्याङ, टिम कोच लोक प्रसाद चेम्जोङ र सचिव छबी चोङ्बाङले टिमलाई वधाई दिदै यस खेलमासन्तोश गुरुङ र गुप्तराज चेम्जोङले अरुको नजरमा उत्कृष्ट खेल खेलेको र सबैले अनुशाशनमा रहेर खेल खेलेको हुनाले यो कप पुन हात पारेकोमा धन्यवाद दिएका थिए ।

भेटरेन तर्फबाट एफ सी क्लब केन्टले भि सि कप २०१६ को उपाधि जितेको यस कपमा मेन ईभेन्टमा तोङ्बा क्लब लाई पराजित गर्दै रिडिङ् क्लबले नगद १ हजार पाउण्ड सहित मेन ईभेन्टको उपाधि जितेको थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )