धरहरा पुन. निर्माणमा जिफन्ट ग्रुप कुबैतले हातेमालो गर्ने


कुबेत नेपालडटकम

13295365_1164191306946040_2090357385_nधरहरा नेपालको पहिचान मेरो धरहरा आफै बनाउछु भन्ने नेपाल सरकारको अभियानमा कुबेतबाट जिफन्ट सपोर्ट ग्रुप कुबैतले हातेमालो गर्ने निर्णय गरेको छ। भर्खरै गठन भएको सपोर्ट ग्रुपले पहिलो बैठमा नै राष्ट्रको अभियानमा हातेमालो गर्ने प्रस्ताव पारित गरेको हो। १०० फिल्सको दान,धरहरा अभियान भन्ने नाराका साथ सपोर्ट ग्रुप यो सुक्रबार बाटै अभियान चलाउने तयारीमा छ। प्रथम चरणमा ग्रुपले सबै संघ संस्थासग अभियान चलाएको औपचारिक जानकारीका साथ सहयोग र समर्थनका लागी पत्राचार,संवाद र भेटघाट गर्नेछ। दोस्रो चरणमा कुबैतमा कार्यरत बुद्धिजीवी, समाजसेवी,उध्यमि,ब्यवसायी लगाएतका ब्यक्ति बिषेशहरुसग सहयोगको लागी घरदैलो कार्यक्रम गर्नेछ। अभियानको अन्तिम चरणमा कुबैतमा कार्यरत नेपाली श्रमिकहरु बस्ने क्यामपहरुमा तथा नेपालीबरुको चहल पहल हुने स्थानहरुमा सभा समारोह लगाएतका कार्यक्रमहरुमा, खेलमादानहरुमा अभियान चलाइने छ।

अभियान कुबैतको सानो रकम १०० फिल्सबाट सुरु गरिने छ। कुबैतको १०० फिल्स सानो रकम भएता पनि नेपालमा कन्भर्ट गर्दा रु ३५ हुन आउछ, यदि हरेक देशमा कार्यरत नेपालीहरुले यहि बराबरको सानो रकम धरहराको निम्ती यो मेरो धरहराहो यो मेरो देशको पहिचान हो र यसलाइ ग्रेटवाल, ताजमहल, टुइनटावर,लेब्रेसन टावर, पेन्टागन जस्तै अरु देशका आ-आफ्नै पहिचान सग दाज्न तथा म मेरो देशको चिनारी र पहिचानको सम्रक्षण निर्माण र प्रवर्दनका निम्ती अग्रसर छु भनेर अभियान थाल्ने हो भने हामी हाम्रो भुकम्ले गुमनाम र मृत धरहरालाइ फेरी नेपालको शान बनाउन सक्नेछौं।

जिफन्ट सपोर्ट ग्रुप संसारमा रहेका नेपालीहरुले गर्नै पर्ने यो कार्यमा अग्रसर हुन आव्हान गर्दै कुबैतमा रहनु हुने सबैमा सय फिल्सको दान धरहरा अभियान मा मेरो पनि १००फिल्स भन्दै सहयोग गर्न हुन अनुरोध गर्दछ।यस अभियानको लागि आवस्यक पर्ने केहि सामग्री UAEXCHANGE ले उपलब्ध गराउने सम्भावना रहेको स्रोतले जानकारी गराएको छ।
ग्रुपले सबै सहयोगमा उठेको रकम फिल्स फिल्सको लिखित रेकर्ड राखी नेपाल सरकारको धरहरा बनाऔं अभियान मुल समितीलाइ हस्तान्त्रण गर्ने छ। साथै अभियान भरी हरेक हप्ता कुबेतबाट संचालित मीडियामा प्रकाशित गरिने छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.