कांग्रेसले हटाउँछु भन्दैमा ओली सरकार हट्दैनः पौडेल


Ramchandra-Paudel-2३२ जेठ, चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई सत्ताको भन्दा व्यवस्थाको चिन्ता रहेको बताएका छन् । उनले सरकारमा जानुभन्दा संविधानको कार्यान्वयनको सवाल काँग्रेसको पहिलो चिन्ताको विषय भएको बताए । प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले लामो समयदेखि स्थिर सरकार हुन नसकेका कारण अब संविधान कार्यान्वयन गर्दै स्थिर सरकार निर्माण गर्नेतर्फ कांग्रेस लाग्ने बताए ।

उनले संविधान कार्यान्वयन गर्न सरकारमा जानुपर्छ भन्ने छैन भन्दै उनले भने “कानुन संसद्ले बनाउने हो, कांग्रेस संसदमा छ, त्यहीँ बसेर कानुन निर्माण गर्दै संविधान कार्यान्वयनमा लाग्छौँ ।”

उनले केपी ओली नेतृत्वको सरकार रहन्छ रहँदैन भन्ने कुरा सरकारमा रहेका घटकको कुरा भएको बताउँदै भने, “कांग्रेसले हटाउँछु भनेर हट्ने र राख्छु भनेर रहने होइन, त्यो घटकमा जबसम्म तालमेल रहन्छ तबसम्म केपी ओली नेतृत्वको सरकार रहन्छ ।”

नेता पौडेलले कांग्रेस स्थानीय निर्वाचन गर्ने पक्षमा रहेको बताउँदै भने “संविधानमा उल्लेख गरिएको स्थानीय निर्वाचनका संरचना निर्माण गरेर स्थानीय निर्वाचन गराउनुपर्छ ।” उनले गाउँ विकास समितिको नभै गाउँपालिका र नगरपालिकाको निर्वाचन गर्नुपर्ने बताए ।

मधेसवादी दललाई सहमतिमा नल्याई स्थानीय निर्वाचन गर्न कठिन हुने बताउँदै नेता पौडेलले मधेसवादी दलसँग गम्भीररुपमा वार्ता गरेर समस्या समाधान गर्नुपर्ने बताए ।

नेता पौडेलले कांग्रेरेसका भ्रातृ सङ्गठनकोे निर्वाचन भदौ–असोजसम्ममा सम्पन्न हुनुपर्ने बताए । उनले भने “अब भ्रातृ सङ्गठनको निर्वाचन स्थगित हुँदैन, तोकिएको मितिमा नै सम्पन्न हुन्छ ।”(रासस)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.