नयाँ शक्ति नेपालकी सुन्दरी करिष्माको नयाँ शक्तिको कार्यक्रममा जिब्रो लटपटिदा…..


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
13435889_1053030478111254_801261148_nनयाँ शक्ति नेपालले ५०औं हजार नेपाली जनतालाई दशरथ रंगशालामा उतारेर पार्टी स्थापना गरेको दृष्यहरूलाई बिदेशी भूमिमा रहेर पनि मिडिया मार्फत लाईभ कार्यक्रम हेर्ने अबसर पाए।कार्यक्रम बडो तामझामका साथ मेची देखि माहाकाली सम्मका नयाँ शक्तिका अभियन्ताहरूलाई भेला गरी कार्यक्रम गरीएको देखियो।कार्यक्रम त तामझामका साथ गरे तर कार्यक्रम संचालिका करिष्मा मान्नधरले कार्यक्रम संचालन गरेको देख्दा भने अचम्मै लाग्यो।

नेपालको चलचित्र क्षेत्रमा बिगतका दिनहरूमा एकक्षत्र राज गरेकी करिष्मा उमेर ढल्के संगै चलचित्र नगरीबाट लगभग लगभग बिस्तापित भई सकेको अबस्थामा नेपालको राजनितिका ’boutमा खासै दख्खल नभएकी ब्यक्तित्व नयाँ शक्ति नेपालबाट राजनितिमा होमिने सोचले अगाडी बढेकी यिनी शाररिक बनावटमा सुन्दरी देखिए पनि शिक्षाको हकमा भने बिद्यालय स्तरीय पढाईमा मात्र सिमित हुन।यस्तो ब्यक्तित्वलाई कार्यक्रम संचालन गर्न दिएर कार्यक्रममा भएको कमी कम्जोरीबाट भने नयाँ शक्तिका आयोजक कमिटी एक पटक दुनियाँका सामु रातो पिरो हुनु परेको छ।

बिशेष अतिथी लगाएत अतिथिहरूको नाम र पदलाई शुद्ध तवरबाट उच्चारण गर्न सकिनन्।नेपाली कांग्रेसका नेता प्रदिप गिरीलाई संबोधन गरी नाम बोलाउदा डा.प्रदिप भट्टराई भन्दा प्रदिप गिरीले करिष्मालाई सुन्दरीको संज्ञा दिएर अभिव्यक्ति दिएका थिए भने अंग्रेजीमा शुभकामना सन्देश पढेर सुनाउन पनि यिनलाई हम्मे हम्मे नै पर्यो।यस्ता कार्यक्रमहरूमा कसरी बोल्नु पर्छ भन्ने साधरण ज्ञान पनि नभएकी लाई किन कार्यक्रम संचालन गर्न दिए त नयाँ शक्ति नेपालले?शायद महिला भएर नै मौका दिएको होला।बिगतमा चलचित्र नगरीमा सुन्दरी नायिकाको ट्याग भिरेकी करिष्माको सुन्दर मुहार र नामले पनि जनतालाई दशरथ रंगशालामा उतार्न सकिन्छ भन्ने सोचले हो की त?हैन भने नयाँ शक्ति नेपाल त सबै बौदिक ब्यक्तित्वहरूले भरीपूर्ण भएको पार्टी भन्थे तर काम गराईमा त त्यस्तो देखिएन नी।नयाँ शक्तिले सुरूको दिनमा नै पहिलो गाँसमा ढुंगा भने झै भयो।तर जे भए पनि नयाँ शक्ति गठन भएकोमा नयाँ शक्तिका सबै अभियन्ताहरूलाई बधाई तथा हार्दिक शुभकामना ब्यक्त गर्दछु।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )