नेपाली जनसम्पर्क समिति मकाउको स्थापना काल देखि बर्तमान सम्मको अबस्था


कर्ण बहादुर अधिकारी
IMG_4664माहामानव बीपी कोईरालाले प्रवासमा रहेका नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई एकिकृत गर्नका लागि प्रथम पटक भारतमा सन १९७६ जुन १३ तारिकका दिन स्थापना गरी अगाडी बढेको नेपाली जनसम्पर्क समिति हाल आएर ३१/३२ वटा राष्ट्रहरूमा स्थापना भई सकेको छ।यसरी स्थापना गर्नु र गर्दै अगाडी बढ्नु भनेको नेपाली कांग्रेस पार्टीलाई आर्थिक तथा नैतिक रूपमा सहयोगी हातहरू बढ्दै जानु हो।बिदेशी भूमिमा कार्यरत रहेका नेपाली कांग्रेसका कार्यकर्ताहरूमा भएको पार्टी प्रतिको आस्थालाई सजीवता तुल्याउनका लागि र बिदेशीएका नेपालीहरूका हक हितका लागि सधै भरी सहकार्य गरी अगाडी बढ्दै जानका लागि पनि नेपाली जनसम्पर्क समितिहरू बिभिन्न देशहरूमा स्थापना भई रहेको छ।नेपाली कांग्रेस पार्टीको १३औं माहाधिवेशनमा जुन देशका जनसम्पर्क समितिहरूले ५०० जना कृयाशील सदस्यता पुराउन सके त्यहि देशका जनसम्पर्क समितिहरूले ७ जनाका दरले माहाधिवेशनमा माहा समिति सदस्य र माहाधिवेशन प्रतिनिधि चयन गरी भाग लिन पाए।१३औं माहाधिवेशनमा १४ वटा राष्ट्रका नेपाली जनसम्पर्क समितिहरूले भाग लिएका थिए।नेपाली कांग्रेस पार्टीको अभिन्न अंगको रूपमा हेरीएको नेपाली जनसम्पर्क समिति मध्यका नेपाली जनसम्पर्क समिति मकाउ पनि एक हो।IMG_4728

चीनको स्वशासित क्षेत्र मकाउमा कार्यरत रहेका नेपाली कांग्रेसका कार्यकर्ताहरूले सन २००३ साल देखि नै मकाउमा नेपाली जनसम्पर्क समिति खोल्ने जमर्को गरे पनि बिबिध कारण बस खोल्न नसकेको अबस्थामा जन सम्पर्क समिति मकाउमा खोल्नु पर्छ भनी ती कार्यकर्ताहरूको सपनालाई बिपनामा परिणत गराउनका लागि नेपाली जनसम्पर्क समिति हङ्कङ्का पूर्व सभापतिहरू राम गुरूङ्,कुल प्रसाद गुरूङ,गैर आवासीय नेपाली संघ हङ्कङ्का पूर्व अध्यक्ष दुर्गा गुरूङ्,गैर आवासीय नेपाली संघ मकाउका तत्कालिन अध्यक्ष एवं नेपाली जनसम्पर्क समिति मकाउका बर्तमान सभापति शुदर्शन थापा मगरको बिशेष पहलमा मकाउमा रहेका नेपाली कांग्रेसका कार्यकर्ताहरू माझ अम्विर जोशीको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरीएको थियो।IMG_4734
उक्त तदर्थ समितिले गठन भएको केहि समय पश्चात नै १४ जुन २०१३ का दिन मकाउ फिसर म्यान स्थित टेष्टअफ इण्डिया रेष्टुरेन्टमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व माहामन्त्री प्रकाशमान सिंह श्रेष्ठको प्रमुख आतिथ्य र कांग्रेस नेतृ एवं समाज सेवी सृजना सिंहको बिशेष आतिथ्यमा प्रथम अधिवेशन भब्यताका साथ सम्पन्न गरी अम्विर जोशीकै सभापतित्वमा १३ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरीएको थियो।उक्त समितिमा सभापति अम्बिर जोशी, उपसभापतिहरू हरी बहादुर केसी,सुजन काफ्ले ,सचिव कर्ण बहादुर अधिकारी,सहसचिव शान्ति देवी अधिकारी,कोषाध्यक्ष लेख बहादुर गुरूङ्,सह कोषाध्यक्ष ओम कुमारी चेम्जोङ,सदस्यहरू हरी प्रसाद गुरूङ्,ज्ञानेश्वर धमला,श्याम बहादुर गिरी,प्रकाश खड्का,सन्देश गुरूङ्,रन्जु केसी रहेका थिए भने सल्लाहकारहरूमा बरिष्ठ सल्लाहकार शुदर्शन थापा मगर र सल्लाहकारहरू शम्शेर थापा,उग्रसेन खड्का ,प्रकाश श्रेष्ठ र सुन्दर श्याम भण्डारी थिए।IMG_4737

बीपी कोईरालाको समाजबादलाई आत्मसात गर्दै अगाडी बढेको नेपाली जनसम्पर्क समिति मकाउले तेस्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गरेको यस स्वर्णीम दिनलाई स्मरण गर्दै स्थापना कालका संस्थापक सभापति अम्विर जोशीका सम्पूर्ण कार्य समितिका पदाधिकारीहरू र देस्रो अधिवेशन पश्चात चयन भएका कार्य समितिका सम्पूर्ण पदाधिकारीहरू साथै यस बिदेशी भूमि मकाउमा कार्यरत रहेका नेपाली कांग्रेस प्रति आस्था राख्नु हुने नेपाली दाजु भाई तथा दिदिबहिनीहरू प्रति हार्दिक शुभकामना ब्यक्त गर्दछु।नेपाली जनसम्पर्क समिति मकाउको बार्षिक उत्सवको सेरोफेरोमा बिगत देखि बर्तमान सम्मको घटना क्रमलाई चित्रण गर्ने जमर्को गरेको छु।IMG_4736

१३ जनाको कार्य समितिबाट अगाडी बढेको नेपाली जनसम्पर्क समिति मकाउ स्थापना भएको केहि समय पछि नै ३२ जनाको बिशाल कार्य समिति बिस्तार गर्न सफल भयो।मकाउमा नेपाली जनसम्पर्क समिति स्थापना गरेर मात्रै चुप लागेर बस्ने अबस्था थिएन।संस्था किन र कसका लागि हो भन्ने माहान बिचार बोकेर अगाडी बढेका सभापति अम्विर जोशीको बिचारलाई सबैले साथ दिए।संस्थाले मकाउमा कार्यरत रहेका नेपालीहरूको हक हित र पार्टीका हितका लागि काम गर्ने प्रण गरेको हुनाले स्थापना भए लगतै संस्था सामाजिक कार्यका लागि अगाडी बढ्यो।

स्थायी घर लम्जुङ जिल्ला सुर्यपाल गाँउ बिकास समितिमा घर भएका मकाउ ग्रुप फोर कम्पनिमा कार्यरत बिश्व बहादुर बसौलाको २१ जुलाई २०१३ आईतबारका दिन असामयिक निधन भए पछि बसौलाको परिवारलाई आर्थिक सहयोग जुटाउने भनी गैर आवासीय नेपाली संघ मकाउसंगको सहकार्यमा १७ लाख भन्दा बढी रकम मृतक बसौलाको परिवारलाई हस्तान्तरण गरीएको थियो।२०७० सालको संबिधान सभा चुनावमा नेपाली कांग्रेस पार्टीलाई सहयोग गर्नका लागि कार्य समितिका पदाधिकारीहरू र मकाउमा कार्यरत रहेका कांग्रेसीहरूसंग रकम संकलन गरी ४ लाख भन्दा बढी रकम पार्टी कार्यालयमा हस्तान्तरण गरीएको थियो।२०७१ सालमा आएको सुनकोशी पहिरो र पश्चिम बाढी पीडितहरूलाई सहयोग गर्ने भनी गैर आवासीय नेपाली संघ मकाउसंग सहकार्य गरी केहि रकम प्रधानमन्त्री राहत कोष र केहि रकम पीडितहरू सामु नै पुगि बितरण गरीएको थियो। पेटको ट्युमर भएकी ९ बर्षे बालिका सलिना खड्काको उपचारका लागि कार्य समितिका पदाधिकारीहरू र एम जि एम मकाउमा कार्यरत नेपालीहरूबाट ७५ हजार रूपैया नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं यूवा  नेता प्रदिप पौडेल मार्फत सलिना खड्कालाई हस्तान्तरण गरीएको थियो।

२०७२ साल बैशाख १२ गते शनिवारका दिन गएको आम बिनाशकारी भुकम्पमा परी जन धनको क्षति पुगेका पीडितहरूका राहतका लागि गैर आवासीय नेपाली संघ मकाउसंग सहकार्य गरी कार्य समितिका पदाधिकारीहरूले अहोरात्र खटिएर लगभग ४० लाख संकलन गरी गैर आवासीय नेपाली संघ मकाउले सम्वन्धित ठाउँमा हस्तान्तरण गरीएको थियो।यो त भयो नेपाली जनसम्पर्क समितिको प्रथम कार्यकालका कार्य समितिका पदाधिकारीहरूले गरेका सामाजिक कार्यहरू।सामाजिक कार्य संगसंगै राजनिति पाटो तर्फ अम्बिर जोशीको २ बर्षे कार्यकालमा नेपाली कांग्रेस पार्टीका केन्द्रिय नेताहरू पूर्व उपसभापति रामचन्द्र पौडेल,नेपाली जनसम्पर्क समिति समन्वय बिदेश बिभागका पूर्व प्रमुख एवं सांसद अर्जुन प्रसाद जोशी,नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं पूर्व अर्थ मन्त्री डा. राम शरण महतबाट बृहत अन्तरक्रिया तथा भेटघाट कार्यक्रम र प्रथम बार्षिक उत्सवलाई सम्पन्न गराउनका लागि यूवा नेता एवं सांसद शंकर भण्डारीको प्रमुख आतिथ्यमा र नेपाली कांग्रेसका सांसद राजन केसीको बिशेष आतिथ्यमा भब्यताका साथ कार्यक्रम सम्पन्न गरीएको थियो।

नेपाली जनसम्पर्क समिति मकाउको अर्को मुख्य गर्नु पर्ने कार्य भनेको मकाउमा रहेका कांग्रेसीहरूलाई कृयाशील सदस्यता बितरण गर्नु र उहाँहरूलाई जनसम्पर्क समितिमा आबद्ध गराएर समितिलाई मजबुद बनाउने सोचका साथ अगाडी बढेको हुँदा यो कार्यको जिम्मेवारी पनि पहिलो कार्य समितिले नै लियो र प्रथम कार्य समितिका पदाधिकारीहरूले नै पूर्ण जिम्मेवारीका साथ २ बर्ष भित्र नै मकाउमा ५०० भन्दा बढी कृयाशील सदस्यता बितरण गर्न सफल भयो।उक्त सफलताका कारणले गर्दा नै नेपाली कांग्रेसको १३ औं माहाधिवेशनमा ठाटका साथ सात जना प्रतिनिधिले भाग लिन पाए।यसरी नेपाली जनसम्पर्क समिति मकाउ बिश्वमा रहेका नेपाली जनसम्पर्क समितिहरू मध्य छोटो समयमा नै अग्र स्थान हासिल गर्न सफल भयो।

यसरी हावाको बेग सरी अगाडी बढेको नेपाली जनसम्पर्क समिति मकाउलाई यसरी नै अगाडी बढाएर लैजाने हो भने दोस्रो अधिवेशन पछि चयन भएका नयाँ कार्य समितिका पदाधिकारीहरू, पुराना कार्य समितिका पदाधिकारीहरू र मकाउमा रहेका कांग्रेसका कृयाशील सदस्यहरू सबै मिलेर अगाडी बढ्नु पर्दछ।नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति अम्मिर जोशीसंग जिज्ञासा राख्दा नेपाली जनसम्पर्क समिति मकाउलाई मकाउमा सक्रिय रूपमा अगाडी बढाएर लैजाने हो भने मकाउमा रहेका कांग्रेसीहरूलाई एकतृत गरी समेटनु नै एउटा उपयुक्त बिकल्प र माध्यम हो बिगतमा जसरी समेटने कोशिश गरीएको थियो त्यो भन्दा बढी अहिले समेट्नु आबश्यक देखिएको छ र यो सबै बढी जिम्मा निर्णायक तहमा बस्ने र कार्यसमितिका साथीहरू नै बढी जिम्मेबार हुनु पर्दछ।संस्था को मुल्य र मान्यता अनुसार संस्थागत रूपमा अघि बढाउनु तमाम कार्यकर्ताको जिम्मा हो तर पनि सबै कार्यकर्ताहरू बिचबाट कार्यसमिति चयन हुनु , पद बाँडफाड हुनुको अर्थ के हो भन्दा वाहाँहरूलाई बढी जिम्मेवारी दिईएको हो।

त्यस कारण पद अनुसारको जिम्मेवारी सबैले पुरा गरे मात्र संस्था सही ढंग बाट अगाडी बढ्छ भन्ने मेरो मान्यता हो भन्नु हुन्छ।जिज्ञासा राख्ने क्रममा उहाँको कार्यकालमा संस्थामा आबद्ध भई कार्य समितिलाई अतुलनीय योगदान पुर्याउनु हुने अग्रज दाजुहरू , कार्य समितिका सम्पुर्ण मित्रहरू नेपाली जनसम्पर्क समिति मकाउमा आबद्ध कृयाशील सदस्य साथै राष्ट्रियता , लोकतन्त्र र समाजबादमा आस्था राख्ने सम्पुर्ण मकाउ बासी दाजुभाई दिदि बहिनीहरूमा जनसम्पर्क समिति मकाउ चौथो बर्षमा प्रबेश गरेको सुखद अबसरमा सुख शान्ति दिर्घायू साथै हामी बिदेशी भूमिमा एकजुट भई ,मिलाप र सहयोगी भई बसौ भन्दै शुभकामना ब्यक्त गर्नु भयो।एकले अर्कोलाई सम्मान गरी अगाडी बढ्ने माहौल सृजना गरेमा मात्र संस्थालाई सबैले साथ दिनेछ।त्यसैले नेपाली जनसम्पर्क समिति मकाउका पुराना नयाँ कार्य समितिका पदाधिकारीहरूलाई बिशेष अनुरोध मकाउमा हाल सम्म १०/११ वटा नेपाली संस्थाहरू संथापना भई सकेका छन त्यस मध्य पनि नं १ रहेको नेपाली जनसम्पर्क समिति मकाउलाई पछाडी धकेल्नु भन्दा पनि अगाडी बढाउने कोशीश गरौ।नेपाली जनसम्पर्क समिति मकाउ सधै भरी अटल र अमर रहि रहोस।
जय नेपाल।
संस्थापक सचिव
कर्ण बहादुर अधिकारी
नेपाली जनसम्पर्क समिति मकाउ,चीन।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )