‘वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन हल्ला मात्रै’


सहदेव चौधरी
Ambar_Gurung_870085598_870539940ग्राण्डी अस्पतालका सञ्चार अधिकृत विनोद अधिकारीले वरिष्ठ संगीतकार गुरुङको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिए। ‘गुरुङको स्वास्थ्य अवस्थाअहिले स्थिर रहेको छ। उनले भने, ‘अहिले पनि उहाँलाई भने्टिलेटरमा राखेर चिकित्सकहरुले उपचार गरिरहेनु भएको छ।बिनाजानकारी जिउँदै मान्छेलाई मर्यो भन्नु त भए न नि।’

उनले गुरुङका परिवारका सदस्यहरु राजु गुरुङ आफूहरुसँगै अस्पतालमा रहेको जानकारी दिए। अधिकारीले गुरुङ निधन ’bout अफवाह नफैल्याउन सञ्चारमाध्यमलाई पनि आग्रह गरे। भारतको हरियाणस्थित मेदान्त अस्पतालमा लामो समय उपचार गराएर गुरुङ चैत १७ गते नेपाल फर्किएका थिए। गुरुङको आन्द्रामा ट्युमर देखिएको उपचारमा संलग्न डाक्टरले बताएका थिए।

गुरुङको अन्न नलीमा रक्तश्राव भएको छ भने उनलाई मधुमेह, उच्च रक्तचाप र स्वासप्रस्वासमा पनि समस्या रहेको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चारमन्त्री शेरधन राईसहितले गुरुङको स्वास्थ्यलाभको कामना गरेका थिए।

राष्ट्रिय गीतका संगीतकार गुरुङलाई सरकारले मासिक ३० हजार भत्ता दिदै आएको छ। नेपाली संगीत क्षेत्रमा विशेष योगदान पुर्याएका गुरुङ राजधानीको बुढानिलकण्ठमा भाडाको घरमा बस्दै आएका छन्।(अन्नपूर्ण पोस्ट )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.