नेपाल कोरिया न्युज डट कमद्वारा प्रत्येक बर्ष आयोजना गर्दै आईरहेको ब्याडमिन्टन प्रतियोगिता यहि जुन १९ तारिखका दिन आयोजना गरिने भएको छ ।


नेपाल कोरिया न्युज सम्बाददाता
123232यस अगाडी मे २९ का दिन आयोजना गरिने मिति तोकिएको थियो तर सम्पूर्ण तयारीहरु नसकिएको हुंदा उक्त मितिबाट जुन १९ तारिखका दिन सारिएको जनाइएको छ । हालसम्म नक आउटको आधारमा आयोजना गर्दै आईरहेको प्रतियोगितालाई यो बर्षदेखि लिग प्रतियोगिताको आधारमा खेलाउने आयोजकले जनाएको छ ।
दक्षिण कोरियामा बसोवास गर्ने नेपालीहरुद्वारा ब्याडमिन्टन खेल प्रति देखाएको रुचि अनुसार नेपाल कोरिया न्युज डट कमको आयोजनामा तेस्रो पटक आयोजना गर्न लागिएको हो ।
उक्त मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगितामा कुल २ इभेन्ट हुनेछन् । जसमा मेन्स सिङ्गल (Single) र मेन्स डबल (Double) हुनेछन् । मेन्स सिङ्गलमा प्रत्येक ब्यक्तिले एक्लो प्रयासमा फाईनलसम्म पुग्नुपर्ने हुन्छ भने मेन्स डबलमा आफुले रोजेका ब्यक्तिसंग मिली २ जनाले प्रतिद्वन्धीका रुपमा खेलेका अर्को टीमलाई जितेर फाईनलसम्म पुग्नु पर्नेछ । मेन्स डबल खेल्न चाहेमा आफुसंग मिलेर खेल्ने साथी चुनेर आउन सकिनेछ । टीम दर्ताका लागि भने २ जनाको सहमति अनुसार आफ्नो टीमको नाम दिनु पर्नेछ । यदि कुनै संस्थाको तर्फबाट भाग लिन चाहेको हो भने टीमको नाम सोही संस्थाको नाम हुनेछ ।

मेन्स सिंगलमा प्रथम हुने खेलाडीले नगद ३ लाख वनका साथ ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने खेलाडीले नगद १ लाख वन् र प्रमाण पत्र प्राप्त गर्नेछ । यसैगरि मेन्स डबलमा प्रथम पुरस्कार नगद ५ लाख वन् का साथ ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टीमले नगद २ लाख वन् र प्रमाण पत्र प्राप्त गर्नेछ ।
प्रतियोगिता ’bout केही नियमहरुः

१‍) टीम दर्ता गर्नका लागि अन्तिम म्याद जुन १२ सम्म हुनेछ । जुन १२ तारिख कै दिन बेलुका ५ बजे टाईसिट निकालिनेछ ।
२‍) सिंगल खेलमा भाग लिनका लागि दर्ता शुल्क ४० हजार वन् हुनेछ ।
३) डबल खेलमा भाग लिनका लागि २ जनाको कुल ८० हजार हुनेछ ।
४) लिगको आधारमा खेलाइने उक्त प्रतियोगितामा गोला प्रथा गरी १ समुहमा ३/३ वटा टीमहरु राखिनेछन् । उक्त समुहमा ३ वटा टीमहरु एक आपसमा भिडेर जुन टीमले बढी अंक ल्याउंछ उक्त टीम मात्र माथी जानेछ ।
५) लिग अनुसार खेलाईने भएको हुंदा जम्मा १ गेम खेलाइने छ र डबलको हकमा कुल अंक ३० राखिनेछ भने सिंगलमा कुल अंक २५ राखिनेछ । नक आउट खेल जसरी Best of Three अनुसार खेलाईने छैन ।
६) जितेर माथी जानका लागि आफ्ना प्रतिद्वन्धीलाई जति अंकको फरकमा हराइएको हो उक्त अंक आफुले प्राप्त गर्नेछ र ३ वटै टीम वा खेलाडी खेलिसकेपछि जसको अंक बढी आउंछ उही माथी जानेछ ।
७‍) सबै खेलाडीहरुले ब्याट आफैले बोकेर आउनुपर्नेछ भने कक् आयोजकले ब्यवस्था गर्नेछ ।
८। टीम दर्ताका लागि दोङ्देमुन स्थित कुमारी भान्छा घरमा सम्पर्क गर्न सकिनेछ वा फोन नम्बर 010-5540-8848 मा सम्पर्क गरी नेपाल कोरिया न्युज डट कमका संचालक पुरु जोशीलाई सम्पर्क गर्न सकिनेछ ।
९ ) यस बाहेक छुटफुट भएका नियमहरु पुन सच्याउन सकिनेछ ।

प्रतियोगिता हुने मितिः २०१६ जुन १९ । समयः १० बजेदेखि ।
खेल खेलाइने स्थानः जुङगु कुमिन ह्वेग्वान् दोङ्देमुन
जाने तरिकाः लाईन नं २/४/५ दोङदेमुन हिस्ट्री एन्ड कल्चर पार्क स्टेशन गेट १३ बाट सिधा ३ मिनेट अगाडी रहेको जुङ्गु छेयुग्वान् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )