देशमा परिबर्तन आएको छ


13349067_1100417956699282_363951055_nदेशमा परिबर्तन आएको छ , गणतन्त्र आएको छ , जातिय बिभेद बिस्तारै अन्त हुदैछ , धर्म निरपक्षता देश हो , हिन्दु मुस्लिम बौद्ध शिख, इसाई सबै धर्मको सम्मान भएको छ । पुरुष प्रधान हाम्रो देश बिस्तारै पुरुष नारी एक भन्ने महसुस हुदैछ । मानिस जात धर्म धन बल र घमण्डले सक्षम बन्न सक्दैन मानिस कर्म बुद्धि बिबेक बिचार र सरलताले सक्षम बन्न सकिन्छ भन्नै मेरो पहिलो प्राथमिकता हो ।

म एउटा यस्तो परिबारमा जन्मे जुन परिबार हिन्दु मुस्लिम संगम थियो । पिताजी मुस्लिम र नौ महिना मलाई कोखमा राखेर जन्म दिने ममतामयी हिन्दु । जति खेर म यो पबित्र संसारमा आए त्यति खेर नेपालमा मुस्लिम कमै थिए । मुस्लिम भनेर घृणा पनि गरिन्थ्यो तर मेरो माता पिता मुस्लिम हिन्दुको संगम्ताले मैले दुबै धर्मलाई सम्मान रुपमा हेरे । हुनत मेरो पिताजी मुस्लिम भए पछि म पनि मुस्लिम भए ।

मेरो जीवन बाल्यकाल देखि नै संघर्षमय जीवन बित्यो । सानो उमेरमा मेरो बिबाह र चार सन्तानकी आमा म परिबारीक संघर्ष देखि समाजिक बिकास तर्फ पनि मेरो ध्यान केन्द्रित हुदै गयो । म परिबारको बिकासमा मात्र सिमित रहन सकिन , मलाई लाग्यो अब म पिछडा बर्ग जनजाति महिला असाहय हरुको बिकासका निमित्त राजनितिक क्षेत्रमा आउन जरुरी छ।पहिला मैले राजनितिक दलहरुमा सकरात्मक र नकरात्मक दुबैलाई केलाउनी कोशिस गरे । त्यतिखेर नेपालको राजनितिक क्षेत्रमा मलाई एमाले पार्टीको बिचार मन पर्यो।

बि पी कोइरालाका बिचार र वाहाका साहित्य पनि बढो ध्यान पूर्वक पढ्ने गर्दथे साथै मार्क्स बिचार पनि । साहित्य र राजनितिक दर्शनमा रुचि भएकै कारण मैले बि पी र कालमार्क्सका दार्शनिक बिचार हरु प्रति ध्यान केन्द्रित हुदै गयो । साथ साथै कम्युनिष्ट बिचार प्रति पनि मैले जागरुक्ता देखाउन थाले । म राजनितिक स्वतन्त्रता हुँदा हुँदै पनि मेरो एमाले प्रति झुकाब बढदै गयो । सुरुमा त म तनहुँबाट एमालेको सदस्यता लिएर अगि बढने संकल्प गरे । २०५१ सालमा मैले एमालेको सदस्यता ग्रहण गरे । समाजिक कार्यमा जुटे ।

पिछडा बर्गको बिकासका लागि मैले आवाज उठाउन थाले ।एमालेमा पनि राम्रो छबि बन्दै गयो । सबै सम्मानित साथीहरुबाट धेरै सिक्ने मौका पाए । २०६२/२०६३ को ऐतिहासिक जन आन्दोलनमा । जब मैल राजनितिक यात्रा सुरु भए तब मलाई अझै एमाले प्रति दृढता पुर्बक अगि बढने प्रेरणा प्राप्त भयो ।

२०६४ मा एमालेबाट पहिलो पटक आरक्षण कोटाबाट संबिधान सभामा समानुपातिक उमेद्वार पनि बने तर पार्टीबाट सभासद बन्न सकिन । दोस्रो पटकको संबिधान सभामा पनि मुस्लिम कोटाबाट संबिधान सभा सभासद समानुपातिक उमेद्वार पार्टीले बनायो तर एस पटक पनि सभासद मैले पाईन । यसमा खिन्नता भए पनि मेरो आत्मबल भने घटेन अझै शशक्त भएर समाज र आफनो पार्टीको बिकासमा ध्यान केन्द्रित गरे ।
अहिले म ने क पा एमाले तनहुँ जिल्ला कमिटीमा र एमाले भातृ संस्था मुस्लिम संगठनको केन्द्रिय सदस्य छु ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )