Daily Archives: 05/06/2016

कुवेतमा होमनाथको सफलता, यात्रा गार्डदेखी म्यानेजमेन्टसम्मको..


ईन्द्र भुसाल, कुवेत

pic०५ जुन २०१६ । बैदेसिक रोजगारी त्यहीमाथी खाडी मुलुक भन्ने बित्तिकै छोरी दिन नाक खुम्चाउने केही समय रोग बनेको थियो नेपाली समाजमा भने युवतीमा पनि जीवनसाथीको लागि अली सोच्नुपर्ने अभिब्यक्ती आएको देखिन्थ्यो तर कालन्तरमा लाखौं लगानी गरेर शणनार्थी हुन युरोप अमेरिका भन्दा सजिलो र परिपक्क कमाईको लागि खाडीनै उपयुक्त ठाउँ भएको पुस्ठी भएको छ । तेति मात्र होईन लामो समयसम्म देशमा रहेको युद्द र राजनीतिक अस्थिरथा हुँदा खाडी लगायत मध्यपुर्वका देशमा कार्यरत नेपालीको रेमिट्यान्शनै देशको अर्थतन्त्र धान्ने प्रमुख स्रोत भएको थियो ।

धेरैलाई फलिफाप र थोरैलाई अफाप भएको भएपनी बैदेसिक रोजगारिको उपयुत ठाउँ अरबनै हो भन्दा अनुपयुक्त नहोला । सफलता आफैमा पनि भर पर्छ । कुवेतमा पनि तेस्ता धेरै ब्यक्ती बिशेष छन । जो सामान्य जागिरमा आएर माथिल्लो ठाउँसम्म पुग्ने नेपालीहरु । उनै केही सफल नेपालीहरुको बिचमा एक हुन अल-अमाना सेकुरिटी कम्पनीका अप्रेशन म्यानेजर होमनाथ गिरी । पढ्नेक्रम जारी राख्नुहोस्

लोक गायक तथा गीतकार प्रेम कटवालको “क्यारुम् तनि” गीत सार्वजनिक


13329679_10201789179367865_1480327230_nपूर्वी खोटांग जिल्लाको दिक्तेल-११ मा जन्मिनु भएका सर्जक प्रेम कटवाल “जिजीवीषा” ले आफ्नो शब्दमा बहुचर्चित गायक राजेस पायल राईको आवाज अनि अहिलेका एकदमै चर्चित अनि लोकप्रिय संगितकार डी. आर. अटुको संगितमा “क्यारुम् तनि” गीत यू ट्यूबमा सार्वजनिक गरि गीत संगितको क्षेत्रमा नौलो आयाम थपेका छन। पढ्नेक्रम जारी राख्नुहोस्

यस कारण सही छन डा. रामशरण महत


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
13235821_1035364496544519_52314692_nडा रामशरण महतको विरोध फ्याउरोले अंगुर खान नपाएर अमीलो रहेछ भने जस्तै हो । उनको जस्तो व्यक्तित्व बनाउन नसकेर धेरैलाई ईश्र्या लागेको मात्र हो । हिजो गिरिजाप्रसादको सबैभन्दा बढी विरोध हुन्थ्यो । पछि उनैका मलामी बीपीका भन्दा बढी देखिए । गाली गर्नु सजिलो छ र यही बाटो धेरैले रोजेका छन । पढ्नेक्रम जारी राख्नुहोस्

देशमा परिबर्तन आएको छ


13349067_1100417956699282_363951055_nदेशमा परिबर्तन आएको छ , गणतन्त्र आएको छ , जातिय बिभेद बिस्तारै अन्त हुदैछ , धर्म निरपक्षता देश हो , हिन्दु मुस्लिम बौद्ध शिख, इसाई सबै धर्मको सम्मान भएको छ । पुरुष प्रधान हाम्रो देश बिस्तारै पुरुष नारी एक भन्ने महसुस हुदैछ । मानिस जात धर्म धन बल र घमण्डले सक्षम बन्न सक्दैन मानिस कर्म बुद्धि बिबेक बिचार र सरलताले सक्षम बन्न सकिन्छ भन्नै मेरो पहिलो प्राथमिकता हो । पढ्नेक्रम जारी राख्नुहोस्

‘नेपाल आतंकवादीको ट्रान्जिट बन्ने खतरा’


सन्तोष घिमिरे
TIA_Nepal_986571823_702535681_358317348काठमाडौं: अमेरिकाले नेपाल र भारतबीचको खुला सीमा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कमजोर सुरक्षा नियमन प्रणालीका कारण अन्तर्राष्ट्रिय आतंकवादी समूहले नेपाललाई ‘पारवहन विन्दु’ वा ‘उद्गमस्थल’ का रूपमा उपयोग गर्न सक्ने खतरा बढ्दै गएको जनाएको छ।  पढ्नेक्रम जारी राख्नुहोस्

आजदेखि ३४ करोडको वैदेशिक रोजगार बचतपत्र


Nrb-810२३ जेठ, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गर्दै सरकारले आजदेखि झन्डै ३४ करोड रुपैयाँ बराबरको बचतपत्र निष्काशन गरेको छ । वाषिर्क ९ प्रतिशतका दरले ब्याज दिनेगरी राष्ट्र बैंकले ३३ करोड ७९ लाख १५ हजार रुपैयाँ बराबरको बचतपत्र आइतबारदेखि निष्कासन गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

कतारमा एक सय ८५ नेपाली बिचल्ली


होम कार्की , दोहा (कतार)

27052016075731malesia-1000x0जेष्ठ २२, २०७३- समयमै उद्धार हुन नसक्दा कतारको इल्युसिड इलोक्ट्रोमेकानिकलमा कार्यरत एक सय ८५ नेपालीको अवस्था जटिल बन्दै गइरहेको छ । त्यस कम्पनीका सञ्चालक कामदारको सम्पर्कमा छैनन् । पीडितका तर्फबाट सोलुखुम्बुका पासाङ शेर्पाले तत्काल उद्धार गरी स्वदेश पठाउन अपि्रलको दोस्रो साता नेपाली दूतावासमा निवेदन दर्ता गराए पनि अहिलेसम्म सम्भव हुन सकेको छैन । गत जनवरीयता तलब नपाएका उनीहरूलाई कम्पनीले अपि्रल १० बाट कामसमेत दिएको छैन । पढ्नेक्रम जारी राख्नुहोस्

लुम्बिनी रेष्टुरेन्ट एण्ड फास्टफुड उद्घधाटन साँझ ८ बजे सम्पुर्ण कुबेत बासी मा हार्दिक निमन्त्रणा ।


सुरेश गुरुङ,कुबेत

13327530_504184806448307_247880053980056728_nबिभिन्न नेपाली परिकारका साथ लुम्बिनी रेष्टुरेन्ट एण्ड फास्टफुड जिलिप कुबेत को आज बेलुकी साँझ ८ बजे ओपिनिग उद्घधाटन गर्ने भएको ले सम्पूर्ण कुबेत बासी नेपाली दाजु भाई दिदी बहिनी हरु हार्दिक निमन्त्रणा गर्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्