भोजपुर सेवा समाज कुबेतको अधिबेशन सम्पन्न अध्यक्षमा पुन कोषराज राई (फोटो फिचरसहित)


सुरेश गुरुङ,कुवैत

13331125_1170368452994992_3857967124626169498_n३जुन कुबैत-आज भोजपुर सेवा समाज कुवैतको प्रथम अधिबेशन कार्यक्रक्रम कुबेत सिटी स्थित प्यारागन रेस्टुरेन्ट मुर्गाव मा भब्यताका साथ सम्पन्न भएको छ ।

रोजगारिको शिलशिलामा कुवेतमा रहेका भोजपुरवासीहरुलाई एकिकृत गराई, आफ्नो जन्मथलो र मातृभूमी नेपाललाई संसारमा चिनाउन सफल गर्दै भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य लिएर स्थापना भएको भोजपुर सेवा समाज कुबेत ले आफ्नो कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।

13315218_1170368619661642_8895080562145695050_nनेपाली समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ब्यक्तित्व सहित कुवेतमा कार्यरत मिडिया संस्थाको साथमा मिडियाकर्मीलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो। कुवेतमा सक्रिय रहेका कुवेतनेपाल डटकम, तितोपाटी डटकम, परदेशी खबर डटकम र हाम्रोसञ्चार डटकमलाई सम्मान पत्र बाट सम्मानित गरिएको थियो । साथै भोजपुर सेवा समाजलाई विभिन्न तवरले सहयोग पुर्‍याउने अमित चाम्लिङ, रमेश राई, मान्जित राई, मानसराम राई खोप गुरुङ, गणेश रावत, दिपक क्षेत्री, केदार आलेमगर, हर्कबहादुर मोक्तान, राम लामा, काशी लामा , मधुमाया मगर ,युवराज राई, अरुण लिम्बू, हरी लावती, दिलमाया तामाङलाई सम्मान पत्र सहित सम्मान गरिएको छ ।

13315434_1170368626328308_8204014641157084725_nकार्यक्रम निवर्तमान अध्यक्ष कोशराज राईको सभापतित्व तथा एनआरएन कुवेतको अध्यक्ष अर्जुन तामाङको प्रमुख अतिथित्यामा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेको थियो । कार्यक्रममा कुवेत क्रियाशिल विभिन्न संघ संस्थाका प्रतिनिधिको साथमा समाजसेवी,बुद्धिजीवी , पत्रकार लगायत कुवेतमा रहेका नेपालीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।समाजका महासचिव मानबहादुर तामाङ( दिलकुमार पाख्रीन)ले संचालन गरेको उक्त कार्यक्रममा सह-कोषाध्यक्ष पासाङ ङिमा शेर्पा स्वागत मन्तब्य राखेका थिय।

13346915_1170368819661622_8161935930036987930_nनयाँ कार्यसमितिका नामावली :-
प्रमुख सल्लाहकार: – अमित चाम्लिङ,
सल्लाहाकारहरु
माया राई, सुधिर राई, चुडाराज भट्टराई

अध्यक्ष :- कोशराज राई
उपाध्यक्ष :- डेण्डी शेर्पा
उपाध्यक्ष :- राजकुमार राई
उपाध्यक्ष :- लक्ष्मण कार्की
महासचिव :-मानबहादुर तामाङ( दिलकुमार पाख्रीन)
सचिव :- हेमराज भण्डारी
कोषाध्यक्ष:- :- प्रेमकुमार राई
सह-कोषाध्यक्ष :- पासाङ ङिमा शेर्पा

सदस्यहरु :- ज्ञानप्रसाद राई, सुरेश राई, बखानसिंह राई, गोन्दा शेर्पा, केसर राई, बिकास राई, भिमराज मगर, दिल कुमार राई, चन्द्रकुमार राई, मनिकुमार राई, सुजा राई, डली शेर्पा, दिलकमारी राई, सुमित्रा तामाङ, ईन्द्रकुमार राई, कबिराज तामाङ, पासाङ शेर्पा, पेम्बा शेर्पा रहेका छन् ।

13312765_1170375206327650_1856126568249189841_nअन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष कोशराज राई ले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए। भने कार्यक्रम सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन ले स्वागत गरे को थियो ।13312653_1170375039661000_8157540384397076978_n13336125_1170370569661447_4196302228748064604_n

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.