कोशराज राई, कुवेत
जुन ३, कुवेतमा किरातीहरुले साकेला/साकेवा नाच्दै मनाएका छन्। उभौली पर्व खास गरेर २१ तारीकबाट शुरु भएता पनि समय अभावका कारण आज मनाईएको हो।
कार्यक्रममा साकेला/ साकेवा नाच प्रदर्शन गरिनुका साथै किरात गाना र अन्य नृत्यहरुले पनि उपस्थित पाहुनाहरुलाई मनोरन्जन प्रदान गरिएको थियो।कार्यक्रमा समाजमा उच्च योगदान दिने ब्याक्तिहरु तथा संस्थामा अहम भूमिका खेल्ने किरात राई यायोक्खा कुवेत शाखाका पदाधिकारी र सदस्यहरुलाई सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो।
उभौली पर्वको शुभकामना दिनु हुदै गैर आवासिय नेपाली संघ/ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष अर्जुन तामाङले राईहरु सोझो र ईमान्दार जातिको रुपमा आफुले चिनेको र कुवेतमा पनि राईहरुले आफ्नो संस्कृति, भाषा, भेषभुषा, जगेर्ना गर्न र समाजमा उल्लेखनिय भूमिका खेलेको बताउनु भयो। संस्थाका संस्थापक अध्यक्ष अमित चाम्लिङ, र संगठन बिभाग प्रमुख प्रकाश राईले संस्थाको गतिविधि तथा उदेशयको ’boutमा प्रष्ट पारेका थिए।
यो पर्वलाई मौसम परिवर्तनको सूचकका रूपमा पनि लिइन्छ । जब कर्याङकुरुङ प्रजातिका चरा उत्तरी क्षेत्र अर्थात् उँभोतिर आउँछ, त्यसबेला समय उँभो लागेछ भनेर छरपाउ गर्ने गरिन्छ । यसबेला यो साल बालीनाली राम्रो देऊ, अतिवृष्टि या अनावृष्टि नभई देओस् भनेर वैशाख—जेठमा पूजा गर्छन् । त्यही कर्याङकुरुङको बथान मंसिरतिर उँधो भूमध्य सागरतिर लाग्छ, जुन उँधौली सुरु भएको संकेत हो ।
उँभौली–उँधौली पर्व निश्चित भूगोलमा मात्र नभई सहर हुँदै विश्वव्यापी भइरहेको छ । यो सांस्कृतिक चाडमात्र नभएर सामाजिक सद्भावसँग पनि जोडिएको छ । यही अवसरमा किरातहरू एक ठाउँमा भेला हुने गर्छन्, जसबाट दु:ख–सुख आमोद—प्रमोद हुन्छ ।
बालीनाली लगाएर फुर्सदको समयमा आफूले लगाएको बालीनाली सप्रियोस्, रोगव्याधि हटोस्, भूकम्प, अतिवृष्टि भई बाढीपहिरो नचलोस्, सुक्खा खडेरी नपरोस्, सबैमा सहकाल होस्, अनिकाल नआओस् भनी सामाजिक आराधना गरिन्छ । यो एक प्रकारको सामाजिकीकरण प्रक्रिया पनि हो । यसैगरी बालीनाली स्याहारेर नयाँ अन्न घरमा भित्र्याएपछि पनि प्रकृतिदेव एवं पुर्खालाई सबभन्दा पहिले अर्पण गरेर मात्र खाने गरिन्छ ।
यसो गर्नुको कारण के हो भने प्रकृतिदेव अर्थात् पुर्खाहरू जसले बाली लाउन सिकाए, जसले बाली सपारेर भित्र्याउने अवसर दिए, तिनैलाई अर्पण गरेर खानु भनेको सामाजिक आचरणको ज्वलन्त नमुना हो । यसले सामाजिक संहिताको झल्को दिन्छ ।अध्यक्ष रमेश राईको अध्यक्षतामा सम्पन्न उभौली पर्व कार्यक्रमको सन्चालन सुधिर राईले गरेका थिए भने स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष नैनकला राईले दिएकी थिईन्। कार्यक्रमको अन्त्यमा सबै किरात तथा उपस्थित गैर किरात अतिथीहरुले समेत साकेला/ साकेवा नाचेर मनोरन्जन लिएका थिए।