सुरेश गुरुङ,कुबैत
जुन ३ कुवेत,आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था किराँत याक्थुङ चुम्लुङ, कुवेत सानो कुवेत फलैका टापूमा यक्वा तङ्नाम उभौलि पर्व ”ताम्भुङ्चा” वनभोज, ,विदाई तथा सम्मान शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
हाम्रो संस्कृति हाम्रो पहिचान , हाम्रो धर्म हाम्रो शान” भन्ने मुल नारालाई आत्मसात गर्दै आफ्नो भाषा कला संकृति र पहिचानलाई जोगर्ना गर्दै भईपरि आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने उदेश्यका साथ हिजो लिम्बुहरुले विविध कार्यक्रमहरु लिएर फलैका टापूलाई रोज्नुको कारण लामो समय देखि कुवेतमा बसे पनि प्राय फलैका टापूमा नपुगेको र इराक र कुवेतको विच युद्धमा धस्त भएका गाउहरु हेर्ने रहर पुरा गर्ने चुम्लुङले ३ महिना पहिले निर्णय गरेको थियो ।
कार्यक्रममा ९ बजेनै उपस्थित हुने भने पनि सबै जान १० बजे मात्र उपस्थित भएका थिए ! कार्यक्रममा लिम्बू भाषाका गित,च्याब्रुङ नाच,ढोल नाच,धान नाच,माङलाङ नाच सहित विभिन्न नेपाली सांगीतिक प्रस्तुतिहरुका साथ रमाइलो गरिएको थियो । किरात याक्थुङ चुम्लुङको स्थापना काल देखि आज सम्म निरन्तर संस्थाको जिम्मेवारी पदमा रही संस्था र नेपाली समाजमा योगदान पुर्याउने सक्रिय सदस्य सदाको लागि कुवेतको कर्म भुमि छोढी नेपाल फर्किनु हुने सदस्य राजेन्द्र जबेगुलाई एर टिकटको लागि ६० केडी सहित धन्यवाद दिदै स सम्मानका साथ विदाई गरिएको थियो ।
कुवेतमा आफ्नो कला प्रस्थुती गर्दै सम्पूर्ण नेपाली दर्शक मानुभावहरुलाई मनोरन्जन दिदै आउनु भएको कलाकारितालाई उच्च मुल्याकान गर्दै चुम्लुङका कलाकारहरुलाई सम्मान पनि गरिएको थियो ! कार्यक्रम किरात याक्थुङ चुम्लुङको अध्यक्ष दुर्गा चेम्जोङको सभापतित्व सम्पन्न भएको कार्यक्रम अनुभव खजुमले संचालन गर्नु भएको थियो ! कार्यक्रममा अथिति दिल सेङबो बेग खड्का रवि माबो एम वि सावाँले शुभकामना दिनु भएको थियो।
अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष दुर्गा चेम्जोले याक्वा तङ्नाम तथा वनभोज कार्यक्रममा उपस्थित हुने सम्पूर्ण आमन्त्रित दाजुभाई दिदी बहिनीहरुलाई धन्यवाद सहित शुभकामना दिदै कार्यक्रम समाप्त गरिएको थियो !