कर्ण बहादुर अधिकारी मकाउ,चीन।
नेपालको राजनितिमा रगतको नाताबाट नेपाली कांग्रेसको राजनिति गरेकी नेपाली कांग्रेस पार्टीका नेतृ सुजता कोईरालाले आफ्नो हैसियत नै भुलेर पार्टी र पार्टीका नेताहरूको बिरूद्धमा बोलेको देख्दा लाग्छ यिनको औकात एक साधरण कार्यकर्ताको भन्दा पनि नीच रहेछ।यस्ता ब्यक्तित्वलाई कांग्रेस पार्टीले केन्द्रमा पुर्याउनु भनेको कांग्रेसले नै आफ्नो बिश्वास कार्यकर्ताबाट गुमाउनुका साथै आफ्नो खुट्टामा आफै बन्चरो हाने सरह नै हो।नेपाली कांग्रेस पार्टी जस्तो नेपालको राजनिति इतिहासमा आफ्नो उच्च पहिचान बनाएर अगाडी बढेको पार्टी भित्र सुजता जस्ती दुई कौडीको धरातलीय बिचार नभएकी नेतृले पार्टीको निति ,बिधानलाई लत्याएको प्रष्ट देखियो।
सुजता कोईराला नेपाली कांग्रेस पार्टी भित्र कसरी हाबी भईन भन्नका लागि यहाँ त्यस्ता थुप्रै कुराहरू भए पनि बिशेषत अहिले सम्म यिनी नेपाली कांग्रेसमा टिकेकी स्वर्गीय गिरीजा प्रसाद कोईरालाको रगतको नाताले नै हो।यदि यिनी गिरीजा बाबुको छोरी नभएर सर्ब साधरण जनताको छोरी भएको भए यिनले नेपाली कांग्रेसको साधरण सदस्य बाहेक अरू बन्ने यिनको हैसियत नै छैन।गिरीजा बाबुले नै यिनलाई स्थान दिएकी हुन साथै यिनको आफ्नै ब्यक्तिगत जीवनी हेर्ने हो भने पनि त्यस्ता थुप्रै खोट लगाउने ठाउँ छ।यिनी को हुन भन्ने प्राय सबै नेपाली जनतालाई थाहा छ। यिनले कुनै पनि क्षेत्रबाट चुनाव लड्ने हो भने पनि चुनाव जित्ने कुनै हैसियत छैन।त्यसैले यस्ता ब्यक्तित्वले अरूको चरित्र माथि प्रश्न बाचक चिन्ह खडा गर्ने शाहस कहाँबाट आयो?
पार्टीको आफ्नै निति नियमहरू हुन्छ।कुन कुरालाई कति गोपनीयता राख्ने र कस्ता कुरा मिडिया सामु बोल्ने भन्ने ’bout यिनलाई ख्याल हुनु पर्ने होईन र ?आफ्नै पार्टीको नेता कार्यकर्ताको चरित्र हत्या गर्ने काम गरेकी छिन।यिनले अहिले सम्म राजनिति गरेकी गिरीजा बाबुको नामबाट नै हो।अबको यिनको राजनिति स्थिति धराशायी हुदै गएकोले एउटा सुद्धि हराएको मान्छेले झै मिडियामा भुक्दै छिन।यिनका कुरा सुन्ने को होला र पार्टी भित्र? त्यसैले अझै पनि यिनले सोचेर अगाडी बढे हुन्छ।नेपाली कांग्रेस पार्टी भित्र गुटबन्दीका कारणले गर्दा राम्रा मान्छेलाई पाखा लगाएर यस्ता मान्छेले मौका पाएका हुन।
नेपालको राजनिति इतिहासमा छुट्टै किसिमको पहिचान बनाउन सफल नेपाली कांग्रेसका सांसद,केन्द्रिय सदस्य एवं पूर्व अर्थ मन्त्री डा.रामशरण महतका ’boutमा यिनले दिएको अभिब्यक्ति सुन्दा लाग्छ यिनको रामशरण संग के रिसिईवी छ वा थियो भन्ने कुरा प्रष्ट देखिन्छ।डा.महत थुप्रै चोटी अर्थ मन्त्री भए र थुप्रै चोटी बजेट भाषण पनि गर्न भ्याए।कुनै पनि अर्थ मन्त्रीले बजेट भाषण गर्नु पूर्व जो सरकारमा छ उक्त सरकारका प्रमुख र पार्टीका केन्द्रिय तहमा छलफल नगरी त पक्कै पनि ल्याईदैन होला।जसरी अहिले केपी सरकारले सोची सोची बजेट ल्याए।त्यसैले डा.महतलाई मात्र दोषी देख्नु कतिको जायज छ?
नेपाली कांग्रेस पार्टी धेरै पटक सरकारमा गए धेरै पटक बजेट पनि ल्याए तर जनमुखी बजेट ल्याउन सकेन भनेर दोष चाहि रामशरणलाई मात्र दिन मिल्छ?अर्थ मन्त्री बिष्णु पौडेल र डा.महतको हैसियत एकै ठाउँमा राखेर तुलना गर्न मिल्छ?त्यसैले कांग्रेस नेतृ सुजता कोईरालाले जे पाए त्यहि घटिया अभिब्यक्ति मिडिया सामु नदिएकै राम्रो।यस्ता अभिब्यक्तिले नेपाली कांग्रेस पार्टीको नै शांख गिराउने काम गर्दछ।