स्विजरल्याण्डमा दुनियाको सबैभन्दा लामो तथा गहिरो सुरुङमार्ग निर्माण गरिएको छ । आइतबारबाट यो सुरुंग मार्ग औपचारिक रुपमा संचालनमा आएको छ । आल्पस पर्वतलाई छेँडेर बनाइएको उक्त सुरुङ रेलमार्ग ५७.१ किलोमिटर लामो छ र यो पूर्णरुपमा तयार हुन १७ वर्ष लागेको छ ।
यो सुरुङमार्गको नाम हो, गोटहार्ड बेस टनेल र यसले पूरै आल्पस पर्वतलाई छेँडेको छ । यो सुरुङ बनाउने पूरै २३ अर्ब स्विस फ्याँक खर्च भएको छ । यो सुरुङले उत्तरी र दक्षिणी युरोपबीचको दूरीलाई एकदम कम गरिदिनेछ ।
५७ किलोमिटर भन्दा लामो यो सुरुङमार्गमा रेल कुँदेर पार गर्न जम्मा १७ मिनेट लाग्नेछ । यो सुरुङ मार्गमा परीक्षणपछि झण्डै २६६ मालवाहक गाडी तथा ६५ वटा यात्रुबाहक रेल गुड्नेछन् दिनहुँ ।
निकै कठिनाइ झेल्दै दुनियाकै किर्तिमानी यो सुरुङमार्गको निर्माण गरिएको छ । भौगर्भिक रुपमा विभिन्न ७३ प्रकारका चट्टान तथा पहाड खोतलेर बनाइएको हो यो सुरुङ । सुरुङ निर्माणका क्रममा ९ जना मजदुरले ज्यान गुमाएका थिए ।(अन्लाईनखबर )