संविधान’bout मधेसमा चर्चा


रवीन्द्र उप्रेती, महोत्तरी
01062016125234constitution-prog-1000x0जेष्ठ १९, २०७३- मधेसमा केही जिल्लामा संविधान’bout चर्चा र चासो बढ्न थालेको छ । संविधानसम्बन्धी भएको छलफलमा स्थानीयले संविधान’bout विभिन्न प्रश्न गरे । स्थानीय शान्ति समितिका सचिव दामोदर मैनालीकाअनुसार संविधान बोकेर गाँउ पसेको शान्ति समितिसमक्ष सर्वसाधारणले यस्ता थुप्रै जिज्ञासा राखे, असन्तुष्टि पोखे र सुझाव पनि दिए । उनीहरुको जिज्ञासा सुन्न आएका थिएँ, काठमाडौं स्कूल अफ लका सहायक क्याम्पस प्रमुख तथा अधिवक्ता जयमंगलप्रसाद जयसवालले भने ।

उनले अहिलेको संविधानको विशेषता औंल्याउँदै विगतका संविधानका तुलनामा अहिलेको संविधान नागरिकता सम्बन्धमा अत्यधिक लचिलो भएको तथ्य प्रस्तुत गरे । उनले ३१ प्रकारका मौलिक हक समावेश यो संविधानको मूल विशेषता भएको जानकारी गराए । अन्तरिम संविधानमा २० वटा र त्यसअघिका संविधानमा १०/१२ वटा मात्र मौलिक हक रहेकोमा नयाँ संविधानमा मौलिक हक थपिएको उनले जनाए ।

‘यो संविधानमा संघियता, समानुपातिक, समावेशी, धर्मरिपेक्षता जस्ता थुप्रै मौलिक हक समावेश छन्,’ उनले वर्तमान संविधानको विशेषता गनाए, ‘यी हकले नेपाली जनतालाई रैंतिबाट नागरिकमा सम्मानित गर्ने काम गरेको छ ।’

जयसवालको ब्याख्या सुनेपछि गौशाला बजारमा मंलवार आयोजित अनुशिक्षण कार्यक्रमममा सहभागी उर्मिलादेवी महतोले प्रश्न गरिन्, ‘यी मौलिक हक प्रयोग गर्दा वाधा व्यवधान आइलागे गरीब निमुखालाई सहायता गर्न यो संविधानमा व्यवस्था छ की छैन ?’

‘व्यवस्था छ,’ जयसवालले संविधानको पेज ९ र १० देखाउँदै जानकारी गराए, ‘नेपालको संविधान २०७२ को धारा २० को उपधारा १० बमोजिम असमर्थ पक्षलाई कानुनबमोजिम नि:शुल्क कानुनि सहायता पाउने हकको व्यवस्था गरिएको छ,’ उनले थपे ।

भंगाहा सीतापुरमा सोमबार भेला भएका विर्ता टोलका लक्ष्मण यादवले मधेसको गरीवि र समस्याको मूल कारक बनेको दाइजो प्रथाविरुद्ध नयाँ संविधानमा केही नलेखिएकोमा असन्तुष्टि जाहेर गरे । मधेसी समाजको अभिशाप बनेको यस्ता विकृति अन्त्यका लागि मधेसका नेतालेसमेत बेवास्ता गरेको उनको आरोप थियो ।

‘दलित हकहीत जस्तै दाइजोविरुद्धको आधिकार पनि संविधानमा उल्लेख हुनुपथ्र्यो,’ उनले प्रश्न उठाए, ‘मधेसी समाजमा व्याप्त विकृतिविरुद्ध मधेशवादी नेताले किन अभियान चलाउँदैनन् ?’

कतिपयले नागरिकता’bout जिज्ञासा राखे । ‘के अब भारतीय आमाबाट जन्मेका नेपालीका सन्तानले नेपालको नागरिकता नपाउने नै भए त ?’ केही सहभागिको जिज्ञासा थियो ।

यसको जवाफ अर्का सहभागी हात्तीलेटका सोम कार्कीले नै दिए, ‘संविधानको भाग २ को धारा ११(७) ले त्यस्ता सन्तानले वंशजको नाताले नागरिकता पाउने प्रष्ट व्यवस्था गरेको छ,’ उनले आग्रह गरे, ‘तपाईंको हातमा परेको संविधानको पेज ४ पल्टाए जवाफ त्यही छ, वित्थाको प्रश्न किन गर्नु ?’

यसअघि जलेश्वरमा भएको अनुशिक्षण कार्यक्रममा पूर्व प्रध्यानाध्यापक राजेन्द्र पाण्डेले, ‘कुन जनादेशले संविधानबाट हिन्दू राष्ट्र हटाइयो ?’ भन्ने प्रश्न गरेका थिए ।

राजेश्वर ठाकुर र शेषनारायण झाले अहिलेसम्मकै अग्रगामी भनि दाबी गरिएको यो संविधानले अधिकारी दम्पतिलाई न्याय दिन सक्छ ?’ भनि व्यंग्य कसे । राजनीतिकर्मी विदुर कार्कीले संविधान सम्झौताहरुको दस्तावेज भएको बताउँदै आफ्ना पनि धेरै असन्तुष्टि र माग हुँदाहँुदै पनि सहमति जनाएको बताए ।

समिति सचिव दामोदर मैनालीकाअनुसार शान्ति समितिले गाउँगाउँ पसेर सुरु गरेको ‘नेपालको संविधान सम्बन्धी अनुशिक्षण’ कार्यक्रम संविधान’bout असन्तुष्टि पोख्ने, जिज्ञासा राख्ने, भ्रम निवारण र आफ्नो भावनाको अभिव्यक्ति दिने शान्तिपूर्ण माध्यम बनेको छ । अनुशिक्षणमा ३ सय ५० सहभागिलाई नेपालको संविधान वितरण गरिएको मैनालीले जनाए । अहिलेसम्म सदरमुकाम जलेश्वर, भंगाहा सीतापुर र गौशालामा ‘सम्पन्न भैसकेको अनुशिक्षण’ कार्यक्रम आयोजना गरि दिन अन्य गाविसबाटसमेत माग आएको समितिले जनाएको छ ।

(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.