नेपाल पत्रकार महासंघद्वारा ब्लड क्यान्सर पीड़ित पत्रकार शालिकराम शर्मा उपचार अभियान शुरु


image-67 नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यलयले एक बिज्ञप्ती मार्फत ब्लड क्यान्सरबाट गम्भीर विरामी भई भक्तपुर अस्पतालमा उपचार गराइरहनु भएका नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष एवं अग्रज पत्रकार शालिकराम शर्माको उपचार अभियान शुरु गरी आर्थिक सहयोगका लागि सबैमा आव्हान गरेको छ।

महासंघका कोषाध्यक्ष सूर्यमणि गौतमद्वारा प्रकाशित अपिलमा ब्लड क्यान्सरबाट गम्भीर विरामी भई भक्तपुर अस्पतालमा उपचार गराइरहनु भएका नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष एवं अग्रज पत्रकार शालिकराम शर्माको उपचारमा आर्थिक सहयोग पुरेयान नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले ‘पत्रकार शालिकराम शर्मा उपचार अभियान’ सुरु गरेको बताईएको छ।

अपिलमा मोफसलमा रहेर दुई दशकभन्दा बढी पत्रकारितामा सक्रिय शर्मा हाल सल्यानी सन्देश र रेडियो शारदा एफएममा आवद्ध हुनुहुन्छ । गम्भीर रोग लागेका शर्माको निजी स्रोतबाट उपचार गराउन सम्भव नभएपछि उपचारमा आर्थिक सहयोग जुटाउन महास.घले यो अभियान सुरु गरेको हो । अभियान आरम्भ गर्दै आजै नेपाल पत्रकार महासंघका तर्फबाट पत्रकार शर्माको उपचारका लागि रु. २५,०००।– (पच्चीस हजार) उहाँको उपचारको लागि महासंघले आहृवान गरेको सहयोग खातामा जम्मा गरिएको जानकारी दिईएको छ।

महासंघ सबै सदस्यहरु तथा अन्य सहृदयी महानुभावहरूमा श्रमजीवी पत्रकारको उपचारमा आ–आफ्नो शाखा मार्फत सहयोग पु¥याउन अपिल गर्दछ । सहयोग गर्न चाहने शाखा तथा इच्छुक पत्रकारले महासंघको केन्द्रको नाममा रहेको बबरमहलस्थित एनएमबी बैंक लिमिटेडको चल्ती खाताFederation of Nepali Journalist ००१००६००१४०८६२०००००१ मा सहयोग जम्मा गरिदिनुहुन आग्रह गरिएको छ।

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यलयले प्रकाशन गरेको बिज्ञप्ती जस्ताको तस्तै:-

२०७३।०२।१७

अपिल

ब्लड क्यान्सरबाट गम्भीर विरामी भई भक्तपुर अस्पतालमा उपचार गराइरहनु भएका नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष एवं अग्रज पत्रकार शालिकराम शर्माको उपचारमा आर्थिक सहयोग पुरेयान नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले ‘पत्रकार शालिकराम शर्मा उपचार अभियान’ सुरु गरेको छ ।
मोफसलमा रहेर दुई दशकभन्दा बढी पत्रकारितामा सक्रिय शर्मा हाल सल्यानी सन्देश र रेडियो शारदा एफएममा आवद्ध हुनुहुन्छ । गम्भीर रोग लागेका शर्माको निजी स्रोतबाट उपचार गराउन सम्भव नभएपछि उपचारमा आर्थिक सहयोग जुटाउन महास.घले यो अभियान सुरु गरेको हो । अभियान आरम्भ गर्दै आजै नेपाल पत्रकार महासंघका तर्फबाट पत्रकार शर्माको उपचारका लागि रु. २५,०००।– (पच्चीस हजार) उहाँको उपचारको लागि महासंघले आहृवान गरेको सहयोग खातामा जम्मा गरिएको छ ।
महासंघ सबै सदस्यहरु तथा अन्य सहृदयी महानुभावहरूमा श्रमजीवी पत्रकारको उपचारमा आ–आफ्नो शाखा मार्फत सहयोग पु¥याउन अपिल गर्दछ । सहयोग गर्न चाहने शाखा तथा इच्छुक पत्रकारले महासंघको केन्द्रको नाममा रहेको बबरमहलस्थित एनएमबी बैंक लिमिटेडको चल्ती खाताFederation of Nepali Journalist ००१००६००१४०८६२०००००१ मा सहयोग जम्मा गरिदिनुहुन आग्रह गरिन्छ ।
……………….
सूर्यमणि गौतम
कोषाध्यक्ष

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.