Monthly Archives: जुन 2016

आज १५ असार, किसानलाई रोपाइँको चटारो


नरहरि सापकोटा
ropai ko chatara photo 3 gorkhaगोरखा–छोप्राक– ९ का सुरेश कुमाल मंगलवार भुसुण्डे खोलामा असिनपसिन हुँदै खेतमा आली लगाउँदै थिए । खोप्लाङ ६ का रेशमबहादुर बिक हिलाम्य भएर खेत सम्याएँदै थिए। कुमारी तामाङ ११ जना साथीसँग छुपुछुपु हिलोमा धानको बिउ रोपरिरहेकी थिइन्। पढ्नेक्रम जारी राख्नुहोस्

पहिरोले गोरखामा गाउँ नै विस्थापित


शिवप्रसाद उप्रेती
5773485f131c44.07767557गोरखा: मंगलबार राति परेको भारी वर्षापछि आएको पहिरोले ६ घर पुरेको छ। गोर्खाको उहिया गाविस-१मा खोर्लाबेसीमा बसोबास गर्ने स्थानीहरुको घरहरु पुरेको हो। घर पुरिनेहरुमा भक्तवीर घले, आसपपाल गुरुङ,गोपीलाल गुरुङ, सुमती गुरुङ,जीत बहादुर गुरुङ र सुनिता गुरुङ रहेका छन्। पहिरोले भक्तवीर घलेको घर पुरिएको छ भने अन्य पाँच स्थानीयको घरमा क्षति भएपनि सामानहरु निकाल्न सफल भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

विप्लव माओवादीले सिंहदरवार घेर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने


एनसेल आक्रमणमा पक्राउ परेकालाई रिहा गर्न माग
biplap-1१५ असार, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले एनसेल आक्रमणको आरोपमा पक्राउ परेका आफ्ना नेता-कार्यकर्ताहरुको रिहाइको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ । बिहीबार काठमाडौं उपत्यकासहित देशभर विरोध प्रदर्शनसहित ज्ञापनपत्र बुझाउने विप्लव माओवादीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

टर्कीको अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मघाती हमला, ३६ को मृत्यु, १४० बढी घाइते


29062016094313turkey-attack-1000x0असार १५, २०७३- टर्कीको इस्तानबुलस्थित आतातुर्क अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आतंकवादी हमलामा परी ३६ जनाको मृत्यु भएको छ भने १४० बढी घाइते भएका छन् । तीनजना हमलावरले एकैसाथ टर्मिनल भवन प्रवेश गर्ने क्षेत्र नजिकै अन्धाधुन्द गोली प्रहार गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिनका लागि जवाफी कारवाही गर्दा आफैं बम बिस्फोट गराएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा बिभिन्न सुबिधा सम्पन्न नेपाली सभा गृह संचालन हुने


कुबेत नेपालडटकम

image-168कुवेत, जुन २८- कुवेतमा बिभिन्न सुबिधा सम्पन्न नेपाली सभा गृह संचालनमा हुने भएको छ। हरेक हप्ता नेपाली हरु मासिक बैठक,बिभिन्न कार्यक्रम हुने नेपाली हरु को एकदमै पायक पर्ने ठाँउ फर्वानिया मा समाजसेवी बसन्त थापामगरले सभागृह संचालन मा लयाउने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मकाउ कराते संघले आयोजना गरेको राष्ट्रिय खुल्ला कराते प्रतियोगीतामा नेपालीले ल्याए तेस्रो स्थान।


 कर्ण बहादुर अधिकारी मकाउ,चीन।

13536074_1063209787093323_42589794_nचीनको स्वशासित क्षेत्र मकाउमा २०१६/६/२६ तारिकका दिन मकाउ कराते संघले आयोजना गरेको खुल्ला राष्ट्रिय कराते प्रतियोगीता सम्पन्न भएको छ।राष्ट्रिय खुल्ला कराते प्रतियोगीतामा नेपालीको तर्फबाट मकाउमा कार्यरत रहेका नेपाली कराते खेलाडी नान बहादुर थापाले सहभागीता जनाएका थिए। थापा ६७ केजी तौल तर्फ एकल कुमीते (kumite) र ग्रुप कुमिते समूहमा प्रतिशप्रधा गरेका थिए दुबै प्रतिशप्रधामा तेस्रो स्थान प्राप्त गरेका हुन। पढ्नेक्रम जारी राख्नुहोस्

मधेस आन्दोलनका पीडितका नाममा ६ करोडभन्दा बढी निकासा


बलराम बानियाँ/दुर्गा खनाल,
असार १४, २०७३- तराई–मधेस आन्दोलनका क्रममा मारिएका व्यक्तिका परिवार र घाइतेलाई सरकारले अहिलेसम्म ६ करोड रुपैयाँभन्दा बढी उपलब्ध गराइसकेको छ । मधेस आन्दोलन र सीमांकन विवादका कारण मुलुकका विभिन्न ठाउँमा भएका झडपमा मारिएका व्यक्तिका आश्रितलाई सहिद परिवारसरह १०/१० लाख रुपैयाँ दिने र सबै घाइतेको उपचार खर्च बेहोर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले सम्बद्ध सबै जिल्ला प्रशासन कार्यालयमा रकम निकासा गरिसकेको छ । अधिकांश आश्रित परिवारले रकम बुझिसकेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

मगर सँघ कुवेतको सहयोग पत्रकार पन्थीद्वारा हस्तान्तरण


जय आले, कुवेत  

13549269_1442699095756290_1963730190_o२७ जुन २०१६ ।  नेपाल मगर सँघ पाल्पा शाखालाई कुबेत मगर संघले संस्थागत विकासमा टेवा पुगोस भनी आर्थिक सहयोग पठाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्