रियल मड्रिडले जित्यो च्याम्पियन्स लिग, एथ्लेटिको पेनाल्टीमा चुक्यो


Real१६ जेठ, काठमाडौं । रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । उसको यो ११ औं उपाधि हो । शनिबार राति भएको फाइनल भिडन्तमा घरेलु चिरप्रतिद्वन्द्वी एथ्लेटिकोलाई पेनाल्टी सुट आउटम ५-३ पराजित गर्दै रियल च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा रियलले बाजी मार्यो । रियल मड्रिडका लागि क्रिष्टियानो रोनाल्डोले विजयी पेनाल्टी गोल गरे ।

यसअघि निर्धारित समयको खेलमा रियल मड्रिडले १५ औं मिनेटमा सर्जिओ रामोसको गोलबाट अग्रता लिएको थियो । खेलको ४८ औं मिनेटमा एथ्लेटिकोले पेनाल्टी पायो । तर, एन्टोनिओ ग्रिजम्यान चुके । उनको लेफ्ट फुट सट बारमा लागेको थियो । खेलको ७९ औं मिनेटमा एथ्लेटिकोले बराबरी गोल फर्कायो । (अनलाइनखबर)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.