तमू समाज कुवेतको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)


सुरेश गुरुङ, कुबैत

IMG_0074 “रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज, कुवेतले हिजो २७ मे २०१६ मा आयोजना गरेको वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ । संस्थागत रुपमा सम्पूर्ण कुवेतवासी नेपालीहरुको प्रतिनिधित्व गर्दै, समाजले आव्ह्वान गरेको पवित्र कार्यमा नेपाली तथा बिदेशी गरी (११४) जना रक्तदान गरेको थिए ।

समाजका अध्यक्ष खोप बहादुर गुरुङको अध्यक्षतामा औपचारिक कार्यक्रम कार्य लाई एनआरएनए कुवेतका अध्यक्षय अर्जुन तामाङ,प्रमुख अतिथि गर्नु भएको थियो भने सेन्ट्रल ब्लड बैंक कुवेतकी प्रतिनिधि डा Dr.Marwa Hameed,एनआरएनए मध्यपुर्ब उपसंयोजक धर्म राज गिरी, जनजाती महासंघ कुवेतका अध्यक्ष राजेन्द्र तामाङले संयुक्त रुपमा रिबन काटेर रक्तदान कार्यक्रमको उद्घाटन गरिएको थियो।IMG_0069

कार्यक्रममा मन्तब्य दिदै क्रममा डा. Dr.Marwa Hameedलेमानविय जीबनमा यो भन्दा राम्रो कार्य अरु नहुने बताउनु भएको थियो,भने जनजाती महासंघ कुवेतका अध्यक्ष राजेन्द्र तामाङले हामी नेपाली हरु मा भाईचार कयम राखन्नु पर्ने यसरी नै सामाजिक काम हरु गर्दैजानु पर्ने र तमु समाज कुवेतले चलाऊँदै आएको रक्तदान अभियान एकदमै राम्रो गरे को बताए।उक्त औपचारिक कार्यक्रम लाई समाजका उपा अध्यक्ष राजु गुरुङले सञ्चालन गर्नु भएको थियो । भने सेन्ट्रल ब्लड बैंक र आयोजक तमु समाज कुवेतका तर्फ बाट रक्तदानमा सहभागी रक्तदाताहरुलाई धन्यवाद सहित प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

1“रगतदान जीबनदान” भन्ने पवित्र मानबिय कार्यक्रम लाई सब्य र भब्य गर्न को लागि बिशेष सहयोगीहरु सहयोग गर्नु भएको छ ।

रक्तदान कार्यक्रमका बिशेष सहयोगीहरु:
१,मुख्य प्रायोजक :TVS कर्गो कुबेत
२,विष्णु परियार(सभापति जन सम्पर्क मन्च कुवेत )
गणेश राउत (अध्यक्ष मध्यपश्चिम सेवा समाज कुवेत )यातायात ट्याक्सी सौजन्य
3,होमनाथ गिरि (म्यानेजर अल अ मना सिक्युरिटी ग्रुप-समाजसेवी नेपाली समाज,कुवेत यातायात सौजन्य
४,अमृत गुरुङ (सल्लाहकार तमु समाज कुवेत )ब्यानर सौजन्य
५,मोहन गुरुङ ,प्रेम (सल्लाहकार तमु समाज कुवेत )
६,खाजा नास्त-(हिमालय नेपाली रेस्टुरेन्ट जिलीब कुवैत)
७,खाजा नास्त -डेनि गुरुङ (सदस्य तथा कलाकार तमु समाज कुवेत )

चौंथो रक्तदान कार्यक्रम लाई सब्य र भब्य गर्न को लागि समाचार प्रचार प्रचार गरी बिशेष सहयोगी पत्रकार ज्यूहरु कुबेत को अन्लाईन मिडिय:
१,कुबेत नेपाल डटकम:
२,तितो पाटी/नेपाल कुबेत डटकम:
३,परदेशीखबर डट कम:
४,हाम्रो संचार डट कम:
५,मरुभुमिको कोसेली छापा पत्रिका

फलफुल साथै जुस,पानी सौजन्य
१,बिरमाया गुरुङ (सल्लाहकार तमु समाज कुवेत )पानी सौजन्य
२,देबि गुरुङ (सल्लाहकार तमु समाज कुवेत )जुस सौजन्य
३,आक्षत गुरुङ (सुमन गुरुङ सल्लाहकार तमु समाज कुवेत छोरा बाट )फलफुल सौजन्य
४,तारा गुरुङ (सदस्य तमु समाज कुवेत )फलफुल सौजन्य
५,गणेश राउत (अध्यक्ष मध्यपश्चिम सेवा समाज कुवेत )फल फुल सौजन्य
६,भोजपुर सेवा समाज कुवेत,फलफुल सौजन्य
७,झापली समाज कुबेत को (महिला उपा अध्यक्ष मनु भटराई)पानी सौजन्य
८,यमकुमारी गुरुङ(तमु समाज कुबेत)बिस्कुट पानी सौजन्य

यातायात ब्याबस्थान:
होमनाथ गिरी,बिनोद गुरुङ,सुसिल गुरुङ,धन गुरुङ,

पर्चा, पम्प्लेट, रक्तदान सम्बन्धी ब्राउचर प्रचार/प्रसार: राजु गुरुङ, गोपाल गुरुङ, शिवराम पौडेल, सुरेश गुरुङ,नन्द घले, याम गुरुङ,

स्वयंसेवी रक्तदाताहरुको तथ्यान्क
पुरुष स्वयंसेवी रक्तदाताहरु:(98)
महिला स्वयंसेवी रक्तदाताहरु:(16)
जम्मा स्वयंसेवी रक्तदाताहरु:(114)
प्री मेडिकल चेक जाँचको क्रममा डाक्टर द्वारा तत्काल रक्तदान गर्न बेरुजु (Rejected)
ईच्छुक रक्तदाताहरुको सन्ख्या: (13)

केही रोचक पक्षहरु:
नेपाली राजदुताबासका द्दितीय सचिव अम्विका जोसी र द्दितीय सचिव भोगेन्द्र लिङ्देन,
पाकिस्तान र श्रीलन्काका भारतीय नागरिकहरु द्वारा पनि रक्तदान
पाकिस्तान (2)
श्रीलन्काका(1)
भारतीय (1)

एक दम्पतीहरु द्वारा रक्तदान
राजु गुरुङ,र संगिता गुरुङIMG_3231

औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष एवं रक्तदान कार्यक्रमका संयोजक खोप गुरुङले बिगत केही बर्ष देखी तमुसमाज कै पहलमा रगत आबस्यक परेको नेपालीहरुलाई शहजरुपमा रगत उपलब्ध गराउदै आएको बताउदै जीबन र मृत्‍युसँग प्रत्यक्ष सरोकार राख्ने कार्यको तमू समाज, कुवेतले आजोजना गरे को चौंथो कार्यक्रम लाई सहयोग गर्नुहुने नेपाली सँघ-संस्था, बुद्धीजिबी एवं पत्रकार सबैलाईलाई धन्यवाद ज्ञापन गर्नु भयो ।कार्यक्रम बेलुकी ६:३० बजे सम्पन्न भएको थियो भने कार्यक्रममा आउन जानको लागि नि:शुल्क यातायातको ब्याबस्था गरिएको ।IMG_32412IMG_3665IMG_3331IMG_3334IMG_0106IMG_0359

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.