सके रक्तदान नसके अभियान


ईन्द्र भुसाल, कुवेत

00002जतीबेला तमुसमाज कुवेतले चौथो रक्तदान कार्यक्रमको ’boutमा कुवेतमा कृयाशिल नेपाली पत्रकारहरु,बिभिन्न नेपाली संघँ सस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थितिमा रक्तदान कार्यक्रम’bout पत्रकार सम्मेलन गरेको थियो तेही समयको वरिपरी नेपालको रुकुम जिल्लामा सुत्केरी महिलालाई रगतको अभाब भएको र रगत उपलब्ध नभ्एकोले चिकित्सक आफैले उक्त महिलालाई रगत दिएर जीवनदान गरेको समाचार समाचार बनेको थियो ।

माथिको यो एक उदाहरण मात्र हो बुझ्नको लागि तर दैनिकजसो हजारौ सल्यकृया गरिन्छ जस्कोलागी रगत अंमुल्य मात्र होईन जस्को अभाबमा धेरै ठाउँमा सल्यकृया रोकिएका हुन्छन । सबै चिकित्सक रक्तदान गर्न सक्ने हुँदैनन जसरी सबै मानिसहरु रक्तदान गर्न योग्य रहदैनन तर रक्तदान गर्न सक्नेले रक्तदान गरी कसैको जीवन बचाउनु ठुलो धर्म हो भने रक्तदान गर्न असमर्थले यो मानबिय सहयोग अभियानमा हातेमालो गर्दै आफुले दान गर्न नसकेपनी दान गर्न सक्नेलाई रक्तदान गर्न प्रेरित गर्नु पनी सानु सहयोग होईन ।

हाम्रो समाजमा रक्तदान’bout थोरै जानकारी र धेरै भ्रम ब्याप्त हुनुनै रुकुम जिल्लामा चिकित्सकले रगत दिनुपर्ने अवस्था आउनु हो । रुकुल जिल्लामा रहने सयौ मनिसहरुमा रक्तदान गर्न रगत नभएको भन्दापनी रक्तदान गर्नुको महत्वको ’boutमा जानकारी नहुनु हो । तमु समाज कुवेतले प्रथम पटक रक्तदान कार्यक्रम आयोजना गर्दाको अवस्था र चौथो पटक आयोजना गर्न जादाको अवस्था निकै फरक भएको छ । रक्तदान कार्यक्रममा उपस्थित भएर रगत दान गर्नु सन्ख्यात्मक रुपमा ठुलो होला वा नहोला त्यो आफ्नो ठाउँमा छ तर यो कार्यक्रमले नेपाली समाजमा पारेको साकारात्मक सन्देश र रक्तदान सम्बन्धी अभियानले धेरै मात्रामा साकारात्मक रुपमा सफलता पराप्त गरेको छ । रक्तदान गर्नु केवल एक पोका रगत दिनु नभएर कसैको अंमुल्य जीवन बचाउन सहयोग पुग्ने काम हो भनेर बुझ्न् आबस्यक छ । समाजमा ब्याप्त भ्रमहरुलाई चिर्दै हरेक सचेत नागरिकले रक्तदानको लागि अरुलाई प्रेरित गरियो भने अबस्य पनी रगत बिना कसैले ज्यान गुमाउन पर्ने अवस्था आउँदैन तसर्थ विस्वमा रक्तदान सम्बन्धी धेरै कार्यक्रम भएका छन र रक्तदानलाई जीवनदानको उपमा दिएको छ ।

कसैको जीवन बचाउन तिमी चिकित्सक बन्नु पर्दैन तिम्रो रगतले नै कसैलाई मृत्‍युशैयाबाट फर्काउन सकिन्छ जुन शहज, साधारण छ जीवन रक्षाको लागि भन्ने निकै स्पस्ठ सन्देशसहितको यो अभियानमा आफुले रक्तदान गर्न नसकेपनी रक्तदान गर्न सक्नेहरुलाई रक्तदानको ’boutमा बुझाएर महान कार्यमा अप्रतक्ष्य सरिक हुन सकिन्छ । कुवेतमा कृयाशिल ५ दर्जन नेपाली संघँ सस्थाहरुले यो सामाजिक अभियानलाई आफ्नै अभियानको रुपमा लिएर प्रचार प्रसारको लागि केही योगदान दिएको अवस्थामा अबस्यपनी गुणातमक मात्र होईन सन्ख्यात्मक रुपमा कार्यक्रमले ठुलो सफलता पराप्त गर्नेमा दुईमत छैन । स्थापनापछी बिभिन्न सामाजिक कार्यमा सरिक तमु समाज कुवेतले रक्तदान कार्यक्रम आयोजना गरेपछी कुवेतमा रहेका नेपालीहरुलाई आबस्यक पर्दा निकै शहज तरिकाले ब्लड बैन्कबाट रगत उपलब्ध गराएको छ ।

कुवेतको सेन्ट्रल बल्ड बैन्क जाब्रियामा आगामी शुक्रबार गरिने रक्तदान कार्यक्रममा सरिक भएर यो महान समाजिक कार्यक्रमलाई सफल पार्ने मात्र होईन यदाकदा आफुले रक्तदान गर्न सक्ने र नसक्ने अवस्था ’bout पनी रक्तदान हुनुपुर्व चिकित्सकबाट परीक्षण हुने भएकोले बिना कुनै सन्कोच रक्तदानमा बिबिध भ्रमहरुलाई चिर्दै शहभागी हुन सबैलाई प्रेरित गर्नु नै यो अभियानलाई सफल पार्नु हो । जन्मभुमीमा नभएपनी प्रबाशको बसाईमा आपत पर्दा जीवनदान हुने रक्तदान कार्यक्रममा किन शरिक नहुने ?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.